Skip to main content

यसरी सजिलै बढाउनुहोस दिमागी कुसलता र स्मरण शक्ति ! जानी रखौ

के तपाइँले प्रायः स-साना कुरा पनि झ्वाट्टै भुलिहाल्नुहुन्छ ? महत्वपूर्ण कुरा समेत भुसुक्कै बिर्सने बानी छ ? जो मानिस बढि भुलक्कड हुन्छन् उनीहरु भुलेको कुरा सम्भिएसँगै किन यस्तो कुरा भुलेँहोला ? भनेर झनै बढी तनावमा रहन्छन्

किशोरावस्था हुँदा तपाईँको स्मरणशक्ति एकदमै बलियो थियो, जे कुरा पनि सजिलै सम्झिन सक्नुहुन्थ्यो! तर अहिले हिजोकै कुरा पनि सम्झिन गाह्रो परिराको छ, यस्तो किन हुन्छ? मानिसको सम्झिन सक्ने क्षमता धेरै कुरामा भर परिरहेको हुन्छ, जस्तै; तपाईँको खाने बानी र समय, सुत्ने बानी र समय अनि तपाईँको मस्तिष्कको क्षमता।

आजसम्म तपाईँले आफ्नो मस्तिष्कको स्वास्थ्यलाई नाजुक बनाउनको लागि जे-जति गल्ती गर्नुभयो, त्यो सबै भुलिदिनुस्। तपाईँको स्मरण शक्तिलाई फेरि पनि जस्ताको तस्तै बनाउन चाहनुहुन्छ भने आजैदेखि आफ्नो जीवनमा यी ६ शुत्रहरू अपनाउनुहोस्ः

१. धेरै सुगन्ध सुँघ्नुहोस्

दिनहुँ कुनै नयाँ कुराको गन्ध थाहा पाउने कोशिस गर्नुहोस्। जब तपाईँ विहान उठ्नुहुन्छ, कुनै न कुनै कुराको गन्धलाई सुँघ्नुहोस्, जस्तै; कफी पाउडर, गुलाफको फूल। वैज्ञानिकहरू भन्छन् कडा सुगन्धले मानिसको संज्ञानात्मक क्षमताको विकास गर्दछ। भन्नाले जति धेरै नयाँ सुगन्ध सुँघ्यो, त्यति धेरै मस्तिष्कले त्यो गन्धलाई सम्झिन खोज्दछ, जसले गर्दा तपाईँको स्मरण शक्तिमा विस्तारै सुधार हुँदै जान्छ।

२. स्मरण शक्ति बढाउने प्राकृतिक खाना खानुहोस्

प्रशस्त एण्टिअक्सिडेण्ट पाइने खानेकुराहरू (बदाम, ओखर, काजु, अङ्गुर, स्याउ, केरा, गाढा हरीयो सागपात, अदुवा, गाँजर, आदि।) खाँदा स्मरणशक्तिलाई कमजोर बनाउने इलेक्ट्रोनहरूलाई निष्क्रिय बनाउँदछ र विस्तारै मस्तिष्को क्षमतामा वृद्धि हुँदै जान्छ। माछा र गेडागुडीमा पाइने स्वस्थ बोसोले पनि दिमागलाई फाइदा गर्दछ।

३. दिमागको अभ्यास गर्नुहोस्

आफ्नो दिमागको पसिना निकाल्नुहोस्, भनेको धेरै सोँच्नुहोस्। तर जतिबेला पनि व्यर्थ कुरा सोँच्नु हानिकारक हुन्छ। विशेष गरी विहान उठेपछि आफ्नो दिमागलाई कुनै जटिल काम गर्न दिनुहोस्। सुडोकु, लुडो जस्ता चुनौतीपूर्ण खेलले दिमागको सम्झन सक्ने शक्तिलाई जागरुक गर्दछ। बाघचाल, चेस, स्क्र्याम्बल जस्ता दिमाग चलाउन पर्ने खेलहरूले पनि तपाईँको दिमागको राम्रो अभ्यास गराउँदछ। सँधै एउटै किसिमले काम नगर्नुहोस्। कार्यालय जाँदा सँधै जाने बाटोभन्दा भिन्न बाटोबाट जान सक्नुहुन्छ। अथवा सँधै दाहिने हातले दाँत माझ्नुहुन्थ्यो भने, देब्रे हातले दाँत माझ्ने अभ्यास गर्नुहोस्। भन्नाले, भिन्दाभिन्दै अनुभव लिने कोशिस गर्नुहोस्।

४. पर्याप्त सुत्नुहोस्

शरीर निदाउँछ तर दिमाग निदाउँदैन। राति शरीर निदाएको बेला दिमागले तपाईँको शरीरको हेरचाह गरिरहेको हुन्छ। तपाईँको शरीर जति स्वस्थ भयो, दिमागलाई पनि त्यति नै राहत हुन्छ। त्यसैले पर्याप्त सुत्नुहोस्, निन्द्रालाई मिचेर कुनै पनि काम नगर्नुहोस्। बरु राति गर्नुपर्ने कामलाई दिउँसै गर्न सकिन्छ।

५. भूत, वर्तमान र भविष्य

तपाईँको विगतका कुरा र घटनाहरूलाई सम्झिने प्रयत्न गर्नुहोस् र त्यसलाई फेरि दोहोर्याउने कोशिस गर्नुहोस्। वैज्ञानिकहरू भन्छन् दिनदिनै विगतका भुलिसकेका घटनालाई सम्झिने प्रयास गर्दा, कुनै न कुनै एक दिन पक्कै पनि सम्झिन सकिन्छ। यो सबै तपाईँको इच्छाशक्तिमा भर पर्दछ। यसरी पहिलेका कुराहरू सम्झिने अभ्यास गर्नुभयो भने, दिमाग बुढो हुने क्रम पनि ढिलो हुने वैज्ञानिकहरू विश्वास गर्छन्।

६. (अतिरिक्त) यौन सम्पर्क गर्नुहोस्

यौन सम्पर्क भनेको प्रकृतिले प्राणीहरूलाई दिएको अमूल्य देन हो भन्न सकिन्छ। केवल विकासक्रमलाई जारी राख्नको लागि मात्रै होइन, हाम्रो शारीरिक तथा मानसिक स्वास्थ्यलाई स्वस्थ राख्न पनि यौन सम्पर्कको अत्यावश्यक पर्दछ। यौन क्रियाकलापमा सम्मेलन हुँदा हाम्रो शरीरमा ‘अक्सिटोसिन’ नामक हर्मोन पैदा हुन्छ, जसले हाम्रो शरीरमा ‘पेन किलर’को काम गर्दछ। यसले थकाइ, तनाव र दिमागको बोझलाई हलुका बनाउन मद्दत गर्दछ। अनि तपाईँको दिमाग जति हलुका भयो, स्मरण शक्ति पनि त्यति नै वृद्धि हुँदै जान्छ।

यी उपायले भएनन?

ध्यान गर्नहोस्। ध्यान गर्नाले मष्तिस्कका विकार कम हुन्छन्। शरिर स्वस्थ हुन्छ। शरिर स्वस्थ हुँदा मष्तिस्क पनि स्वस्थ हुन्छ। ध्यान गर्ने कयौं विधि छन्। जुनै विधि अपनाएपनि दिमागलाई केन्द्रित गराउन सक्ने हो भने स्मरण शक्ति बढ्छ। चिन्ता कम लिनुस, रिस कम गर्नुस्। रिस र चिन्ताले स्मरण शक्ति बढाउन मद्धत गर्दैन। बरु दिमागलाई अन्यत्र पुर्याउँछ अनि सोच्न सक्ने शक्तिमै कमी ल्याउँछ।

वैज्ञानिकहरुले यस्तो बढि भुल्ने समस्याको कारण खास पौष्टिक तत्वको कमी रहेको बताएका छन् । हामीले यहाँ यस्ता केही खानेकुराको सूचि पेश गरेका छौँ जसको नाम नै ब्रेन फूड छ । यी खानेकुरा खानाले मानिसलाई अल्जाइमरको जोखिम नहुने मात्र होइन मस्तिष्कको क्षमता र स्मरण शक्ति समेत बढ्छ ।

१. गोलभेँडा – गोलभेँडामा प्रोटिन, भिटामिन, तथा विभिन्न खाले लवण जस्ता तत्व पाइन्छ । यसमा कार्बोहाइड्रेटको मात्रा कम हुन्छ । गोलभेँडामा हुने लाइकोपिन तत्वले सरीरमा स्वतन्त्र रेडिकल्सको सुरक्षा गर्दछ र मस्तिष्क कोषको क्षयिकरण रोक्दछ ।

२. ओखर- जो मानिस दिनहुँ ओखर सेवन गर्छन् उनीहरुमा स्मरण शक्तिको बढोत्तरी हुन्छ । ओखरमा ओमेगा थ्री फ्याट्टी अम्ल, प्रोटिन, फाइबर, एन्टी अक्सिडेन्ट जस्ता आवश्यक तत्व पाइन्छ ।

३.स्ट्रबरी- यसमा प्रसस्त मात्रामा एन्टी अक्सिडेन्ट पाइन्छ जसले मस्तिष्कका कोषको क्षयिकरण हुनबाट बचाउँछ ।

४. दही- दहीमा प्रोटिन, कार्बोहाइड्रेट, खनिज, चिल्लो, क्याल्सियम तथा फोस्फोरस जस्ता लवणहरु पाइन्छ । यसले सरीरमा लाभदायी जिवाणुलाई समेत फाइदा पूराउँछ भने हानिकारक जिवाणुलाई नष्ट गर्न सहयोग गर्छ । दहीमा एमिनो एसिड पाइन्छ जसले दिमागी तनाव कम गरी स्मरण शक्तिमा बढोत्तरी गर्न सघाउ पूराउँछ ।

५. जाइफल- जाइफलको सेवनले सरीरलाई चिसोबाट बचाउने मात्र होइन यसमा हुने विशेष तत्वले मस्तिष्कलाई स्वस्थ राख्न तथा स्मरण शक्ति बढाउन मद्दत पूराउँछ ।

६. तुलसी- मसलाको रुपमा तुलसीका पातको प्रयोग निकै लाभदायक हुन्छ । छिटो भुल्ने समस्या भएका मानिसले दिनको २-३ तुलसीको पात खाँदा त्यसले फाइदा गर्छ ।

७.अलैँचीमा प्रसस्त मात्रामा प्रोटिन तथा फाइबर हुने भएकाले यसको सेवन समेत मस्तिष्कको स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

८. चिया, कफी, बेसार, दालचिनी तथा मरिचको नियमित सेवन समेत मस्तिष्कको क्षमता वृद्धिमा सहयोगी हुने विभिन्न वैज्ञानिक परीक्षणले पुष्टि गरेका छन् ।

Comments

Popular posts from this blog

तपाईंको हातमा यस्ता चिन्ह छन भने ढुक्क हुनुहोस तपाईं अवस्य धनी बन्नुहुनेछ !

हस्त रेखा विज्ञानले मानिसको सबै कुरा हातका रेखाले निर्धारण गर्ने बताउँछ । यी रेखा हाम्रो जन्मकै क्रममा बन्ने र यीनको प्रभाव जीवनभर रहने बताइन्छ । यहाँ हामीले धनी हुने ब्यक्तिका हातका रेखा कस्ता हुन्छन् भन्ने विषयमा चर्चा गरेका छौं । जौको चिन्ह समुन्द्र शास्त्रका अनुसार जुन ब्यक्तिको हातमा औंलाको जौ जस्तो चिन्ह हुन्छ त्यस्ता ब्यक्ति निक्कै धनीमानी र सुखी हुने बताइन्छ । यो चिन्ह हुने ब्यक्ति भाग्यमानी पनि हुने गर्छन् । समाजमा प्रतिष्ठिन हुने र राजनीतिमा लागे सफल राजनीतिज्ञ हुने हस्त रेखा विज्ञानको दावी छ । शंखको चिन्ह अध्यात्मको दृष्टिले हातमा शंखको चिन्ह हुनु निक्कै राम्रो मानिन्छ । यस्ता चिन्ह भएका ब्यक्ति बुद्धीमान हुने बताइन्छ । जुन ब्यक्तिको चार वटा औंलामा शंकको चिन्ह छ त्यस्ता ब्यक्तिले सरकारी उच्च पदस्थ पद प्राप्त गर्ने सम्भावना हुन्छ । ५ बटै औंलामा यस्तो चिन्ह छ भने विदेश यात्रा भैरहने हुन्छ । विदेशमा धन आर्जन पनि राम्रो हुने मानिन्छ । जुन ब्यक्तिको ६ वटा औंलामा यस्तो चिन्ह छ औंलामा छ भने यसले धर्मकर्ममा विश्वास हुने ब्यक्ति जनाउँछ । यिनीहरु अध्यात्मिक प्रवचनमा पनि तीक्ष्ण ह...

महिलाका मनका यि पाँच कुराहरु, जसलाई उनिहरुले कहल्यै ब्यक्त गर्दैनन !

महिलाको मनको कुरा थाहा पाउन निकै मुस्किल हुन्छ । केही यस्ता कुरा हुन्छन्, जुन उनीहरू सधैं लुकाएर राख्छन् । यसमा कसैको अहित हुने कुरा नहुन सक्छ । तैपनि, उनीहरू बताउन सक्दैनन् । (१) हरेक महिलासँग लुकाएर राखेको केही खजाना हुन्छ । खजनाको बदलामा पैसा नै किन नहोस, जसलाई उनीहरू आफ्नो सानोतिनो समस्या टार्न भनेर बचाएर राख्छन् । तर, यसबारे पतिलाई कुनै जानकारी हुँदैन । तर, उनीहरू कुनै बेला पति नै समस्यामा पर्दा झिकेर दिन पछि पर्दैनन् । (२) महिलाहरू सानातिना कुरा पनि आफ्नो साथीसँग सेयर गर्न भ्याउँछन् । तर, पतिले सोध्दा अहँ भनेको छैन, म यस्तो कुरा पनि कहाँ भन्छु त भनेर ठिक्क पार्छन् । (३) महिलाले आफ्नो पहिलो मायालाई जिन्दगीमा कहिल्यै भुल्दैनन् । पहिलो प्रेमीलाई पुरै भुलिसकें भन्छन् भने त्यो सत्य होइन । (४) महिलाले आफ्नो पतिलाई सधैं भन्न चाहँदैनन् कि, खास पलमा कस्तो अनुभव भयो । यदि भनिन् भने पनि त्यो शतप्रतिशत सत्य हुँदैन । (५) कतिपय कुरा यस्ता हुन्छन्, पत्नीहरू आफ्नो सम्बन्ध नबिग्रियोस् भनेर आफ्नो विचारलाई दबाउँदै पतिसँग हो मा हो मिलाउँछन् । मनमा भने त्यसप्रतिको असन्तुष्टि कायम हुन्छ । तर, कहि...

यौनमा अनिक्षुक पार्ट्नरलाई कसरी तयार गर्ने? जन्नुहोस त्यस्ता केहि काईदाहरु

यौनका विषयमा खुलेर कुरा गरिँदैन । यौनका बारेमा जति चर्चा गर्दा या त त्यसलाई असाध्यै जटिल बनाइन्छ, या अति नै हलुका । फलस्वरुप यो कतिपयका लागि चर्चा गर्न अयोग्य विषय भएको छ भने धेरैका लागि अतिरञ्जनको विषय । फ्रायडले धेरैअघि मानिसका सबैजसो क्रिया यौनमा आधारित हुन्छ भन्ने व्याख्या गरिसक्दा पनि फ्रायड पढेका नेपाली बौद्धिक वर्गले पनि यसलाई स्वीकार्न सकेका छैनन् । यो गम्भीर विषयमा मनोविज्ञ करूणा कुँवर भने प्रस्ट छिन् । १२ वर्षदेखि मनोविज्ञान त्यसमा पनि पारिवारिक तनावका विषयमा अध्ययन-अनुसन्धान गरिरहेकी करूणा नेपालीको यौन मनोविज्ञान जटिलतातर्फ उन्मुख हुँदै गएको स्वीकार गर्छिन् । नेपालीहरूको यौन व्यवहार एवम् त्यसले सिर्जना गरिरहेको तनावले धेरै युगल जोडीहरूको वैवाहिक सम्बन्ध टुट्दै गएको उनको अनुसन्धानले देखाएको छ । जर्मन मनोवैज्ञानिक दोरोभि वेनरकी खास शिष्या करूणासँग नेपालीहरुको यौन मनोविज्ञानका विषयमा गरिएको कुरा । कसरी पार्टनरलाई सेक्सका निम्ति तयार गर्ने ? त्यसोत प्रेमलापका निम्ति न त कुनै समय हुन्छ न त कुनै नियम । प्रेम गर्नेहरु सारा संसार बिर्सेर प्रेम गर्छन । एकापसमा आलिंगन गर्ने प्रेमीहरु...