Skip to main content

श्रीमती अरु मान्छे सँग लागेको संकामा हुनुहुन्छ ? यसरी पत्ता लगाउनुहोस् अरुसित सल्के-नसल्केको

म १९ वर्षीया युवती हुँ। मेरो एउटा केटा साथीसँग यौनसम्पर्क भएको छ। अहिले मेरो घरमा विवाहको कुरा चलिरहेको छ। के मसँग विवाह गर्ने केटाले मैले अरूसँग यौनसम्पर्क गरेकी छु भन्ने कुरा थाहा पाउँछ ?

केटा साथीसँगको यौनसम्पर्क

तपाईंले केटासाथीसँग यौनसम्पर्क भएको कुरा त गर्नुभएको छ, तर तपाईंका ती केटा साथीसँग कस्तो सम्बन्ध थियो भन्ने सन्दर्भमा भने कुनै कुरा उल्लेख छैन । सम्बन्ध कत्तिको गहिरो थियो वा त्यो सम्बन्ध कत्तिको प्रेममय थियो स्पष्ट हुनुपर्छ।किशोरावस्थामा यौनेच्छा तीव्र हुन्छ नै, त्यसैले यौनसम्पर्क राख्न पुगिन्छ । सहमतिमै भएका यौनसम्पर्कमा पनि समस्या हुन्छन्, त्यसैले जोसमा होस गुमाउनु हुँदैन । तपाईंलाई गर्भको भय भएको देखिँदैन, सम्भवतः तपाईंले गर्भनिरोधको उपाय अपनाउनुभएको हुनुपर्छ । यस्तो सम्बन्धमा यौनरोगको समस्या भोग्नुपर्ने स्थिति पनि उत्पन्न हुन सक्छ भन्ने त थाहै होला ।

यी कुनै कुरा नभएको स्थितिमा पनि सम्बन्धमा स्थायित्व नहुँदा वा त्यसले निरन्तरता नपाउँदा त्यसका आफ्नै समस्या हुन्छन् । यस्ता समस्या शारीरिक तथा मानसिक दुवै हुन सक्छन्। तपाईंको केटा साथीसँगको सबन्ध कत्तिको गहिरो वा प्रेममय थियो, त्यसले पनि प्रभाव पार्छ। क्षणिक आकर्षण र वास्तविक प्रेमबीच फरक छुट्टयाउनु आवश्यक हुन्छ। क्षणिक आकर्षणलाई नै प्रेम मान्दा खाडलमा परिने सम्भावना हुन्छ। किशोरावस्थामा आकर्षण पनि प्रेमसम्बन्ध नै हो जस्तो लाग्न सक्छ। यी दुवैमध्ये के हो राम्रोसँग विचार पुर्‍याउनुपर्छ। तपाईंले आफ्नो प्रेमीको उमेर त उल्लेख गर्नुभएको छैन। उमेर बढी हुँदै गएपछि त्यो क्षणिक आकर्षणमा मात्र सीमित हुने सम्भावना कम हुन्छ। किशोरावस्थामा रागरस -हार्मोन) हरूको प्रभावका कारण शारीरिक मात्र नभै विपरीत लिङ्गप्रति आकषिर्त हुनु वा आकषिर्त गर्न खोज्नु, यौन भावनाको विकास हुनु, विपरीत लिङ्गी नजिक बस्ने वा स्पर्श गर्न चाहनेजस्ता भावनात्मक -मानसिक) परिवर्तनहरू हुन्छन्। यो शारीरिक विकाससम्बन्धी प्राकृतिक कुरा मात्र होइन, मानवको वंशजको निरन्तरताका लागि यो आवश्यक पनि छ। किशोरावस्थामा विपरीत लिङ्गीप्रति हुने आकर्षण जैविक स्थिति हो र यस्तो आकर्षण बारम्बार पैदा हुन्छ। कतिपयले किशोरावस्थामा हुने यस्तो आकर्षण वा मोह लाई नै वास्तविक प्रेम मान्छन्। प्रेम तथा आकर्षणको बीचमा भएका भिन्नता छुट्टयाउन सक्नुपर्छ। प्रेम वास्तवमा विस्तारै हुने प्रक्रिया हो। दुई व्यक्ति साथसाथै हुर्कंदा यो विकसित हुन्छ र यसमा सम्पूर्ण व्यक्तित्व नै संलग्न हुन्छ। प्रेममा अर्को व्यक्तिको भावना तथा शरीर दुवैलाई कदर गरिन्छ र उक्त व्यक्तिलाई खुसी राख्न प्रयत्न गरिन्छ।

समस्या के हो त ?

तपाईंमा विवाह भएपछि भावी श्रीमान्लाई तपाईंको अहिलेको यौनसम्पर्कका बारेमा थाहा होला कि नहोला भन्ने चिन्ता छ भन्ने बुझिन्छ, तर एकपल्ट फरक दृष्टिकोणबाट पनि तपाईंको यो समस्यालाई हेरौं।

तपाईंले राख्नुभएको सम्बन्धका लागि एक हदसम्मको अन्तरङ्गता चाहिन्छ नै। केटासाथीसँग प्रेम सम्बन्ध थियो भने त्यसलाई किन निरन्तरता दिन चाहनुहुन्न भन्ने कुरा पत्रमा स्पष्ट छैन। तपाईंको केटासाथीसँग प्रेम सम्बन्ध छ भने उसैसँग विवाह गर्न किन नसक्ने ? कुरा अलि बुझ्न नसकिने छ। अहिले कसैले मन दुखाउला भनेर आफ्नो जिन्दगीभरिको कुरामा सजिलै सम्झौता गर्नु मनासिव नहुन सक्छ।

परिवारमा विवाहको कुरा चल्नासाथ तपाईंले एक किसिमले नयाँ सम्बन्धलाई स्वीकार गरेको पाइन्छ। तपाईं यौनसम्पर्क नै भएको स्थितिमा पनि केटासँगको सम्बन्धमा समर्पित हुनु हुन्न भने कुरा अर्कै भयो। तपाईं उसबाट छुट्कारा पाउन चाहनुहुन्छ भने त्यसका पनि आफ्नै कारण होलान्, तर तपाई यस्ता कुरा पनि स्पष्ट हुनु आवश्यक छ।
के विवाहपूर्व यौनसम्पर्क राखेको थाहा पाउलान् ?

पहिलेको प्रेम तथा यौनसम्बन्धका बारेमा चर्चा गरिएन भने तपाईं यस्तो अवस्थाबाट गुज्रनुभएको होला भनेर थाहा पाउन सजिलो छैन। पुरुषलाई महिला यौनअङ्गको बनावटका सम्बन्धमा सामान्य जानकारी हुने भए पनि तपाईंको योनिको बनावट वा स्वरुरूप यस्तै थियो भन्ने कुरा थाहा हुँदैन भने यौनसम्पर्क राखेको कुरा थाहा पाउन त झन् गाह्रो कुरा हो। हुन त आफूले विवाह गर्न लागेकी दुलही कुमारी हो कि होइन भन्ने चासो धेरै पुरुषलाई भए पनि पक्का हुन सजिलो छैन। कुमारित्वमा योनिच्छद भएको वा नभएको कुरालाई नै मुख्य आधार बनाइएको पाइन्छ, तर वैज्ञानिक तवरले हेर्ने हो भने त्यसलाई बलियो आधार मान्न सकिँदैन। किनभने कुनै-कुनै युवतीमा योनिच्छद जन्मजात नै नहुन सक्छ वा त्यसको राम्रोसँग विकास नभएको हुनसक्छ। कतिपय युवतीको प्रथम यौनसम्पर्क हुनुभन्दा पहिले नै शारीरिक क्रियाकलापका दौरानमा योनिच्छद च्यातिन सक्छ। कतिपय महिलाको योनिच्छद निकै लचिलो र तन्कन सक्ने खालको हुन्छ। यस्तो स्थितिमा कतिपय महिलाको झिल्ली यौनसम्पर्क राखिसकेपछि पनि नच्यातिएको हुनसक्छ। यस्तो स्थितिमा कौमार्य भङ्ग भएको भए पनि योनिच्छद नच्यातिएको शारीरिक प्रमाणलाई आधार मान्दा कुरा निकै फरक पर्छ। देहव्यापारको क्षेत्रमा एकपल्ट पनि यौनसम्पर्क नराखेकी युवतीसँग पहिलो यौनसम्पर्क राख्न बढी रकम तिर्न तयार हुने पुरुषहरू प्रशस्तै पाइन्छन्, त्यसैले उनीहरूलाई त्यसको अभिनय गर्न सिकाइन्छ भने अर्कातिर भिक्टोरियन कालमा बेलायतमा योनिच्छद च्यातिएको भान पार्न जुका प्रयोग गरिएको उदाहरणसम्म फेला परेको छ। यसको निचोड के हो भने अन्य कुनै तरिकावाट सूचना नपाएको स्थितिमा सामान्यतः कुनै पनि पुरुषले महिलाले पहिले नै यौनसम्पर्क राखे-नराखेको कुरा थाहा पाउन सक्दैन। त्यसैले यौनसम्पर्क राखेको कुरा थाहा पाउला भनेर विवाह नै गर्नु हुँदैन भन्ने छैन

Comments

Popular posts from this blog

तपाईंको हातमा यस्ता चिन्ह छन भने ढुक्क हुनुहोस तपाईं अवस्य धनी बन्नुहुनेछ !

हस्त रेखा विज्ञानले मानिसको सबै कुरा हातका रेखाले निर्धारण गर्ने बताउँछ । यी रेखा हाम्रो जन्मकै क्रममा बन्ने र यीनको प्रभाव जीवनभर रहने बताइन्छ । यहाँ हामीले धनी हुने ब्यक्तिका हातका रेखा कस्ता हुन्छन् भन्ने विषयमा चर्चा गरेका छौं । जौको चिन्ह समुन्द्र शास्त्रका अनुसार जुन ब्यक्तिको हातमा औंलाको जौ जस्तो चिन्ह हुन्छ त्यस्ता ब्यक्ति निक्कै धनीमानी र सुखी हुने बताइन्छ । यो चिन्ह हुने ब्यक्ति भाग्यमानी पनि हुने गर्छन् । समाजमा प्रतिष्ठिन हुने र राजनीतिमा लागे सफल राजनीतिज्ञ हुने हस्त रेखा विज्ञानको दावी छ । शंखको चिन्ह अध्यात्मको दृष्टिले हातमा शंखको चिन्ह हुनु निक्कै राम्रो मानिन्छ । यस्ता चिन्ह भएका ब्यक्ति बुद्धीमान हुने बताइन्छ । जुन ब्यक्तिको चार वटा औंलामा शंकको चिन्ह छ त्यस्ता ब्यक्तिले सरकारी उच्च पदस्थ पद प्राप्त गर्ने सम्भावना हुन्छ । ५ बटै औंलामा यस्तो चिन्ह छ भने विदेश यात्रा भैरहने हुन्छ । विदेशमा धन आर्जन पनि राम्रो हुने मानिन्छ । जुन ब्यक्तिको ६ वटा औंलामा यस्तो चिन्ह छ औंलामा छ भने यसले धर्मकर्ममा विश्वास हुने ब्यक्ति जनाउँछ । यिनीहरु अध्यात्मिक प्रवचनमा पनि तीक्ष्ण ह...

महिलाका मनका यि पाँच कुराहरु, जसलाई उनिहरुले कहल्यै ब्यक्त गर्दैनन !

महिलाको मनको कुरा थाहा पाउन निकै मुस्किल हुन्छ । केही यस्ता कुरा हुन्छन्, जुन उनीहरू सधैं लुकाएर राख्छन् । यसमा कसैको अहित हुने कुरा नहुन सक्छ । तैपनि, उनीहरू बताउन सक्दैनन् । (१) हरेक महिलासँग लुकाएर राखेको केही खजाना हुन्छ । खजनाको बदलामा पैसा नै किन नहोस, जसलाई उनीहरू आफ्नो सानोतिनो समस्या टार्न भनेर बचाएर राख्छन् । तर, यसबारे पतिलाई कुनै जानकारी हुँदैन । तर, उनीहरू कुनै बेला पति नै समस्यामा पर्दा झिकेर दिन पछि पर्दैनन् । (२) महिलाहरू सानातिना कुरा पनि आफ्नो साथीसँग सेयर गर्न भ्याउँछन् । तर, पतिले सोध्दा अहँ भनेको छैन, म यस्तो कुरा पनि कहाँ भन्छु त भनेर ठिक्क पार्छन् । (३) महिलाले आफ्नो पहिलो मायालाई जिन्दगीमा कहिल्यै भुल्दैनन् । पहिलो प्रेमीलाई पुरै भुलिसकें भन्छन् भने त्यो सत्य होइन । (४) महिलाले आफ्नो पतिलाई सधैं भन्न चाहँदैनन् कि, खास पलमा कस्तो अनुभव भयो । यदि भनिन् भने पनि त्यो शतप्रतिशत सत्य हुँदैन । (५) कतिपय कुरा यस्ता हुन्छन्, पत्नीहरू आफ्नो सम्बन्ध नबिग्रियोस् भनेर आफ्नो विचारलाई दबाउँदै पतिसँग हो मा हो मिलाउँछन् । मनमा भने त्यसप्रतिको असन्तुष्टि कायम हुन्छ । तर, कहि...

यौनमा अनिक्षुक पार्ट्नरलाई कसरी तयार गर्ने? जन्नुहोस त्यस्ता केहि काईदाहरु

यौनका विषयमा खुलेर कुरा गरिँदैन । यौनका बारेमा जति चर्चा गर्दा या त त्यसलाई असाध्यै जटिल बनाइन्छ, या अति नै हलुका । फलस्वरुप यो कतिपयका लागि चर्चा गर्न अयोग्य विषय भएको छ भने धेरैका लागि अतिरञ्जनको विषय । फ्रायडले धेरैअघि मानिसका सबैजसो क्रिया यौनमा आधारित हुन्छ भन्ने व्याख्या गरिसक्दा पनि फ्रायड पढेका नेपाली बौद्धिक वर्गले पनि यसलाई स्वीकार्न सकेका छैनन् । यो गम्भीर विषयमा मनोविज्ञ करूणा कुँवर भने प्रस्ट छिन् । १२ वर्षदेखि मनोविज्ञान त्यसमा पनि पारिवारिक तनावका विषयमा अध्ययन-अनुसन्धान गरिरहेकी करूणा नेपालीको यौन मनोविज्ञान जटिलतातर्फ उन्मुख हुँदै गएको स्वीकार गर्छिन् । नेपालीहरूको यौन व्यवहार एवम् त्यसले सिर्जना गरिरहेको तनावले धेरै युगल जोडीहरूको वैवाहिक सम्बन्ध टुट्दै गएको उनको अनुसन्धानले देखाएको छ । जर्मन मनोवैज्ञानिक दोरोभि वेनरकी खास शिष्या करूणासँग नेपालीहरुको यौन मनोविज्ञानका विषयमा गरिएको कुरा । कसरी पार्टनरलाई सेक्सका निम्ति तयार गर्ने ? त्यसोत प्रेमलापका निम्ति न त कुनै समय हुन्छ न त कुनै नियम । प्रेम गर्नेहरु सारा संसार बिर्सेर प्रेम गर्छन । एकापसमा आलिंगन गर्ने प्रेमीहरु...