Skip to main content

यात्रुमाथि भारितिय एयरलाइन्सको यस्तो दुर्व्यबहार (भिडियो)

नयाँदिल्ली, कात्तिक २२ । भारतको राजधानी नयाँदिल्लीस्थित एक अन्तर्राष्ट्रिय विमानस्थलमा एक एअरलाइन्सका कर्मचारीले यात्रीलाई दुर्व्यवहार गरेको भिडियो ‘भाइरल’ भएपछि त्यसको छानबिनका लागि सरकारले छानबिन समिति गठन गरेको छ ।

करिब महिना दिनअघि भारतको चेन्नईबाट नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका एकजना यात्रीलाई विमानस्थलमै भारतको इन्डिगो एअरलाइन्सका कर्मचारीले दुर्व्यवहार गरेका थिए । मंगलबार सार्वजनिक भएको सो भिडियोमा एकजना यात्रीलाई विमान अवतरण गरेपछि बाहिर निस्कनेक्रममा कर्मचारीले घाँटीमा समातेर लछार्दै बाहिर निकालेका छन् ।

उक्त दुर्व्यवहारसम्बन्धी भिडियो मंगलबारमात्र सार्वजनिक भएको थियो । उक्त भिडियो मंगलबार नै भारतका करोडौं नागरिकले हेरिसकेका छन् । उक्त भिडियो भाइरल भएपछि उक्त एअरलाइन्सले भने सार्वजनिकरुपमा नै माफी मागेको छ । तर, सर्वसाधारण यात्रीमाथि गरिएको सो दुर्व्यवहारप्रति देशव्यापीरुपमा बढेको आक्रोश अझै मत्थर भने भएको छैन । उक्त घटनाको छानबिन गर्न बुधबार बिहानै एक छानबिन समिति गठन गरिएको जानकारी भारतीय नागरिक उड्डयनमन्त्री अशोक गजापतिले दिएका छन् ।

भारतीय नागरिक उड्डयन निकायका महानिर्देशकको संयोजकत्वमा सो समिति गठन गरिएको छ । उनलाई उक्त घटनाको सत्यतथ्य छानबिन गरी सरकारलाई प्रतिवेदन दिन भनिएको छ । मन्त्री गजापतिले भनेका छन्–‘एअरलाइन्सजस्तो सार्वजनिक सेवा प्रदायक निकायबाट यात्रीमा गरिएको यो व्यवहार निन्दनीय छ, दोषीमाथि कारबाही हुन्छ, हामीले यस घटनाको छानबिन सुरु गरिसकेका छौं ।’ भारतीय नागरिक उड्डयनमन्त्री अशोक गजापतिले मंगलबार साँझ नै सोसम्बन्धी छानबिनका लागि समिति गठन गर्ने जानकारी दिएका थिए । उनलाई भौतिकरुपमा लछार–पछार पार्नुका साथै गालीगलौज पनि गरिएको सार्वजनिक भएको सो भिडियाको फुटेजमा देखिन्छ । रासस/सिन्ह्वा

Comments

Popular posts from this blog

तपाईंको हातमा यस्ता चिन्ह छन भने ढुक्क हुनुहोस तपाईं अवस्य धनी बन्नुहुनेछ !

हस्त रेखा विज्ञानले मानिसको सबै कुरा हातका रेखाले निर्धारण गर्ने बताउँछ । यी रेखा हाम्रो जन्मकै क्रममा बन्ने र यीनको प्रभाव जीवनभर रहने बताइन्छ । यहाँ हामीले धनी हुने ब्यक्तिका हातका रेखा कस्ता हुन्छन् भन्ने विषयमा चर्चा गरेका छौं । जौको चिन्ह समुन्द्र शास्त्रका अनुसार जुन ब्यक्तिको हातमा औंलाको जौ जस्तो चिन्ह हुन्छ त्यस्ता ब्यक्ति निक्कै धनीमानी र सुखी हुने बताइन्छ । यो चिन्ह हुने ब्यक्ति भाग्यमानी पनि हुने गर्छन् । समाजमा प्रतिष्ठिन हुने र राजनीतिमा लागे सफल राजनीतिज्ञ हुने हस्त रेखा विज्ञानको दावी छ । शंखको चिन्ह अध्यात्मको दृष्टिले हातमा शंखको चिन्ह हुनु निक्कै राम्रो मानिन्छ । यस्ता चिन्ह भएका ब्यक्ति बुद्धीमान हुने बताइन्छ । जुन ब्यक्तिको चार वटा औंलामा शंकको चिन्ह छ त्यस्ता ब्यक्तिले सरकारी उच्च पदस्थ पद प्राप्त गर्ने सम्भावना हुन्छ । ५ बटै औंलामा यस्तो चिन्ह छ भने विदेश यात्रा भैरहने हुन्छ । विदेशमा धन आर्जन पनि राम्रो हुने मानिन्छ । जुन ब्यक्तिको ६ वटा औंलामा यस्तो चिन्ह छ औंलामा छ भने यसले धर्मकर्ममा विश्वास हुने ब्यक्ति जनाउँछ । यिनीहरु अध्यात्मिक प्रवचनमा पनि तीक्ष्ण ह...

महिलाका मनका यि पाँच कुराहरु, जसलाई उनिहरुले कहल्यै ब्यक्त गर्दैनन !

महिलाको मनको कुरा थाहा पाउन निकै मुस्किल हुन्छ । केही यस्ता कुरा हुन्छन्, जुन उनीहरू सधैं लुकाएर राख्छन् । यसमा कसैको अहित हुने कुरा नहुन सक्छ । तैपनि, उनीहरू बताउन सक्दैनन् । (१) हरेक महिलासँग लुकाएर राखेको केही खजाना हुन्छ । खजनाको बदलामा पैसा नै किन नहोस, जसलाई उनीहरू आफ्नो सानोतिनो समस्या टार्न भनेर बचाएर राख्छन् । तर, यसबारे पतिलाई कुनै जानकारी हुँदैन । तर, उनीहरू कुनै बेला पति नै समस्यामा पर्दा झिकेर दिन पछि पर्दैनन् । (२) महिलाहरू सानातिना कुरा पनि आफ्नो साथीसँग सेयर गर्न भ्याउँछन् । तर, पतिले सोध्दा अहँ भनेको छैन, म यस्तो कुरा पनि कहाँ भन्छु त भनेर ठिक्क पार्छन् । (३) महिलाले आफ्नो पहिलो मायालाई जिन्दगीमा कहिल्यै भुल्दैनन् । पहिलो प्रेमीलाई पुरै भुलिसकें भन्छन् भने त्यो सत्य होइन । (४) महिलाले आफ्नो पतिलाई सधैं भन्न चाहँदैनन् कि, खास पलमा कस्तो अनुभव भयो । यदि भनिन् भने पनि त्यो शतप्रतिशत सत्य हुँदैन । (५) कतिपय कुरा यस्ता हुन्छन्, पत्नीहरू आफ्नो सम्बन्ध नबिग्रियोस् भनेर आफ्नो विचारलाई दबाउँदै पतिसँग हो मा हो मिलाउँछन् । मनमा भने त्यसप्रतिको असन्तुष्टि कायम हुन्छ । तर, कहि...

यो बार जन्मिने मान्छेहरु धनी र भाग्यमानी हुन्छन ! जानी रखौ

आइतबारको दिन सूर्यको हो भने सोमवारको मुख्य ग्रह चन्द्र हो । मंगलवार मंगलको प्रभाव हुन्छ भने बुधवार बुधको । विहीबार वृहस्पति र शुक्रवार शुक्रको प्रभाव सबै भन्दा बढी हुन्छ । शनिवारको कारक ग्रह शनि मानिन्छ । ज्योतिषका अनुसार जुन बार जन्मियो त्यो बारको ग्रहको प्रभाव जीवनका सबै पाटामा पर्छ । मान्छेको स्वभाव र भाग्य समेत जन्मबारले निर्धारण गर्ने ज्योतिष शास्त्रीको दावी छ । कस्तो हुन्छ कुन बार जन्मिनको मान्छेको स्वभाव र भाग्य थाहा पाउनुस् । आइतबारः पुरुष आइतबार जन्मिने मानिस भाग्यशाली हुन्छन् । उनीहरुको आयु पनि लामो हुन्छ । यस्ता ब्यक्ति कम बोल्ने र कला र शिक्षामा अगाडी हुन्छन् । यो बार जन्मिने ब्यक्तिमा धार्मिक आस्था पनि हुन्छ र घर परिवारका सदस्यलाई खुसी राख्न अधिक प्रयास गर्छन् । तर यिनीहरुलाई २० देखि २२ वर्ष सम्म दुःख हुन्छ । स्त्री आइतबार जन्मिने स्त्री दान-पुण्य गर्ने र बलशाली एवं चतुर हुन्छन् । सोमबारः पुरुष सोमबार जन्मिने ब्यक्तिको बोली मिठो हुन्छ । यस्ता ब्यक्तिको जीवनमा सुख दुख बराबर जस्तै हुन्छ किन भने उनीहरुलाई दुःख सुख उस्तै उस्तै लाग्छ । सोमबार जन्मिने ब्यकेति विद्वान, कल...