Skip to main content

सफलता हासिल गर्न यि दश सुत्रहरु अपनाउनुहोस | कहिले असफल हुनुपर्दैन

प्रत्येक मानिसको जीवनमा सफल हुने चाह रहेको हुन्छ र यसका लागि मानिसले मेहनत पनि गरिरहेको हुन्छ । तर, कहिलेकाँही सही मार्गनिर्देशनको कमीले त्यो मेहनत बालुवामा पानि हालेसरी खेर जान्छ ।

हामी तपाईको मेहनत त्यसै खेर जानुहँदैन भन्ने पक्षमा छौँ । त्यसैले सफलताको कामनासहित जीवनलाई कसरी सफल बनाउने भनेर हामीले दशवटा सुत्रहरु प्रस्तुत गरेका छौँ । यी सुत्रहरुको प्रयोगले तपाईको जीवन साच्चै नै सफल हुनेछ ।

१. आफ्नो लक्ष्य निर्धारण गर्नुहोस् र सधै त्यसमा कठिबद्द भएर लाग्नुहोस् ।

२. डरलाई सधैभरि जित्नुहोस । म सफल बन्दिन, यो काम गर्न सक्दिन, ममा खुबि र दक्षता नै छैन, म अरुजस्तो छैन भन्ने भावनालाई आजैदेखी टाढा राख्नुहोस् ।

३. धैर्यशिल रहनुहोस् । एक रात मै सफल हुन सकिदैन भन्ने तथ्य बुझ्नुहोस् र लगातारको मेहनतले नै सफलता देखाउने हो भन्ने कुरालाई ख्याल गर्नुहोस् ।

४. धेरै सोचेर र प्लान गरेर नबस्नुहोस् । कुनै काम गर्नु छ भने त्यसलाई तरुन्तै सम्पन्न गर्नुहोस् ।

५. सधै खुल्ला सोच राख्नुहोस् । जीवनमा सफलता पाउन धरै बाटाहरु रहेको तथ्य नभुल्नहोस् । एउटा बाटोबाट फेल भए अर्को बाटो पहिल्याउनुहोस् ।

६. सफल व्यक्तिको जीवनीबाट पाइने एउटा ज्ञान भनेको ‘स्याक्रिफाइज’ हो । त्यसैले केही ठूलो पाउन स–साना कुरा गुमाउनपर्छ भनेर नडराउनुहोस् । त्यस्तै टिभी, इन्टरनेट, अनावश्यक घुमघाम र खराब बानीबाट टाढा बस्नुहोस् र त्यस समयलाई अध्ययन तथा आवश्यकता अनुसार सही सदुपयोग गर्नुहोस् ।

७. आफू सहि बाटोमा छु कि छइन भनेर सधैभरी सचेत रहनुहोस् । यदी गलत बाटोमा हुनुहुन्छ भने जति मेहनत गरेपनि त्यसले तपाईको लक्ष्यमा केही महत्व राख्दैन ।

८. लक्ष्यमा पुग्न आफूले कति बाटो हिड्न बाकी छ भन्दा पनि कति बाटो हिडिसके भनेर सधैभरी ख्याल राख्नहोस् । यसले एकातर्फ आफूले गरेको मेहनत सम्झाउँछ भने अर्कोतर्फ लक्ष्यमा पुग्न थप उर्जा र प्रेरणा दिन्छ ।

९. मानिसलाई सफलताको लागि पैसाको पनि आवश्यकता पर्छ । आपूmसँग भएको पैसा सधै सही ठाउँमा मात्र प्रयोग गर्नुहोस् ।

१०. सधैभरि आफूलाई बुझ्ने र सहयोग गर्ने साथीहरुको माझमा मात्र बस्नुहोस् । परिवारसँग खुलेर रहनुहोस् । मनमा कुरा गुम्साएर नराख्नुहोस् ।

त्यसैले नयाँ काम सुरु गर्नु अघी सबैभन्दा पहिले र ठुलो कुरा भनेको राम्रो आइडिया हो । राम्रो आइडिया पाउन निम्न आठ कुराको ध्यान दिनुहोस ।

प्रयास गर्नुहोस, तर नडराउनुहोस : मनमा जे आइडिया आउछ त्यसलाई प्रयोगमा पनि ल्याउनुहोस तर पारीणाम सँग नडराउनुहोस । यसरीनै सफल आइडिया आउछ ।

मनिसहरु सँग भेट गर्नुहोस र नयाँ कुरा सिक्ने कोशीस गर्नुहोस : आफ्नो रुचिको बिषयमा किताब वा इन्टरनेटमा पढ्नुहोस र सो बिषयमा जानाकार ब्यक्तिहरुसँग भेट गरी कुरा गर्ने कोशीस गर्नुहोस् । उनिहरुको सोच के-कस्तो छ जान्ने कोशीस गर्नुहोस ।

कृएटर बन्नुहोस कन्जुमर होइन : हामीहरु प्राय नयाँ कुरा देख्ने बित्तिकै त्यसलाई उपभोग गर्ने सोच बनाउछौ । त्यसैले तपाईंले पनि केही नयाँ गर्ने कोशीस गर्नुहोस् वा नयाँ पोर्डक्ट ल्याउने सोच बनाउनुहोस र त्यसको कोशीस गर्नुहोस ।

लक्ष्य सधैं ठुलो राख्नुहोस : महाकवी लक्ष्मी प्रसाद देवकोटाले भनेका थिए कि 'उदेश्य के लिनु उडी छुनु चन्द्र एक' । तपाईंले पनि त्यस्तै ठुलो लक्ष्य तय गर्नुहोस । जसले तपाईंको सोचको दायरा पनि ठुलो बनाउनेछ भने ठुला-ठुला काम गर्ने पनि आँट आउनेछ ।

अरुको असफलताबाट सिक्नुहोस : तपाईं सफल हुन चाहनुहुन्छ भने अरुले प्रयोग गरेको बाटो हेर्नुहोस् । उनिहरु किन असफल भए ? यस बारेमा खोजबिन गर्नुहोस् र त्यही काम फरक तरिका बाट गर्नुहोस जसले तपाईंलाई सफल बनाउनेछ ।

तुलना गर्नुहोस : सबै चिज सबै ठाउमा फिट हुँदैन । त्यसैले तपाईंले आफुले ल्याउन चाहेको प्रोडक्ट तपाईंले छानेको ठाउमा फिट हुन्छ कि हुँदैन तुलना गर्नुहोस ।

उल्टो बाटो हिंड्ने कोशीस गर्नुहोस : प्राय अहिले जे भैरहेको छ त्यसको उल्टो सोच्ने कोशीस गर्नुहोस् र यदी त्यो चिज उपयुक्त लाग्छ भने त्यही बाटो हिंड्ने कोशीस गर्नुहोस ।

स-साना समस्या पनि हल गर्नुहोस : प्रय स-साना समस्याहरु हामी नजर अन्दाज गरेर जान्छौ । सफलताको लागि यो बिल्कुल घातक हुन्छ । त्यसैले स-साना समस्या पनि समाधान गरेर अघी बध्नुहोस । जसले तपाईंलाई अवस्य सफल बनाउनेछ ।

Comments

Popular posts from this blog

तपाईंको हातमा यस्ता चिन्ह छन भने ढुक्क हुनुहोस तपाईं अवस्य धनी बन्नुहुनेछ !

हस्त रेखा विज्ञानले मानिसको सबै कुरा हातका रेखाले निर्धारण गर्ने बताउँछ । यी रेखा हाम्रो जन्मकै क्रममा बन्ने र यीनको प्रभाव जीवनभर रहने बताइन्छ । यहाँ हामीले धनी हुने ब्यक्तिका हातका रेखा कस्ता हुन्छन् भन्ने विषयमा चर्चा गरेका छौं । जौको चिन्ह समुन्द्र शास्त्रका अनुसार जुन ब्यक्तिको हातमा औंलाको जौ जस्तो चिन्ह हुन्छ त्यस्ता ब्यक्ति निक्कै धनीमानी र सुखी हुने बताइन्छ । यो चिन्ह हुने ब्यक्ति भाग्यमानी पनि हुने गर्छन् । समाजमा प्रतिष्ठिन हुने र राजनीतिमा लागे सफल राजनीतिज्ञ हुने हस्त रेखा विज्ञानको दावी छ । शंखको चिन्ह अध्यात्मको दृष्टिले हातमा शंखको चिन्ह हुनु निक्कै राम्रो मानिन्छ । यस्ता चिन्ह भएका ब्यक्ति बुद्धीमान हुने बताइन्छ । जुन ब्यक्तिको चार वटा औंलामा शंकको चिन्ह छ त्यस्ता ब्यक्तिले सरकारी उच्च पदस्थ पद प्राप्त गर्ने सम्भावना हुन्छ । ५ बटै औंलामा यस्तो चिन्ह छ भने विदेश यात्रा भैरहने हुन्छ । विदेशमा धन आर्जन पनि राम्रो हुने मानिन्छ । जुन ब्यक्तिको ६ वटा औंलामा यस्तो चिन्ह छ औंलामा छ भने यसले धर्मकर्ममा विश्वास हुने ब्यक्ति जनाउँछ । यिनीहरु अध्यात्मिक प्रवचनमा पनि तीक्ष्ण ह...

महिलाका मनका यि पाँच कुराहरु, जसलाई उनिहरुले कहल्यै ब्यक्त गर्दैनन !

महिलाको मनको कुरा थाहा पाउन निकै मुस्किल हुन्छ । केही यस्ता कुरा हुन्छन्, जुन उनीहरू सधैं लुकाएर राख्छन् । यसमा कसैको अहित हुने कुरा नहुन सक्छ । तैपनि, उनीहरू बताउन सक्दैनन् । (१) हरेक महिलासँग लुकाएर राखेको केही खजाना हुन्छ । खजनाको बदलामा पैसा नै किन नहोस, जसलाई उनीहरू आफ्नो सानोतिनो समस्या टार्न भनेर बचाएर राख्छन् । तर, यसबारे पतिलाई कुनै जानकारी हुँदैन । तर, उनीहरू कुनै बेला पति नै समस्यामा पर्दा झिकेर दिन पछि पर्दैनन् । (२) महिलाहरू सानातिना कुरा पनि आफ्नो साथीसँग सेयर गर्न भ्याउँछन् । तर, पतिले सोध्दा अहँ भनेको छैन, म यस्तो कुरा पनि कहाँ भन्छु त भनेर ठिक्क पार्छन् । (३) महिलाले आफ्नो पहिलो मायालाई जिन्दगीमा कहिल्यै भुल्दैनन् । पहिलो प्रेमीलाई पुरै भुलिसकें भन्छन् भने त्यो सत्य होइन । (४) महिलाले आफ्नो पतिलाई सधैं भन्न चाहँदैनन् कि, खास पलमा कस्तो अनुभव भयो । यदि भनिन् भने पनि त्यो शतप्रतिशत सत्य हुँदैन । (५) कतिपय कुरा यस्ता हुन्छन्, पत्नीहरू आफ्नो सम्बन्ध नबिग्रियोस् भनेर आफ्नो विचारलाई दबाउँदै पतिसँग हो मा हो मिलाउँछन् । मनमा भने त्यसप्रतिको असन्तुष्टि कायम हुन्छ । तर, कहि...

यौनमा अनिक्षुक पार्ट्नरलाई कसरी तयार गर्ने? जन्नुहोस त्यस्ता केहि काईदाहरु

यौनका विषयमा खुलेर कुरा गरिँदैन । यौनका बारेमा जति चर्चा गर्दा या त त्यसलाई असाध्यै जटिल बनाइन्छ, या अति नै हलुका । फलस्वरुप यो कतिपयका लागि चर्चा गर्न अयोग्य विषय भएको छ भने धेरैका लागि अतिरञ्जनको विषय । फ्रायडले धेरैअघि मानिसका सबैजसो क्रिया यौनमा आधारित हुन्छ भन्ने व्याख्या गरिसक्दा पनि फ्रायड पढेका नेपाली बौद्धिक वर्गले पनि यसलाई स्वीकार्न सकेका छैनन् । यो गम्भीर विषयमा मनोविज्ञ करूणा कुँवर भने प्रस्ट छिन् । १२ वर्षदेखि मनोविज्ञान त्यसमा पनि पारिवारिक तनावका विषयमा अध्ययन-अनुसन्धान गरिरहेकी करूणा नेपालीको यौन मनोविज्ञान जटिलतातर्फ उन्मुख हुँदै गएको स्वीकार गर्छिन् । नेपालीहरूको यौन व्यवहार एवम् त्यसले सिर्जना गरिरहेको तनावले धेरै युगल जोडीहरूको वैवाहिक सम्बन्ध टुट्दै गएको उनको अनुसन्धानले देखाएको छ । जर्मन मनोवैज्ञानिक दोरोभि वेनरकी खास शिष्या करूणासँग नेपालीहरुको यौन मनोविज्ञानका विषयमा गरिएको कुरा । कसरी पार्टनरलाई सेक्सका निम्ति तयार गर्ने ? त्यसोत प्रेमलापका निम्ति न त कुनै समय हुन्छ न त कुनै नियम । प्रेम गर्नेहरु सारा संसार बिर्सेर प्रेम गर्छन । एकापसमा आलिंगन गर्ने प्रेमीहरु...