Skip to main content

यसकारण जथाभाबी प्रयोग गर्नु हुँदैन एन्टिबायोटिक | स्वस्थ रहन यि त्रुटी सच्यानुहोस

ब्याक्टेरिया विरुद्धको लडाइँ चिकित्सा जगतका लागि पेचिलो बन्दै गएको छ। एन्टिबायोटिक्सको खोजपछि ब्याक्टेरियाविरुद्ध मानवले महत्वपूर्ण हतियार फेला पारेको थियो। तर, मानवीय त्रुटि वा हेलचक्र्याइँकै कारण यो हतियार (एन्टिबायोटिक्स) को धार ब्याक्टेरियाविरुद्ध भुत्ते हुँदै गएको छ।

त्यसैले यस वर्ष विश्व स्वास्थ्य संगठनले एन्टिबायोटिक्स सम्बन्धी जनचेतना जगाउन नयाँ विषय प्रस्तुत गरेको छ। एन्टिबायोटिक्स लिनुअघि ‘दक्ष स्वास्थ्य पेसाकर्मीको सल्लाह जरुरी हुन्छ’ भन्ने कुरालाई स्थापित गर्न खोजिएको छ। यस वर्षको थिम छ, ‘सिक एड्भाइस फ्रम अ क्वालिफाइड हेल्थकेयर प्रोफेसनेल बिफोर टेकिङ एन्टिबायोटिक्स’।

एन्टिबायोटिक रेसिस्टेन्स विश्वलाई नै चुनौतीपूर्ण विषय बन्दै गइरहेको छ। त्यसैले यसको उचित प्रयोगका लागि जनचेतना जगाउन जरुरी छ। हरेक व्यक्ति, स्वास्थ्यकर्मी तथा कृषक र सकारले एन्टिबायोटिक्स रेसिस्टेन्सविरुद्ध कसरी लड्ने भन्ने जान्न जरुरी छ।

त्यसका लागि सबैले आ–आफ्नो क्षेत्रबाट लाग्न जरुरी छ। विशेषगरी स्वास्थ्य पेसाकर्मीहरुले यस विषयलाई यतिबेला गम्भीर रुपमा लिन सकेनौं भने उपचारको प्रभावकारितामै ह्रास आउने पक्का छ र केही हदसम्म आइरहेको छ।

विकासोन्मुख देशमा एन्टिबायोटिक्स रेसिस्टेन्स अझ बढी चुनौतीपूर्ण रहेको विश्व स्वास्थ्य संगठनको विभिन्न अनुसन्धानले दर्शाएका छन्। खासगरी यसको जथाभावी प्रयोग र पूरा डोज नलिनुले रेसिस्टेन्स बढाइरहेको छ। यसैगरी कुनै बिरामीलाई एन्टिबायोटिक चलाउनुअघि त्यसको सेन्सेटिभिटी जाँच गर्नुपर्छ। तर अधिकांशले यस्तो जाँच नगरी एन्टिबायोटिक लिने गरेका छन्। यसले पनि एन्टिबायोटिक रेसिस्टेन्स बढ्दै गइरहेको छ।

औषधि पसलहरुले जथाभावी एन्टिबायोटिक्स बिक्री वितरण गर्ने प्रवृत्ति उच्च छ। यसैगरी बिरामीले उचित परामर्श नपाएर वा हेलचक्र्याइँ गरेर बीचमै औषधि (एन्टिबायोटिक्स) छाडिदिने गरेका छन्। धेरैले ‘निको भइगो अब थप औषधि किन खाने?’ भनेर डाक्टर वा स्वास्थ्यकर्मीले भनेको समयभन्दा अघि नै छाड्ने गरेका प्रशस्त उदाहरण भेटिन्छन्।

तर, चिकित्सकले एन्टिबायोटिक्स दिनुअघि एउटा हिसाब गरेका हुन्छन्, कति दिन औषधि खाएपछि ब्याक्टेरिया मर्छन्? भन्ने। जस्तो, एउटा एन्टिबायोटिक पाँच दिन खानु भनेर डाक्टरले लेखिदिएका छन् भने बिराम तीन दिनमा ठिक भएको महसुस हुन सक्छ। त्यसपछि दुई दिन थप औषधि खान झन्झट लाग्छ वा साइड इफेक्ट किन थप्नु भनेर अति जान्नेसुन्ने हुन मन लाग्छ र बिरामीले एन्टिबायोटिक खान छोडिदिन्छ।

पाँच दिनका लागि भनेर दिइएको औषधि तीन दिनमै छाड्दा केही ब्याक्टेरिया बाँकी रहन्छन्। जसले यसअघि आफूविरुद्ध प्रयोग भएको औषधि कति बलियो छ भन्ने थाहा पाइसकेका हुन्छन्। ब्याक्टेरिया यति चलाख हुन्छन् कि आफूलाई मार्न फेरि सोही औषधि आफूविरुद्ध प्रयोग हुँदा कसरी जोगिने भनेर तयार हुन्छन्। फेरि ब्याक्टेरियाले संक्रमण गराउँदा पहिलेकै औषधि (एन्टिबायोटिक) ले काम गरेन भने त्यसलाई एन्टिबायोटिक्स रेसिस्टेन्ट भनिन्छ।

ब्याक्टेरियामा अर्को क्षमता पनि हुन्छ। त्यो हो, अन्य ब्याक्टेरियालाई पनि यसअघि आफूमाथि प्रयोग भएको औषधिविरुद्ध आफूले सिकेको कुरा सिकाउने र आफ्ना शाखासन्तानलाई पनि आफूजस्तै बलियो बनाएर जन्माउने। यसरी एकपटक एन्टिबायोटिक खेपेको ब्याक्टेरियाले दोस्रोपल्ट बिरामीले सोही एन्टिबायोटिक प्रयोग गर्यो भने सुरुमै रोकिदिन्छ।

त्यसपछि बिरामीलाई लाग्छ, ‘औषधि त खाएकै छु नि, किन निको भइनँ।’

जथाभावी एन्टिबायोटिक्सको प्रयोगका कारण ब्याक्टेरिया बलिया हुँदै गएका छन्। यसले गर्दा औषधि प्रभावकारी नभई धेरैको जीवन जोखिममा परिरहेको छ। यसलाई सर्वसाधारणले बेलैमा बुझेनन् र स्वास्थ्य पेसाकर्मीले गम्भीर रुपमा लिएनन् भने खतरा बढ्दै जाने हुन्छ। त्यसैले एन्टिबायोटिकको प्रयोग गर्नुअघि सचेत हुन जरुरी छ।

भावना खकुरेल, डक्टर अफ फार्मेसी- सिम्पल खबर बाट सभार

Comments

Popular posts from this blog

तपाईंको हातमा यस्ता चिन्ह छन भने ढुक्क हुनुहोस तपाईं अवस्य धनी बन्नुहुनेछ !

हस्त रेखा विज्ञानले मानिसको सबै कुरा हातका रेखाले निर्धारण गर्ने बताउँछ । यी रेखा हाम्रो जन्मकै क्रममा बन्ने र यीनको प्रभाव जीवनभर रहने बताइन्छ । यहाँ हामीले धनी हुने ब्यक्तिका हातका रेखा कस्ता हुन्छन् भन्ने विषयमा चर्चा गरेका छौं । जौको चिन्ह समुन्द्र शास्त्रका अनुसार जुन ब्यक्तिको हातमा औंलाको जौ जस्तो चिन्ह हुन्छ त्यस्ता ब्यक्ति निक्कै धनीमानी र सुखी हुने बताइन्छ । यो चिन्ह हुने ब्यक्ति भाग्यमानी पनि हुने गर्छन् । समाजमा प्रतिष्ठिन हुने र राजनीतिमा लागे सफल राजनीतिज्ञ हुने हस्त रेखा विज्ञानको दावी छ । शंखको चिन्ह अध्यात्मको दृष्टिले हातमा शंखको चिन्ह हुनु निक्कै राम्रो मानिन्छ । यस्ता चिन्ह भएका ब्यक्ति बुद्धीमान हुने बताइन्छ । जुन ब्यक्तिको चार वटा औंलामा शंकको चिन्ह छ त्यस्ता ब्यक्तिले सरकारी उच्च पदस्थ पद प्राप्त गर्ने सम्भावना हुन्छ । ५ बटै औंलामा यस्तो चिन्ह छ भने विदेश यात्रा भैरहने हुन्छ । विदेशमा धन आर्जन पनि राम्रो हुने मानिन्छ । जुन ब्यक्तिको ६ वटा औंलामा यस्तो चिन्ह छ औंलामा छ भने यसले धर्मकर्ममा विश्वास हुने ब्यक्ति जनाउँछ । यिनीहरु अध्यात्मिक प्रवचनमा पनि तीक्ष्ण ह...

महिलाका मनका यि पाँच कुराहरु, जसलाई उनिहरुले कहल्यै ब्यक्त गर्दैनन !

महिलाको मनको कुरा थाहा पाउन निकै मुस्किल हुन्छ । केही यस्ता कुरा हुन्छन्, जुन उनीहरू सधैं लुकाएर राख्छन् । यसमा कसैको अहित हुने कुरा नहुन सक्छ । तैपनि, उनीहरू बताउन सक्दैनन् । (१) हरेक महिलासँग लुकाएर राखेको केही खजाना हुन्छ । खजनाको बदलामा पैसा नै किन नहोस, जसलाई उनीहरू आफ्नो सानोतिनो समस्या टार्न भनेर बचाएर राख्छन् । तर, यसबारे पतिलाई कुनै जानकारी हुँदैन । तर, उनीहरू कुनै बेला पति नै समस्यामा पर्दा झिकेर दिन पछि पर्दैनन् । (२) महिलाहरू सानातिना कुरा पनि आफ्नो साथीसँग सेयर गर्न भ्याउँछन् । तर, पतिले सोध्दा अहँ भनेको छैन, म यस्तो कुरा पनि कहाँ भन्छु त भनेर ठिक्क पार्छन् । (३) महिलाले आफ्नो पहिलो मायालाई जिन्दगीमा कहिल्यै भुल्दैनन् । पहिलो प्रेमीलाई पुरै भुलिसकें भन्छन् भने त्यो सत्य होइन । (४) महिलाले आफ्नो पतिलाई सधैं भन्न चाहँदैनन् कि, खास पलमा कस्तो अनुभव भयो । यदि भनिन् भने पनि त्यो शतप्रतिशत सत्य हुँदैन । (५) कतिपय कुरा यस्ता हुन्छन्, पत्नीहरू आफ्नो सम्बन्ध नबिग्रियोस् भनेर आफ्नो विचारलाई दबाउँदै पतिसँग हो मा हो मिलाउँछन् । मनमा भने त्यसप्रतिको असन्तुष्टि कायम हुन्छ । तर, कहि...

यौनमा अनिक्षुक पार्ट्नरलाई कसरी तयार गर्ने? जन्नुहोस त्यस्ता केहि काईदाहरु

यौनका विषयमा खुलेर कुरा गरिँदैन । यौनका बारेमा जति चर्चा गर्दा या त त्यसलाई असाध्यै जटिल बनाइन्छ, या अति नै हलुका । फलस्वरुप यो कतिपयका लागि चर्चा गर्न अयोग्य विषय भएको छ भने धेरैका लागि अतिरञ्जनको विषय । फ्रायडले धेरैअघि मानिसका सबैजसो क्रिया यौनमा आधारित हुन्छ भन्ने व्याख्या गरिसक्दा पनि फ्रायड पढेका नेपाली बौद्धिक वर्गले पनि यसलाई स्वीकार्न सकेका छैनन् । यो गम्भीर विषयमा मनोविज्ञ करूणा कुँवर भने प्रस्ट छिन् । १२ वर्षदेखि मनोविज्ञान त्यसमा पनि पारिवारिक तनावका विषयमा अध्ययन-अनुसन्धान गरिरहेकी करूणा नेपालीको यौन मनोविज्ञान जटिलतातर्फ उन्मुख हुँदै गएको स्वीकार गर्छिन् । नेपालीहरूको यौन व्यवहार एवम् त्यसले सिर्जना गरिरहेको तनावले धेरै युगल जोडीहरूको वैवाहिक सम्बन्ध टुट्दै गएको उनको अनुसन्धानले देखाएको छ । जर्मन मनोवैज्ञानिक दोरोभि वेनरकी खास शिष्या करूणासँग नेपालीहरुको यौन मनोविज्ञानका विषयमा गरिएको कुरा । कसरी पार्टनरलाई सेक्सका निम्ति तयार गर्ने ? त्यसोत प्रेमलापका निम्ति न त कुनै समय हुन्छ न त कुनै नियम । प्रेम गर्नेहरु सारा संसार बिर्सेर प्रेम गर्छन । एकापसमा आलिंगन गर्ने प्रेमीहरु...