Skip to main content

सोमवार शिव को पूजा गर्नाले हुन्छ यि लाभ | बिधी तथा उपयोगी जानकारी सहित

सोमबार भन्ने बित्तिकै हामीलाई या त भगवान महादेव शिव को याद आउछ । हजुर हिन्दू धर्ममा सोमवार लाई निकै पवित्र बार मानिन्छ । यो दिन बिधी पूर्वक भगवान महादेवको ब्रत गरिन्छ । आखिर किन गरिन्छ त यि दुबै देव को ब्रत ? यहाँ केही ब्रत तथा बिधी समेत ब्यखा गरिएको छ ।

श्रावण ब्रत (साउने सोमवारको ब्रत) : साउन महिना यसैपनी भगवान शिवको प्रिय महिना, त्यसमा पनि सोमवार त सुनमा सुघन्ध जस्तै हुन्छ । साउन महिनाका प्रतेक सोमवार बिशेष प्रकारले भगवान शिवको पूजा आराधाना गरिन्छ। यसो गर्नाले महादेव निकै खुशी हुने र सबै दु:ख तथा कस्टहरु निर्मुल हुन्छन ।

श्रावण महिनामा सम्पूर्ण शिव मन्दिरहरु भक्तजनले खचाखच हुन्छन । गेरु रङको बस्त्र लगाएर बिधी पूर्वक शिवलाई जल अर्पण गर्नाले सारा पाप नाश हुने र मुक्ती मिल्ने कुरा ग्रन्थमा उल्लेख गरेको पाईन्छ । भगवान शिवले स्वयम आफ्नो मुख बाट ब्रह्माजिका मानसपुत्र सनत कुमार लाई साउन महिमा सुनाउनु भएको हो । उहाले भन्नुभएको थियो कि "मेरा तीन नेत्र मध्य सुर्य दहिने नेत्र, अग्नी मध्य नेत्र र चन्द्र बाम नेत्र हुनुहुन्छ । जब सुर्य कर्कट रासी बाट सिंह रासिमा भरमण गर्नुहुन्छ त्यो समय अत्यन्त पवित्र हुन्छ । त्यसैले श्रावण सक्रान्ती देखी भद्र सक्रान्ती को समय निकै पवित्र साथै फलदाइ पनि हुन्छ । त्यसैले साउन मलाई अत्यन्तै पवित्र हुन्छ ।"

सोमवार शिवजिको अत्यन्त प्रिय हुन्छ किनकी सोम को अर्थ चन्द्र भन्ने पनि हुन्छ । जुन चन्द्र लाई स्वयम भगवान शिव ले जटामा धारण गर्नु भएको छ । सोमवार शिव को ब्रत गर्नाले पाप नाश भएर शिव धाम प्राप्त हुनेछ । महादेवको क्रीपाले सबै सन्सारिक दु:खको नाश हुनेछ भने मनुस्य कालमै प्रब्र्हमा प्राप्त हुनेछ । तर स्मरण रहोस् "शिवको आराधना गर्दा अर्ध-नारिश्वर स्वरूपमा आराधाना गर्नुहोला" ।

महिलाकोलागी सोमवार को ब्रत अनिबार्य

यदी तपाईं महिला हुनुहुन्छ भने सोमवार को ब्रत अनिबार्य गर्नुहोला । यो ब्रत गर्नाले यदी अविवाहित हुनुहुन्छ भने उत्तम पुरुषको प्राप्ती हुनेछ । तपाईं सधैं सुखी र खुशी हुनुहुनेछ । बिबाहित महिलाले यो दिन अर्ध नारिश्वरको ब्रत गर्नाले भगवान शिव र माता शक्तिको भक्ती गर्दा तपाईंको पतिको स्वास्थ्य सबल हुनेछ भने पूर्ण आयु प्राप्त हुनेछ । साथै पति-पत्नी बिचको सम्बन्ध पनि प्रगाढ हुन्छ र जीवन सुखमाया हुन्छ ।

१६ सोमबार को ब्रत बिधी

त्यसो त सबै सोमवार को ब्रत बिधी उस्तै छ । १६ सोमवार जुन साउन महिनामा पनि प्रात देखी सन्ध्या सम्म यो ब्रत गर्ने गरिन्छ । साझ परेपछी शिव पार्वती को बिधी पूर्वक पूजन गरी सोमवार ब्रत कथा सुन्नु पर्दछ । बर्तालुले दिनमा केबल १ पटक सुद्ध भोजन ग्रहण गर्नु पर्दछ । यदी तपाईं पनि यो ब्रत गर्न चाहनुहुन्छ भने साउनको पहिलो सोमवार बाट यो ब्रत सुरु गर्नुहोस् । जुन ब्रत बिधी यस्तो छ:

ब्रत वाला दिन बिहान सबै उठेर नुहाइ सके पछी गंगाजलले पूजा स्थल सुद्द गर्नुहोस् । अनी पूजा स्थानमा रातो सफा बस्त्र बिछाउनुहोस् र शिव परिवार स्थापित गर्नुहोस् । पूजाको समयमा पञ्चम्रित अर्थात दुध, दही, मह, चिनी र घ्यु अनी त्यसमा गंगाजल मिसाइ शिव परिवार लाई स्नान गराउनुहोस् । शिवजिलाई सेतो फुल, बेलापत्र तथा सेतो बस्त्र, गणेशजिलाइ सिन्दुर, दुबो, गुण तथा पहेलो बस्त्र चढाउनुहोस् । नौबेधको लागि शिव जि को लागि सेतो तथा गणेशजिको लागि पहेलो रङको लद्दु ब्याबस्था गर्नुहोस् । अनी भगवान गणेश तथा महादेवको स्तोत्र पाठ गरी स्वागत गर्नुहोस् ।

बाँकी अरु पूजा गरेजस्तै गरी पूजा सम्पन्न गर्नुहोस् र अन्त्यमा शिव तथा गणेश पाठ गर्नुहोस् । त्यस्पछी सुद्ध आहार वा फलहार गर्नुहोस् ।

Comments

Popular posts from this blog

तपाईंको हातमा यस्ता चिन्ह छन भने ढुक्क हुनुहोस तपाईं अवस्य धनी बन्नुहुनेछ !

हस्त रेखा विज्ञानले मानिसको सबै कुरा हातका रेखाले निर्धारण गर्ने बताउँछ । यी रेखा हाम्रो जन्मकै क्रममा बन्ने र यीनको प्रभाव जीवनभर रहने बताइन्छ । यहाँ हामीले धनी हुने ब्यक्तिका हातका रेखा कस्ता हुन्छन् भन्ने विषयमा चर्चा गरेका छौं । जौको चिन्ह समुन्द्र शास्त्रका अनुसार जुन ब्यक्तिको हातमा औंलाको जौ जस्तो चिन्ह हुन्छ त्यस्ता ब्यक्ति निक्कै धनीमानी र सुखी हुने बताइन्छ । यो चिन्ह हुने ब्यक्ति भाग्यमानी पनि हुने गर्छन् । समाजमा प्रतिष्ठिन हुने र राजनीतिमा लागे सफल राजनीतिज्ञ हुने हस्त रेखा विज्ञानको दावी छ । शंखको चिन्ह अध्यात्मको दृष्टिले हातमा शंखको चिन्ह हुनु निक्कै राम्रो मानिन्छ । यस्ता चिन्ह भएका ब्यक्ति बुद्धीमान हुने बताइन्छ । जुन ब्यक्तिको चार वटा औंलामा शंकको चिन्ह छ त्यस्ता ब्यक्तिले सरकारी उच्च पदस्थ पद प्राप्त गर्ने सम्भावना हुन्छ । ५ बटै औंलामा यस्तो चिन्ह छ भने विदेश यात्रा भैरहने हुन्छ । विदेशमा धन आर्जन पनि राम्रो हुने मानिन्छ । जुन ब्यक्तिको ६ वटा औंलामा यस्तो चिन्ह छ औंलामा छ भने यसले धर्मकर्ममा विश्वास हुने ब्यक्ति जनाउँछ । यिनीहरु अध्यात्मिक प्रवचनमा पनि तीक्ष्ण ह...

महिलाका मनका यि पाँच कुराहरु, जसलाई उनिहरुले कहल्यै ब्यक्त गर्दैनन !

महिलाको मनको कुरा थाहा पाउन निकै मुस्किल हुन्छ । केही यस्ता कुरा हुन्छन्, जुन उनीहरू सधैं लुकाएर राख्छन् । यसमा कसैको अहित हुने कुरा नहुन सक्छ । तैपनि, उनीहरू बताउन सक्दैनन् । (१) हरेक महिलासँग लुकाएर राखेको केही खजाना हुन्छ । खजनाको बदलामा पैसा नै किन नहोस, जसलाई उनीहरू आफ्नो सानोतिनो समस्या टार्न भनेर बचाएर राख्छन् । तर, यसबारे पतिलाई कुनै जानकारी हुँदैन । तर, उनीहरू कुनै बेला पति नै समस्यामा पर्दा झिकेर दिन पछि पर्दैनन् । (२) महिलाहरू सानातिना कुरा पनि आफ्नो साथीसँग सेयर गर्न भ्याउँछन् । तर, पतिले सोध्दा अहँ भनेको छैन, म यस्तो कुरा पनि कहाँ भन्छु त भनेर ठिक्क पार्छन् । (३) महिलाले आफ्नो पहिलो मायालाई जिन्दगीमा कहिल्यै भुल्दैनन् । पहिलो प्रेमीलाई पुरै भुलिसकें भन्छन् भने त्यो सत्य होइन । (४) महिलाले आफ्नो पतिलाई सधैं भन्न चाहँदैनन् कि, खास पलमा कस्तो अनुभव भयो । यदि भनिन् भने पनि त्यो शतप्रतिशत सत्य हुँदैन । (५) कतिपय कुरा यस्ता हुन्छन्, पत्नीहरू आफ्नो सम्बन्ध नबिग्रियोस् भनेर आफ्नो विचारलाई दबाउँदै पतिसँग हो मा हो मिलाउँछन् । मनमा भने त्यसप्रतिको असन्तुष्टि कायम हुन्छ । तर, कहि...

यो बार जन्मिने मान्छेहरु धनी र भाग्यमानी हुन्छन ! जानी रखौ

आइतबारको दिन सूर्यको हो भने सोमवारको मुख्य ग्रह चन्द्र हो । मंगलवार मंगलको प्रभाव हुन्छ भने बुधवार बुधको । विहीबार वृहस्पति र शुक्रवार शुक्रको प्रभाव सबै भन्दा बढी हुन्छ । शनिवारको कारक ग्रह शनि मानिन्छ । ज्योतिषका अनुसार जुन बार जन्मियो त्यो बारको ग्रहको प्रभाव जीवनका सबै पाटामा पर्छ । मान्छेको स्वभाव र भाग्य समेत जन्मबारले निर्धारण गर्ने ज्योतिष शास्त्रीको दावी छ । कस्तो हुन्छ कुन बार जन्मिनको मान्छेको स्वभाव र भाग्य थाहा पाउनुस् । आइतबारः पुरुष आइतबार जन्मिने मानिस भाग्यशाली हुन्छन् । उनीहरुको आयु पनि लामो हुन्छ । यस्ता ब्यक्ति कम बोल्ने र कला र शिक्षामा अगाडी हुन्छन् । यो बार जन्मिने ब्यक्तिमा धार्मिक आस्था पनि हुन्छ र घर परिवारका सदस्यलाई खुसी राख्न अधिक प्रयास गर्छन् । तर यिनीहरुलाई २० देखि २२ वर्ष सम्म दुःख हुन्छ । स्त्री आइतबार जन्मिने स्त्री दान-पुण्य गर्ने र बलशाली एवं चतुर हुन्छन् । सोमबारः पुरुष सोमबार जन्मिने ब्यक्तिको बोली मिठो हुन्छ । यस्ता ब्यक्तिको जीवनमा सुख दुख बराबर जस्तै हुन्छ किन भने उनीहरुलाई दुःख सुख उस्तै उस्तै लाग्छ । सोमबार जन्मिने ब्यकेति विद्वान, कल...