Skip to main content

कहिले छुटाउन नहुने १० किसिमका औषधीहरु ! जान्नुहोस् फाईदा

कुनै अचानक हुने स्वास्थ्य समस्या वा एमरजेन्सीको लागि हरेक घरमा केही औषधी राख्नु निकै आवश्यक हुन्छ । यस्ता सामान्य औषधी घरमा सधैँ राख्नुपर्दछ । यिनलाई ओभर द काउन्टर(OTC) मडिसिन भनिन्छ र जसलाई चिकित्सकको प्रिस्क्राइब बिना नै सिधा केमिस्टबाट किन्न सकिन्छ । यी औषधी दुखाई, ज्वरो, एलर्जी जस्ता कुनै पनि अवस्थामा वा रातीको समयमा निकै काम आउँछ, जब चिकित्सक कहाँ जान सक्ने अवस्था हुँदैन । चिकित्सकका अनुसार, यी १० अति आवश्यक औषधी जुन हरेक घरमा राख्न आवश्यक हुन्छ ।

१-प्यारासिटामोल

यसको प्रयोग ज्वरोको लागि हुन्छ । एडल्ट्सको ५०० एमजी र १२ वर्ष उमेरको सानो बच्चाका लागि २५० एमजी बढी सेवन गर्नुहुँदैन ।

२-आइबूप्रोफेन

यो पेनकिलर हो । आइबूप्रोफेनको साथै डाइक्लोफिनेक र प्यारासिटामोलको कम्बिनेशन पनि राख्न सकिन्छ । यसलाई खाली पेट सेवन गर्नुहुँदैन ।

३-सिट्रीजिन, लोराटेडिन

यो एन्टी एलर्जिक औषधी हुन्छ । रुघाखोकी, एलर्जी, चिलाउने, किरा नष्ट गर्नका लागि सेवन गर्नुपर्दछ । यसको सेवनले निन्द्रा आउँछ, सुत्ने समयमा मात्र सेवन गर्नुहोस् ।

४-एन्टीसेप्टिक

यी औषधीको प्रयोग सामान्य जल्ने वा काटिने र चोटको लागि प्रयोग गरिन्छ । यो क्रिम लोशन वा पाउडरको रूपमा हुनसक्छ ।

५-एन्टासिड टेबलेट

हर्ट बर्न, इन्डाइजेशनको समस्यामा प्रयोग हुन्छ । बिहान खाली पेट सेवन गर्नुपर्दछ । तुरुन्त आरामको लागि लिक्विड वा जेल पनि राख्न सकिन्छ ।

६-कफ सिरप

सुख्खा र कफको खोकीको लागि अलग-अलग कफ सिरप आउँछ । एमरजेन्सीको लागि दुवै राख्न सकिन्छ ।

७-ब्यान्डेज

चप्काउने मेडिकेटेड ब्यान्डेज र कटन ब्यान्डेजको साथ मेडिकेटेड वा स्टरलाइज कटन सधैँ घरमा राख्नुपर्दछ ।

८-हाइड्रोजन पेरोअक्साइड

यो कयौँ कामका लागि प्रयोगमा आउँछ । घाउ सफा गर्न, दाँत चम्काउन, कानबाट फोहोर निकाल्न, पानीमा हालेर नुहाउने जस्ता अन्य काममा पनि प्रयोगमा आउँछ ।

९-नेजल स्लाइन ड्रोप

साना बच्चाको नाक जाम हुँदा यो ड्रोप निकै उपयोगी हुन्छ । यसलाई एक दुई थोपा नाकमा हल्नाले नाक खुल्छ ।

१०-ओआरएस

ओरल रिहाइड्रेशन साल्टको प्रयोग डायरिया हुँदा प्रयोग गरिन्छ । पानीमा घोलेर पिलाउदा एनर्जी मिल्छ ।

नोट:-

१-यी साधारण औषधी हुन्, तर तपाईले चिकित्सकको सल्लाह लिई आफ्नो रोगको हिसाबले अवश्य औषधी घरमा राख्नुहोस् ।

२-औषधीको एक्सपायरी डेट र यसलाई सेवन गर्ने तरिकाको बारेमा चिकित्सक वा केमिस्टसँग सोधेर मात्र प्रयोग गर्नुहोस् ।

३-यहाँ औषधीको मूल केमिकलको बारेमा जानकारी दिइएको छ । यसको ब्राण्ड नाम अलग-अलग हुनसक्छ । केमिस्टसँग यी बारे सोध्नुहोस् ।

Comments

Popular posts from this blog

तपाईंको हातमा यस्ता चिन्ह छन भने ढुक्क हुनुहोस तपाईं अवस्य धनी बन्नुहुनेछ !

हस्त रेखा विज्ञानले मानिसको सबै कुरा हातका रेखाले निर्धारण गर्ने बताउँछ । यी रेखा हाम्रो जन्मकै क्रममा बन्ने र यीनको प्रभाव जीवनभर रहने बताइन्छ । यहाँ हामीले धनी हुने ब्यक्तिका हातका रेखा कस्ता हुन्छन् भन्ने विषयमा चर्चा गरेका छौं । जौको चिन्ह समुन्द्र शास्त्रका अनुसार जुन ब्यक्तिको हातमा औंलाको जौ जस्तो चिन्ह हुन्छ त्यस्ता ब्यक्ति निक्कै धनीमानी र सुखी हुने बताइन्छ । यो चिन्ह हुने ब्यक्ति भाग्यमानी पनि हुने गर्छन् । समाजमा प्रतिष्ठिन हुने र राजनीतिमा लागे सफल राजनीतिज्ञ हुने हस्त रेखा विज्ञानको दावी छ । शंखको चिन्ह अध्यात्मको दृष्टिले हातमा शंखको चिन्ह हुनु निक्कै राम्रो मानिन्छ । यस्ता चिन्ह भएका ब्यक्ति बुद्धीमान हुने बताइन्छ । जुन ब्यक्तिको चार वटा औंलामा शंकको चिन्ह छ त्यस्ता ब्यक्तिले सरकारी उच्च पदस्थ पद प्राप्त गर्ने सम्भावना हुन्छ । ५ बटै औंलामा यस्तो चिन्ह छ भने विदेश यात्रा भैरहने हुन्छ । विदेशमा धन आर्जन पनि राम्रो हुने मानिन्छ । जुन ब्यक्तिको ६ वटा औंलामा यस्तो चिन्ह छ औंलामा छ भने यसले धर्मकर्ममा विश्वास हुने ब्यक्ति जनाउँछ । यिनीहरु अध्यात्मिक प्रवचनमा पनि तीक्ष्ण ह...

महिलाका मनका यि पाँच कुराहरु, जसलाई उनिहरुले कहल्यै ब्यक्त गर्दैनन !

महिलाको मनको कुरा थाहा पाउन निकै मुस्किल हुन्छ । केही यस्ता कुरा हुन्छन्, जुन उनीहरू सधैं लुकाएर राख्छन् । यसमा कसैको अहित हुने कुरा नहुन सक्छ । तैपनि, उनीहरू बताउन सक्दैनन् । (१) हरेक महिलासँग लुकाएर राखेको केही खजाना हुन्छ । खजनाको बदलामा पैसा नै किन नहोस, जसलाई उनीहरू आफ्नो सानोतिनो समस्या टार्न भनेर बचाएर राख्छन् । तर, यसबारे पतिलाई कुनै जानकारी हुँदैन । तर, उनीहरू कुनै बेला पति नै समस्यामा पर्दा झिकेर दिन पछि पर्दैनन् । (२) महिलाहरू सानातिना कुरा पनि आफ्नो साथीसँग सेयर गर्न भ्याउँछन् । तर, पतिले सोध्दा अहँ भनेको छैन, म यस्तो कुरा पनि कहाँ भन्छु त भनेर ठिक्क पार्छन् । (३) महिलाले आफ्नो पहिलो मायालाई जिन्दगीमा कहिल्यै भुल्दैनन् । पहिलो प्रेमीलाई पुरै भुलिसकें भन्छन् भने त्यो सत्य होइन । (४) महिलाले आफ्नो पतिलाई सधैं भन्न चाहँदैनन् कि, खास पलमा कस्तो अनुभव भयो । यदि भनिन् भने पनि त्यो शतप्रतिशत सत्य हुँदैन । (५) कतिपय कुरा यस्ता हुन्छन्, पत्नीहरू आफ्नो सम्बन्ध नबिग्रियोस् भनेर आफ्नो विचारलाई दबाउँदै पतिसँग हो मा हो मिलाउँछन् । मनमा भने त्यसप्रतिको असन्तुष्टि कायम हुन्छ । तर, कहि...

यो बार जन्मिने मान्छेहरु धनी र भाग्यमानी हुन्छन ! जानी रखौ

आइतबारको दिन सूर्यको हो भने सोमवारको मुख्य ग्रह चन्द्र हो । मंगलवार मंगलको प्रभाव हुन्छ भने बुधवार बुधको । विहीबार वृहस्पति र शुक्रवार शुक्रको प्रभाव सबै भन्दा बढी हुन्छ । शनिवारको कारक ग्रह शनि मानिन्छ । ज्योतिषका अनुसार जुन बार जन्मियो त्यो बारको ग्रहको प्रभाव जीवनका सबै पाटामा पर्छ । मान्छेको स्वभाव र भाग्य समेत जन्मबारले निर्धारण गर्ने ज्योतिष शास्त्रीको दावी छ । कस्तो हुन्छ कुन बार जन्मिनको मान्छेको स्वभाव र भाग्य थाहा पाउनुस् । आइतबारः पुरुष आइतबार जन्मिने मानिस भाग्यशाली हुन्छन् । उनीहरुको आयु पनि लामो हुन्छ । यस्ता ब्यक्ति कम बोल्ने र कला र शिक्षामा अगाडी हुन्छन् । यो बार जन्मिने ब्यक्तिमा धार्मिक आस्था पनि हुन्छ र घर परिवारका सदस्यलाई खुसी राख्न अधिक प्रयास गर्छन् । तर यिनीहरुलाई २० देखि २२ वर्ष सम्म दुःख हुन्छ । स्त्री आइतबार जन्मिने स्त्री दान-पुण्य गर्ने र बलशाली एवं चतुर हुन्छन् । सोमबारः पुरुष सोमबार जन्मिने ब्यक्तिको बोली मिठो हुन्छ । यस्ता ब्यक्तिको जीवनमा सुख दुख बराबर जस्तै हुन्छ किन भने उनीहरुलाई दुःख सुख उस्तै उस्तै लाग्छ । सोमबार जन्मिने ब्यकेति विद्वान, कल...