Skip to main content

निद्रा लागेन ? यो समस्या दोहोरी रहन्छ ? त्यसो भए यसो गर्नुहोस

स्वास्थ्यका लागि न्रिद्रा दिनभरिको शारीरिक परिश्रमले शरीरले थकान, चिन्ता, तनाव महसुस गर्ने हुँदा आरामको पनि उत्तिकै जरुरी हुन्छ । प्राकृतिक रुपमै निदाएर शरीरले मानसिक तथा शारीरिक आराम प्राप्त गर्दछ । यस बेला रक्तसञ्चार, पाचन, श्वासप्रश्वास तथा स्नायु प्रणालीबाहेक शारीरिक क्रियाकलापहरु नहुने र सांसारिक गतिविधिहरुको ज्ञान नहुने हुनाले न्रि्रालाई बेहोसीको रुप पनि दिइन्छ ।

न्रि्रा वा बेहोसकै अवस्थामा शरीरका कोशिका तन्तुहरुको पुनःस्थापना, वृद्धि र विकास हुन्छ । यस्तै मानिसलाई ताजा, स्वस्थ र फर्ूर्तिलो बनाउन पनि न्रि्राको ठूलो महत्त्व छ । न्रि्राबाट शारीरिक, मानसिक दुवै आराम मिल्छ । जबसम्म मान्छे सुतेको हुँदैन तबसम्म मस्तिष्कमा सोचविचार भई नै रहन्छ । डा. शर्माका अनुसार शारीरिक क्रियाकलाप गर्दा मांसपेशीको र्घष्ाणबाट थकान उत्पन्न हुन्छ । त्यो थकान मेट्नका लागि सुतेर निदाउनु जरुरी छ । न्रि्रा भोकप्यासजस्तै मानिसलाई नभई नहुने कुरा हो । शारीरिक, मानसिक रुपमा आराम प्राप्तिका लागि न्रि्राको महत्त्वपूर्ण भूमिका रहन्छ । आधुनिक समाजमा मानिसले व्यापार-व्यवसायतिर पर्याप्त समय दिएर राति सुत्ने समयलाई छोट्याउने गरेको पाइन्छ । यसले स्वास्थ्यलाई धेरै नकारात्मक प्रभाव पार्ने डा. शर्मा बताउनुहुन्छ । भोक लाग्नेबित्तिकै खाना र न्रि्रा लाग्नेबित्तिकै सुत्ने अवसर सबैलाई हुँदैन । चिकित्सकहरुका अनुसार भोक लाग्दा नखानु जति हानिकारक छ, सुतेपछि न्रि्रा नलाग्नु पनि उत्तिकै हानिकारक छ । न्रि्रा एक महाऔषधि नै हो । मानिस आफूलाई व्यस्त राख्ने बहानामा राति ३-४ घण्टा मात्र सुत्छन् । यसले शरीर र मस्तिष्कलाई प्रतिकूल असर पार्छ । डा. शर्माका अनुसार कम समय सुत्ने मानिस अल्पायु हुने गर्छ । उहाँ भन्नुहुन्छ- ँदिउँसो जागा अवस्थाको समयभन्दा राति निदाएको समय बढी महत्त्वपूर्ण हुन्छ । मानिस रातको समय बेकारमा खर्च भएको ठान्छन्, जुन एकदमै गलत छ । दिनभरको कामले थाकेको दिमाग र शरीर दुवैलाई न्रि्राको अति नै आवश्यक पर्दछ । मानवजीवन वर्ष महिना, हप्ता, दिन हुँदै खास नियम र प्रणालीअनुसार बित्ने गर्छ । यसलाई जैविक चक्र प्रणाली, जैविक घडी, आन्तरिक-शारीरिक घडी, नियमित चक्र प्रणाली पनि भनिन्छ । डा. शर्माका अनुसार प्राकृतिक हिसाबले न्रि्रा अँध्यारोसँग सम्बन्धित छ । राति सुतेको समयमा अँध्यारोमा मस्तिष्कले एक प्रकारको झोल पदार्थ निकाल्ने गर्दछ जसलाई ँमेलाटोनिन’ भनिन्छ ।

यसले मानिसलाई मस्त न्रि्रा लाग्ने बनाइदिन्छ, मस्तिष्कलाई र्रिmेस गरिदिन्छ । कसै-कसैलाई उज्यालोमा न्रि्रा नपर्ने कारण पनि यही हो । मेलाटोनिनको कमी भएमा मानिसलाई न्रि्रा नपर्ने डा. शर्मा बताउनुहुन्छ । उहाँका अनुसार मेलाटोनिनाको कमी भएका व्यक्तिलाई कुनै बेला बाहिरबाट पनि मेलाटोनिन पदार्थ राख्न मिल्छ तर त्यो त्यति प्रभावकारी नहुन पनि सक्छ । मस्तिष्क र स्वास्थ्यका लागि पनि अति महत्त्वपूर्ण न्रि्राले ध्यान यताउति केन्द्रित हुनबाट रोकी सिर्जनशील कार्यका लागि कार्ययोजना बनाउने गर्छ । यसले गर्दा भोलिपल्ट मानिसले गर्ने कार्यदक्षतामा विकास हुन्छ । त्यति मात्र नभएर निदाएको समयमा मुटुको धड्कन कम हुने गर्दछ । न्रिद्रा किन लाग्दैन ? मानवजीवनमा न्रि्रा नहुने हो भने जीवन अस्तव्यस्त र तनावपूर्ण हुन्थ्यो ।

मानवशरीरमा न्रि्राको महत्त्वबारे धेरै कुरा पत्ता लागे पनि केही रहस्यमय कुराहरु विज्ञानले समेत पत्ता लगाउन सकेको छैन । आधुनिक जीवनले न्रि्रा गुमाउँदै गइरहेको छ । न्रि्रामा आएको गडबडीले जीवन बढी कोलाहलपूर्ण हँुदै गइरहेको छ । रातभरि नसुतेको दिन जीउ गाह्रो हुन्छ, खान रुच्दैन । न्रि्राको सम्बन्ध सीधै मान्छेको मनस्थितिसँग जोडिएको हुन्छ । मन विचारहरुले भरिएको छ भने निदाउन मुस्किल पर्छ । दुःखजस्तै सुख वा उत्तेजनामा पनि न्रि्रा गायब हुन्छ । मानिस अति हर्षो क्षणमा पनि रातभर निदाउन सक्दैनन् । निदाइहाले पनि शरीरले गहिरो विश्राम पाउन सक्दैन । अन्रि्राको समस्या भएका मानिस अनिदोका कारण आलस्य, थकावट, र्झकने, राम्ररी कुरा बुझन नसक्ने हुन्छन् । आँखाबाट परेला झर्ने, बोली अशुद्ध र लरबरिने हुन्छ । धेरै दिनसम्म अनिदो रहने मानिसको न्रि्राको क्षतिपर्ूर्ति पछि सुतेर परिपर्ूर्ति गर्न सकिंदैन । त्यसले अनेकौं रोगको रुप लिन पुग्छ ।

न्रि्रा नलाग्ने समस्या युवाहरुमा भन्दा बुढ्यौलीमा बढी हुन्छ । जाडोयाममा रात लामो हुनाले न्रि्रा नलाग्ने मानिस जागै बसेर रात कटाउनुपर्ने समस्याले ग्रसित बन्छन् । मुख्यतः मानसिक समस्याका कारणबाट थुप्रै व्यक्तिहरु अन्रि्राका सिकार बन्ने गर्छन् । चिन्ता, तनाव, अत्यधिक खुशी, अनावश्यक सोचाइ, उच्च महत्त्वाकांक्षा तथा विभिन्न मानसिक समस्याका कारणबाट अनिदो हुनेहरुले जिन्दगीभर आरामको जीवन बिताउन पाएका हँुदैनन् । यस्ता रोगीहरु औषधिको सहारामा निदाउनेे गर्छन् । रातभरको अनिदो, बेचैनी र तनावले कोल्टे फर्ेदाफर्ेर्दै बिहानीपख निदाउने गर्छन् । यस्तै शारीरिक समस्याका कारणले पनि न्रि्रा नलाग्ने समस्या उत्पन्न हुन्छ । ज्यादै टाउको दुःखेमा, पेटको अल्सर, खुट्टा दुख्ने, रक्तचाप, मुटुसम्बन्धी रोग, स्नायु प्रणालीका समस्या, ज्यादै पीडायुक्त स्वास्थ्यसमस्या, विभिन्न ग्रन्थिहरुको रोग र तिनबाट निस्कने हर्मोनको सन्तुलन बिग्रिएमा पनि न्रि्रा लाग्दैन । त्यस्तै दिनचर्यामा विकार आउनु, सुत्ने समयको गडबडी हुनु, प्रतियोगिता र परीक्षाको समय आउनु आदि पनि न्रि्रा नलाग्नुका कारण हुन सक्छन् । त्यसैगरी अत्यधिक थकाइ, रातभरि काम गर्ने र दिनभर सुत्ने बानी भएका, डर-त्रास र बारम्बार नराम्रो सपना देख्नेहरु, मादक पदार्थ तथा लागूपदार्थको दर्ुर्व्यसनीहरुमा न्रि्राको समस्या हुन सक्छ ।

सन्तुलित खानाको कमीले, बुढ्यौली, असुरक्षा, ध्वन्रि्रदूषण आदि कारणबाट पनि न्रि्रा नपर्ने हुन्छ । डा. शर्माका अनुसार कहिलेकाहीँ उद्देश्य असफल भएका व्यक्तिलाई निराशाले गर्दा पनि न्रि्रा नलाग्न सक्छ । कसलाई कति न्रिद्राको आवश्यकता ? राम्रो न्रि्रा लागेमा थकाइ मेटिने हुँदा भोलिपल्ट बिहान फर्ूर्तिको अनुभव हुन्छ र काम गर्ने उत्साह जागेर आउँछ । बच्चा, बूढा, जवान सबैका लागि न्रि्रा आवश्यक छ । राति न्रि्रा नपर्ने, चाँडै आँखा खुल्ने, शरीर भारी हुने, काम गर्ने फर्ूर्ति नहुने अन्रि्राको समस्या हो । यसलाई अंग्रेजीमा इनसोमनिया भनिन्छ । शरीर पूर्ण ताजगी हुन र उच्च कार्यदक्षता प्राप्त गर्न न्रि्राको आवश्यकता हुन्छ । सुत्नुपर्ने समयावधिको निक्र्योल धेरै परिवेशले गर्दछ । त्यसमा पनि उमेरको भूमिका महत्त्वपूर्ण हुन्छ । भर्खर जन्मेको बच्चालाई १६ देखि १९ घण्टासम्म सुत्नु जरुरी हुन्छ भने पाँच वर्षुनिको बच्चालाई कमसेकम ९ घण्टा सुत्नु आवश्यक छ । यस्तै अधिकाशं वयष्क एवम् ठूला व्यक्तिलाई ७-८ घण्टा सुत्नै पर्छ । कतिपय व्यक्ति ५ घण्टाभन्दा कम सुतेर पनि सन्तुष्टि प्राप्त गर्छन् भने १० घण्टाभन्दा बढी सुतेर असन्तोष व्यक्त गर्नेहरु पनि हुन्छन् । न्रि्राले स्वास्थ्यमा पार्ने प्रभावको विषयमा वैज्ञानिकहरुले अहिलेसम्म पनि अध्ययन गर्दै छन् । एक वा दुइ घण्टा मात्रै पनि न्रि्राको कमी भएमा मस्तिष्कको क्षमतामा कमी आउँछ ।

यस्तै अपुग सुताइबाट हुन सक्ने मुख्य स्वास्थ्यसमस्यामा क्यान्सर, मुटुको रोग, मोटोपन, चिनीरोग, छोटो आयु आदि हुन् । बाँझोपन, निराशा, मानसिक तनाव, गर्भ तुहिने, सुत्केरीपछिको मानसिक तनाव आदि समस्या पनि न्रि्राको कमीबाट देखिन सक्छन् । पुरुषको तुलनामा महिलालाई न्रि्राको आवश्यकता बढी हुने चिकित्सक बताउँछन् । सामान्य अवस्थामा पनि पुरुषभन्दा महिलाले १-२ घण्टा बढी सुत्नु आवश्यक हुन्छ । त्यसमा पनि सुत्केरी अवस्थामा झनै आरामको आवश्यकता पर्छ । को-कति घण्टा सुत्ने भन्ने कुरा केही मात्रामा व्यक्तिले विकास गर्ने बानीले पनि निक्र्योल गर्छ । विश्वप्रसिद्ध कलाकार लियोनार्दो दा भिन्ची २४ घण्टामा ६ घण्टा सुत्नर्ुपर्छ भन्ने कुरामा विश्वस्त भए पनि दिनभरको अन्य समय नोक्सानी हुने महसुस गरी हरेक ४५ मिनेट काम गर्ने र १५ मिनेट सुत्ने बानी र प्रणालीको विकास गरेका थिए । उनी सुतेको १ मिनेटभित्र निदाउन सक्थे । त्यस्तै ज्यादा सुताइले पनि स्वास्थ्यमा प्रतिकूल असर पर्ने डा. शर्मा बताउनुहुन्छ । उहाँका अनुसार ज्यादा सुत्दा अल्छी हुने, सृजनात्मक शक्तिमा ह्रास आउने, फर्ूर्तिलोपना घट्ने र आत्मशक्ति कमजोर हुने गर्दछ ।

यसबाहेक धेरै सुत्ने मानिसमा अल्छीपना बढी हुनाले सामाजिक प्रतिष्ठामा ह्रास आउने सम्भावना रहने तथा सधैँ काममा ढिलासमेत हुने गर्दछ । न्रिद्रा लगाउने औषधिले हानि पनि गर्छ न्रि्राको अनियमितताले पनि मानिसमा अनेकौं किसिमको रोग लाग्छ । व्यापार-व्यवसाय, अध्ययन, जागिर वा त्यस्तै व्यस्तताले मान्छेलाई गाँज्दै लगेको छ । खासगरी सहरी जीवनमा यो जटिलता बढी देखिन्छ, जहँँ सहज र स्वाभाविक न्रि्रा पाउन मुस्किल छ । महत्त्वाकांक्षीहरु रातभरि सुत्नुलाई समयको ठूलो बर्बादी ठान्छन् । एक अध्ययनले के देखाएको छ भने अमेरिका, जापानलगायत विकसित देशमा धेरै मानिस न्रि्राको औषधि प्रयोग नगरी सुत्नै सक्दैनन् । नियमित त्यस्तो औषधिको सेवनले धेरै मानिस दर्ुर्व्यसनी भएका छन् । कतिपयको ज्यान नै गएको छ भने कतिपय रोगले ग्रस्त बनेका छन् । न्रि्रा लगाउने औषधिको प्रयोगले तत्काल कुनै असर नगरे पनि लामो समयको प्रयोगले अन्य थुप्रै शारीरिक समस्या देखिने हुँदा यस्ता औषधिको प्रयोग बढाउनुभन्दा न्रि्रा नलाग्नुको कारण खोजेर समाधान गर्नु उपयुक्त हुने डा. शर्माको सुझाव छ ।

यस्ता औषधिको बढी प्रयोगले शरीर झुम्म हुने, शिथिल हुने, श्वासप्रश्वासमा समस्या हुने, शरीरको मांसपेशी कमजोर हुने, रक्तचाप बढ्नेलगायतका समस्या देखा पर्छन् । यस प्रकारका औषधि मनलाई असर गर्ने -मनोद्वेग) औषधिअर्न्तर्गत पर्ने भएकोले यस्ता औषधि निर्बाधरुपमा जताततै बिक्रीका लागि राख्न नहुने डा. शर्मा बताउनुहुन्छ । यस्ता औषधि अनुमतिविना बेच्न नपाइने भए पनि सामान्यरुपमा नै किन्न पाइने डा. शर्माको अनुभव छ । चिकित्सकको सल्लाहविना नै कतिपय व्यक्तिले न्रि्रा नलाग्दा आफूखुशी यस्तो औषधि प्रयोग गर्छन् । लामो समय प्रयोग गरी छोड्न नसक्दा नराम्रो लत नै बस्छ । यसले स्वास्थ्यमा विभिन्न किसिमको हानि पुर्‍याउँछ । यस्ता औषधिको जथाभावी प्रयोगले मिर्गौलामा समेत असर गर्ने डा. शर्मा बताउनुहुन्छ । त्यसैले यस्ता औषधि चिकित्सकको सल्लाहअनुसार मात्र प्रयोग गर्नर्ुपर्छ ।

अन्रिद्राको उपचार न्रि्रा नपर्नेहरुका लागि उपचारको कदम चाल्नुअघि अन्रि्राको कारण पत्ता लगाउनु जरुरी हुन्छ । सामान्यतया जाँच, प्रतियोगितामा असफलता, थकाइका कारण न्रि्रा नलागेको अवस्थामा यसको सकारात्मक अन्त्यपछि बिस्तारै आफैं न्रि्रा पर्न थाल्छ । शारीरिक रोगहरु जस्तै- टाउको दुख्ने, पेटको अल्सर, क्यान्सर, तीव्र पीडा आदि भएमा यसको राम्रोसँग उपचार गर्नर्ुपर्छ । मानसिक रोगका कारण न्रि्रा नलागेको भए उक्त रोगको जाँच गरी उपचार गर्नु आवश्यक हुन्छ । कसै गर्दा पनि न्रि्रामा सुधार नआएमा चिकित्सकले न्रि्रा लगाउने औषधि सिफारिस गर्छन् तर सो औषधिलाई अन्रि्राको औषधिका रुपमा निरन्तर प्रयोग गर्नु हुँदैन । औषधिले निदाउने बानी परेपछि औषधिविना न्रि्रा नलाग्ने हुँदा न्रि्रा खुल्दासमेत शरीरमा फर्ूर्ति नआई आलस्य र भारी भइरहन्छ । औषधिको लत बसेमा खानु न छोड्नुको अवस्था हुन्छ । डा. शर्माका अनुसार यस्ता औषधिको मात्रा बढी भएमा मानिसको मृत्यु पनि हुन सक्छ । सामान्यतया न्रि्रा लगाउन पर्याप्त व्यायाम गर्ने, ज्यादा कडा चिया-कफी नपिउने, सधैँ शान्त र दोहोरो हावा आउने ठाउँमा सुत्ने, सुत्नुअघि सम्भव भए तातो पानीले नुहाएर सुत्ने गर्नुपर्छ । चिन्ता, तनाव छाडेर सधैँ सकारात्मक सोचाइ राख्ने र रमाइला कल्पना गर्ने गर्दा अन्रि्राले समात्दैन । दैनिक नियमितरुपमा एकै समयमा सुत्ने र बिहान एकै समयमा उठ्ने गर्नुस !

Comments

Popular posts from this blog

सुन : लगाउन नाजाने हुन्छ ठुलो दुर्भाग्य | हेर्नुहोस् सुन सँग जोडीएका रोचक तथ्यहरु

ज्योतिष शास्त्रका अनुसार प्रत्येक धातुले हामीमाथि प्रभाव पार्ने गर्दछ किनभने यो सबै सौर्यमण्डलमा रहेका ग्रहको खेल हो । हरेक धातुको एक विशेष ग्रहसँग सम्बन्ध हुन्छ । यी ग्रहले ती धातुलाई आफू अनुसार प्रभावित गर्ने गर्दछ । तामा, चाँदी, सुन वा महँगा रत्न वा हिराले बनेको आभुषण, यी सबै कुराले कि त हामीमा सकारात्मक प्रभाव पार्ने गर्दछ वा यसले हामीमाथि नकारात्मक असर पनि पुर्याउने गर्दछ । तर यदि तपाईं सुन लगाएर आफ्नो जीवन सुखमय बनाउन चाहनुहुन्छ भने पंडित प्रफुल्ल भट्ट अनुसार थाहा पाउनुस् सुनका शुभ–अशुभ असर र यसको प्रयोग गर्ने तरिका बारे । खुट्टामा सुन नलगाउनुहोस्ः खुट्टामा सुनको बिच्छी वा पाउजु लगाउनु हुँदैन । सुनलाई खुट्टामा लगाउँदा दाम्पत्य जीवनमा समस्या आउन सक्छ र स्वास्थ्य पनि खराब हुनसक्छ । घरको यो दिशामा राख्नुहोस् सुनः केही मानिसहरु सुन घरमा राख्छन् । त्यसकारण यदि तपाईं सुनलाई दराजमा वा लकरमा राख्नुहुन्छ भने घरको उत्तर–पूर्वमा राख्नुहोस् । यसरी राख्नुहोस् सुनः सुन रातो वा पहेंलो कपडामा बाँधेर राख्दा शुभ मानिन्छ । सुनसँग केसर पनि राख्नुहोस् । यसले घर–परिवारमा धनधान्यको समृद्धि हुन्छ...

मोबाइल फोनले नपुंसक पनि बनाउन सक्छ, होसियार !

विश्वमा अधिकांस प्रौढ मानिसले मोबाइल फोन बोक्ने गरेका छन् । तथ्यांक अनुसार विश्वका १४ प्रतिशत धनाढ्य दम्पतिहरुमा सम्भोग सम्बन्धि समस्या छ । मोबाइल फोनको विकिरण पुरुषको प्रजनन स्वास्थ्यका लागि निकै हानिकारक हुने पछिल्लो अनुसन्धानले देखाएको छ । अझ पाइन्टको गोजीमा मोबाइल फोन राख्नु झनै हानिकारक हुने र त्यसले पुरुषलाई नपुंशक बनाउने खतरा रहने वैज्ञानिकहरुले चेतावनी दिएका छन् । मोबाइल फोनको विकिरण पुरुषको प्रजनन स्वास्थ्यका लागि निकै हानिकारक हुने पछिल्लो अनुसन्धानले देखाएको छ । अझ पाइन्टको गोजीमा मोबाइल फोन राख्नु झनै हानिकारक हुने र त्यसले पुरुषलाई नपुंशक बनाउने खतरा रहने वैज्ञानिकहरुले चेतावनी दिएका छन् । बेलायतको एक्सेटर विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार मोबाइल फोनबाट उत्पन्न हुने विद्युत चुम्बकीय तरंगले शुक्रकिटको बाँच्ने दरका साथै चलायमान हुने क्षमतामा ८ प्रतिशतले गिरावट आउँछ । विश्वमा अधिकांस प्रौढ मानिसले मोबाइल फोन बोक्ने गरेका छन् । तथ्यांक अनुसार विश्वका १४ प्रतिशत धनाढ्य दम्पतिहरुमा सम्भोग सम्बन्धि समस्या छ । १४ सय ९२ जना पुरुषमा गरिएका विभिन्न १० वटा अनुसन्धानलाई एकत्रि...

सहबास पछी यसो गर्नु घातक मानिन्छ | जानी रखौ

सेक्सका बेला जतिसुकै रमाइलो गरेपनि, सेक्स पछि गरिने एउटा सानो गल्तीले सबै रमाइलो चकनाचुर पार्न सक्छ ।सेक्सपछि गरिने गल्तीहरु यहाँ उल्लेख गरिएका छन् जसलाई तपाईंहरुले जान्न निकै जरुरी छ । (एजेन्सी)–सेक्स गरिरहेका बेला एक अर्कालाई भरपूर सन्तुष्टि दिन महिला अथवा पुरुष दुबैले धेरै मेहनत गरिरहेको हुनसक्छ । सेक्सका दौरान अपनाइको तरिकाले सन्तुष्टि पनि देला तर सेक्स गरे लगत्तै तपाईंको पार्टनर पढ्न बस्नुभयो भने तपाईंलाई कस्तो महसुस होला ? हो, सेक्सपछि गरिने यस्तै गल्तीहरु जुन तपाईंले गल्ती गरेको महसुस नगरेपनि यसले तपाईंको पूरै सेक्स लाइफलाई नै बरबाद गर्न सक्छ । सेक्सका बेला जतिसुकै रमाइलो गरेपनि, सेक्स पछि गरिने एउटा सानो गल्तीले सबै रमाइलो चकनाचुर पार्न सक्छ । सेक्सपछि गरिने गल्तीहरु यहाँ उल्लेख गरिएका छन् जसलाई तपाईंहरुले जान्न निकै जरुरी छ । १.सेक्सपछि सुतिहाल्नुः धेरैजसो जोडिहरु यी समस्याहरुबाट ग्रसित छन् । सेक्सपछि धेरै जोडिहरुको पार्टनर निदाइहाल्ने बानी हुन्छ जसले गर्दा सेक्सको मुड नै खराब हुन्छ । सुतिहाल्ने बानीले गर्दा सेक्स गर्दा अपनाइएका तरिकाहरुलाई तपाईंले एक अर्कासँग साट्न पाउनु...