Skip to main content

सुन : लगाउन नाजाने हुन्छ ठुलो दुर्भाग्य | हेर्नुहोस् सुन सँग जोडीएका रोचक तथ्यहरु

ज्योतिष शास्त्रका अनुसार प्रत्येक धातुले हामीमाथि प्रभाव पार्ने गर्दछ किनभने यो सबै सौर्यमण्डलमा रहेका ग्रहको खेल हो । हरेक धातुको एक विशेष ग्रहसँग सम्बन्ध हुन्छ । यी ग्रहले ती धातुलाई आफू अनुसार प्रभावित गर्ने गर्दछ ।

तामा, चाँदी, सुन वा महँगा रत्न वा हिराले बनेको आभुषण, यी सबै कुराले कि त हामीमा सकारात्मक प्रभाव पार्ने गर्दछ वा यसले हामीमाथि नकारात्मक असर पनि पुर्याउने गर्दछ । तर यदि तपाईं सुन लगाएर आफ्नो जीवन सुखमय बनाउन चाहनुहुन्छ भने पंडित प्रफुल्ल भट्ट अनुसार थाहा पाउनुस् सुनका शुभ–अशुभ असर र यसको प्रयोग गर्ने तरिका बारे ।

खुट्टामा सुन नलगाउनुहोस्ः

खुट्टामा सुनको बिच्छी वा पाउजु लगाउनु हुँदैन । सुनलाई खुट्टामा लगाउँदा दाम्पत्य जीवनमा समस्या आउन सक्छ र स्वास्थ्य पनि खराब हुनसक्छ ।

घरको यो दिशामा राख्नुहोस् सुनः

केही मानिसहरु सुन घरमा राख्छन् । त्यसकारण यदि तपाईं सुनलाई दराजमा वा लकरमा राख्नुहुन्छ भने घरको उत्तर–पूर्वमा राख्नुहोस् ।

यसरी राख्नुहोस् सुनः

सुन रातो वा पहेंलो कपडामा बाँधेर राख्दा शुभ मानिन्छ । सुनसँग केसर पनि राख्नुहोस् । यसले घर–परिवारमा धनधान्यको समृद्धि हुन्छ ।

गर्भवतीले नलगाउनुस् सुनः

गर्भवती र वृद्धाले सुन धारण गर्नबाट बच्नुहोस् । थोरै लगाउन सक्नुहुन्छ तर धेरै लगाउनुहुन्छ भने समस्या सुरु हुनसक्छ ।

यदि सन्तान चाहिएः

सन्तान भइरहेको छैन भने देब्रे हातको साँहिली औंला (रिंग फिंगर) मा सुन लगाउनुहोस् । सुनले बिस्तारै आफ्नो असर देखाउँछ र सन्तान योगलाई रोक्ने ग्रहलाई टाढा भगाउँछ ।

सुन दानः

ज्योतिष अनुसार यो धातुको कारक वृहस्पती भएकाले सुनको वस्तुको दान कुनै ब्राम्हण, पुजारी वा गुरुलाई गर्नुहोस् । कुनै पनि अपरिचित वा अप्रिय व्यक्तिबाट सुन नलिनुहोस् ।

सुन भेट्टाउनु र हराउनुः

सुन भेट्टाउनु वा हराउनु पनि अशुभ मानिन्छ । सुनको वस्तु हराउँदा झगडा वा रोग लाग्ने गर्दछ । भेट्टाएको सुन घरमा राख्दा खर्च बढ्नेछ ।

दाम्पत्य जीवन खुसी बनाउनका लागिः

दाम्पत्य जीवनलाई खुसी बनाउनका लागि घाँटीमा सुनको सिक्रि र चोर औंलामा सुनको औंठी लगाउनुहोस् ।

जो फलामको काम गर्छन्ः

जसले फलाम, कोइला वा शनि सम्बन्धि धातुको व्यापार गर्दछन्, उनीहरुले सुन लगाउनु हुँदैन । यसले व्यापार नोक्सान हुन्छ । सुन लगाउन आवश्यक छ भने आफ्नो कुण्डली अनुसार ज्योतिषीसँग सल्लाह लिएर लगाउनुहोस् ।

सुन र स्वास्थ्यः

सुनले ऊर्जा र गर्मी दुबै पैदा गर्दछ । यदि रुघा–खोकी वा साससम्बधि रोग छ भने कान्छी औंलामा सुन धारण गर्नुहोस् । सुनको पानी पिउँदा इम्युनिटी पावर बढ्छ ।

कम्मरमा सुन नलगाउनुहोस्ः

कम्मरमा सुन लगाउनु हुँदैन किनभने यसले तपाईंको पाचन तन्त्र खराब हुनसक्छ । साथै पेटसम्बन्धि विभिन्न समस्या उत्पन्न हुनसक्छ ।

स्वास्थ्यका दृष्टिकोणले यस्ता व्यक्तिले सुन नलगाउनुहोस्ः

जसलाई पेट वा मोटोपनाको समस्या छ उनीहरुले सुन लगाउनु हुँदैन । जसलाई अत्यधिक रिस उठ्छ, त्यस्ता मानिसहरुले पनि सुन लगाउनु हुँदैन ।

कहिले पनि हुँदैन अपवित्रः

सुन कहिले पनि अपवित्र हुँदैन । श्मसान, सूतक वा कुनै प्रकारले अपवित्र भएका व्यक्ति सुन लगाउँदा वा सुन पानी आफूमाथि छर्कंदा पवित्र हुने गर्दछ ।

Comments

Popular posts from this blog

तपाईंको हातमा यस्ता चिन्ह छन भने ढुक्क हुनुहोस तपाईं अवस्य धनी बन्नुहुनेछ !

हस्त रेखा विज्ञानले मानिसको सबै कुरा हातका रेखाले निर्धारण गर्ने बताउँछ । यी रेखा हाम्रो जन्मकै क्रममा बन्ने र यीनको प्रभाव जीवनभर रहने बताइन्छ । यहाँ हामीले धनी हुने ब्यक्तिका हातका रेखा कस्ता हुन्छन् भन्ने विषयमा चर्चा गरेका छौं । जौको चिन्ह समुन्द्र शास्त्रका अनुसार जुन ब्यक्तिको हातमा औंलाको जौ जस्तो चिन्ह हुन्छ त्यस्ता ब्यक्ति निक्कै धनीमानी र सुखी हुने बताइन्छ । यो चिन्ह हुने ब्यक्ति भाग्यमानी पनि हुने गर्छन् । समाजमा प्रतिष्ठिन हुने र राजनीतिमा लागे सफल राजनीतिज्ञ हुने हस्त रेखा विज्ञानको दावी छ । शंखको चिन्ह अध्यात्मको दृष्टिले हातमा शंखको चिन्ह हुनु निक्कै राम्रो मानिन्छ । यस्ता चिन्ह भएका ब्यक्ति बुद्धीमान हुने बताइन्छ । जुन ब्यक्तिको चार वटा औंलामा शंकको चिन्ह छ त्यस्ता ब्यक्तिले सरकारी उच्च पदस्थ पद प्राप्त गर्ने सम्भावना हुन्छ । ५ बटै औंलामा यस्तो चिन्ह छ भने विदेश यात्रा भैरहने हुन्छ । विदेशमा धन आर्जन पनि राम्रो हुने मानिन्छ । जुन ब्यक्तिको ६ वटा औंलामा यस्तो चिन्ह छ औंलामा छ भने यसले धर्मकर्ममा विश्वास हुने ब्यक्ति जनाउँछ । यिनीहरु अध्यात्मिक प्रवचनमा पनि तीक्ष्ण ह...

महिलाका मनका यि पाँच कुराहरु, जसलाई उनिहरुले कहल्यै ब्यक्त गर्दैनन !

महिलाको मनको कुरा थाहा पाउन निकै मुस्किल हुन्छ । केही यस्ता कुरा हुन्छन्, जुन उनीहरू सधैं लुकाएर राख्छन् । यसमा कसैको अहित हुने कुरा नहुन सक्छ । तैपनि, उनीहरू बताउन सक्दैनन् । (१) हरेक महिलासँग लुकाएर राखेको केही खजाना हुन्छ । खजनाको बदलामा पैसा नै किन नहोस, जसलाई उनीहरू आफ्नो सानोतिनो समस्या टार्न भनेर बचाएर राख्छन् । तर, यसबारे पतिलाई कुनै जानकारी हुँदैन । तर, उनीहरू कुनै बेला पति नै समस्यामा पर्दा झिकेर दिन पछि पर्दैनन् । (२) महिलाहरू सानातिना कुरा पनि आफ्नो साथीसँग सेयर गर्न भ्याउँछन् । तर, पतिले सोध्दा अहँ भनेको छैन, म यस्तो कुरा पनि कहाँ भन्छु त भनेर ठिक्क पार्छन् । (३) महिलाले आफ्नो पहिलो मायालाई जिन्दगीमा कहिल्यै भुल्दैनन् । पहिलो प्रेमीलाई पुरै भुलिसकें भन्छन् भने त्यो सत्य होइन । (४) महिलाले आफ्नो पतिलाई सधैं भन्न चाहँदैनन् कि, खास पलमा कस्तो अनुभव भयो । यदि भनिन् भने पनि त्यो शतप्रतिशत सत्य हुँदैन । (५) कतिपय कुरा यस्ता हुन्छन्, पत्नीहरू आफ्नो सम्बन्ध नबिग्रियोस् भनेर आफ्नो विचारलाई दबाउँदै पतिसँग हो मा हो मिलाउँछन् । मनमा भने त्यसप्रतिको असन्तुष्टि कायम हुन्छ । तर, कहि...

यौनमा अनिक्षुक पार्ट्नरलाई कसरी तयार गर्ने? जन्नुहोस त्यस्ता केहि काईदाहरु

यौनका विषयमा खुलेर कुरा गरिँदैन । यौनका बारेमा जति चर्चा गर्दा या त त्यसलाई असाध्यै जटिल बनाइन्छ, या अति नै हलुका । फलस्वरुप यो कतिपयका लागि चर्चा गर्न अयोग्य विषय भएको छ भने धेरैका लागि अतिरञ्जनको विषय । फ्रायडले धेरैअघि मानिसका सबैजसो क्रिया यौनमा आधारित हुन्छ भन्ने व्याख्या गरिसक्दा पनि फ्रायड पढेका नेपाली बौद्धिक वर्गले पनि यसलाई स्वीकार्न सकेका छैनन् । यो गम्भीर विषयमा मनोविज्ञ करूणा कुँवर भने प्रस्ट छिन् । १२ वर्षदेखि मनोविज्ञान त्यसमा पनि पारिवारिक तनावका विषयमा अध्ययन-अनुसन्धान गरिरहेकी करूणा नेपालीको यौन मनोविज्ञान जटिलतातर्फ उन्मुख हुँदै गएको स्वीकार गर्छिन् । नेपालीहरूको यौन व्यवहार एवम् त्यसले सिर्जना गरिरहेको तनावले धेरै युगल जोडीहरूको वैवाहिक सम्बन्ध टुट्दै गएको उनको अनुसन्धानले देखाएको छ । जर्मन मनोवैज्ञानिक दोरोभि वेनरकी खास शिष्या करूणासँग नेपालीहरुको यौन मनोविज्ञानका विषयमा गरिएको कुरा । कसरी पार्टनरलाई सेक्सका निम्ति तयार गर्ने ? त्यसोत प्रेमलापका निम्ति न त कुनै समय हुन्छ न त कुनै नियम । प्रेम गर्नेहरु सारा संसार बिर्सेर प्रेम गर्छन । एकापसमा आलिंगन गर्ने प्रेमीहरु...