Skip to main content

जाडोमा तातो पानीको बाफ लिदा पाईन्छ ८ यस्ता फाईदाहरु

यदी कम्तिमा हप्ताको ३ पटक तातो पानीको बाफ लिनुहुन्छ भने मात्र पनि कयौ स्वास्थ्य समस्याबाट छुटकारा पाउनुहुनेछ ।

साझा पार्क, स्वास्थ्य डेस्क - जाडो महिना स्वास्थ्य समस्या लिएर आउछ । यो समयमा कयौ समस्याहरु तपाईं हामीले प्राय भोग्ने गरेका छौ । रुघ-खोकी, ज्वरो, सुख्खा छाला, हात्-खुट्टा, ओठ तथा गाला फुट्ने समस्या सधरणतया दोहोरिरहने र धेरै मानिसमा आउने समस्या हुन । तर अब तपाईं चिन्तित नहुनुहोस् किनकी यहाँ त्यस्तो तरिका प्रस्तुत गरिदै छ जसले तपाईंलाई यि समस्या बाट टाढै राख्नेछ । यदी हामी दिनहु वा कम्तिमा हप्ताको ३ पटक तातो पानीको बाफ लिन्छौ भने यि समस्या बाट जोगिन सक्छौ ।

बाफले कसरी गर्छ त काम ?

तातो पानीको बाफ हाम्रो नाकको माध्यम हुँदै फोक्सो तथा सरिरमा गएर गर्मी पैदा गर्छ र खराब ब्यक्टेरिय मार्ने काम गर्दछ । जसले चिसोको समस्या र कफ निर्मुल गर्दछ । साथै जब तातो बाफ हाम्रो छालामा पर्छ त्यसले छलाको पोर्स खोल्ने काम गर्दछ, जसले छालामा रहेको फोहोरो निकाल्ने काम गर्दछ। जसले स्किन स्वस्थ हुन्छ । तातो पानीको बाफ लिनाले निम्न फाईदा हुने चिकित्सकहरु बताउछन-

- रुघा-खोकी निर्मुल : नियमित तातो पानीको बाफ लिनाले मौसमी रुघा सन्चो हुन्छ भने स्वस्थ मान्छेले तातो पानीको बाफ लिदा यस्तो रुघा लाग्दैन ।

- सुख्खा छालाबाट मुक्ती : यदी तपाईंको छाला सुख्खा हुन्छ भने तातो पानीको बाफ वा स्टिम बाथ लिदा छाला सुख्खा हुने समस्या बाट मुक्ती मिल्छ ।

- दमबाट राहत : तपाईंलाई दमको समस्या छ भने अवस्य दिनहु तातो पानीको बाफ लिनुहोस । जसले तपाईंको सुन्निएको श्वास नलीलाइ राहत प्रादन् गर्छ भने तपाईंलाई दमको समस्या कम हुन्छ ।

- सुन्दरता बढाउछ : तातो पानीको बाफ लिनाले छालामा रहेको मिहिन फोहोरो हटाएर छाला का स-साना छिद्रहरु पनि खोल्छ र डेड स्किन सेल पनी हटाउछ । जसले तपाईंलाई प्राक्रितिक रुपमै सुन्दर बनाउछ । साथै यसले छालामा रहेका ब्यक्ट्रियाहरु पनि मार्ने/हटाउने गर्दछ जसले तपाईंको छालाको रोग पनि निको हुन्छ ।

- पिम्पल बाट मुक्ती : तपाईं किसोरबस्थामा हुनुहुन्छ भने पिम्पल आएर हैरान हुन सक्नुहुन्छ । तर आतिनु पर्दैन, नियमित तातो पानीको बाफ लिनुहोस् पिम्पल आँफै हराएर जान्छ । तातो पानीको बाफ छालामा रहेका स-साना छिद्रबाट तपाईंको सरिरमा गएर फोहोरो र ब्यक्त्रिया को नाश गर्छ जसले तपाईंको पिम्पल लगाएका समस्या निर्मुल हुन्छन ।

- ब्ल्याक हेड हाटाउछ : छालामा बिभिन्न करणले म्रित कोश तथा मृत ब्याक्टेरिया रहेर तपाईंको छाला कुरुप बनाएका हुन्छन । जसलाई ब्ल्याक हेड भन्ने गरेका छौ । यि समस्या नियमित रुपमा तातो पानीको बाफ लिदा आँफै हराएर जान्छन । कुनै औषधी वा ब्लिच वा फेसिअल को आवस्यकता पर्दैन ।

- ब्यक्टेरिया बाट मुक्ती : तातो पानीको नियमित बाफ लिदा ब्यक्टेरिया बाट मुक्ती मिल्छ ।

- चाउरी कम गर्दछ : उमेर वा नियमित स्वास्थ्य समस्याको करणले हामीमा चाउरिपन आउने गर्दछ । यसले हाम्रो उमेर बढी भएको देखाउछ भने सुन्दरता पनि कम गर्दछ । नियमित रुपमा तातो पनिको बाफ लिदा यो समस्या पनि कम हुने दाबी गर्दछन चितिक्सकहरु ।

तातो पानीको बाफ लिने सहि तरिका

यदी तपाईंसँग तातो पानीको बाफ लिने मेसिन छ भने एक भाडोमा ३-४ कप सफा पानी राख्नुहोस् र ढक्नुहोस् । यसलाई ५-८ मिनेटसम्म तताउनुहोस । एउटा सफा कटनको कपडाले टाउको छोपी भाडोको ढक्कन हटाएर ५ देखी १० मिनेटसम्म बाफ लिनुहोस् । यो सकवर दिनहु नभए हप्तामा कम्तिमा ३ पटक गर्नुहोला ।

Comments

Popular posts from this blog

तपाईंको हातमा यस्ता चिन्ह छन भने ढुक्क हुनुहोस तपाईं अवस्य धनी बन्नुहुनेछ !

हस्त रेखा विज्ञानले मानिसको सबै कुरा हातका रेखाले निर्धारण गर्ने बताउँछ । यी रेखा हाम्रो जन्मकै क्रममा बन्ने र यीनको प्रभाव जीवनभर रहने बताइन्छ । यहाँ हामीले धनी हुने ब्यक्तिका हातका रेखा कस्ता हुन्छन् भन्ने विषयमा चर्चा गरेका छौं । जौको चिन्ह समुन्द्र शास्त्रका अनुसार जुन ब्यक्तिको हातमा औंलाको जौ जस्तो चिन्ह हुन्छ त्यस्ता ब्यक्ति निक्कै धनीमानी र सुखी हुने बताइन्छ । यो चिन्ह हुने ब्यक्ति भाग्यमानी पनि हुने गर्छन् । समाजमा प्रतिष्ठिन हुने र राजनीतिमा लागे सफल राजनीतिज्ञ हुने हस्त रेखा विज्ञानको दावी छ । शंखको चिन्ह अध्यात्मको दृष्टिले हातमा शंखको चिन्ह हुनु निक्कै राम्रो मानिन्छ । यस्ता चिन्ह भएका ब्यक्ति बुद्धीमान हुने बताइन्छ । जुन ब्यक्तिको चार वटा औंलामा शंकको चिन्ह छ त्यस्ता ब्यक्तिले सरकारी उच्च पदस्थ पद प्राप्त गर्ने सम्भावना हुन्छ । ५ बटै औंलामा यस्तो चिन्ह छ भने विदेश यात्रा भैरहने हुन्छ । विदेशमा धन आर्जन पनि राम्रो हुने मानिन्छ । जुन ब्यक्तिको ६ वटा औंलामा यस्तो चिन्ह छ औंलामा छ भने यसले धर्मकर्ममा विश्वास हुने ब्यक्ति जनाउँछ । यिनीहरु अध्यात्मिक प्रवचनमा पनि तीक्ष्ण ह...

महिलाका मनका यि पाँच कुराहरु, जसलाई उनिहरुले कहल्यै ब्यक्त गर्दैनन !

महिलाको मनको कुरा थाहा पाउन निकै मुस्किल हुन्छ । केही यस्ता कुरा हुन्छन्, जुन उनीहरू सधैं लुकाएर राख्छन् । यसमा कसैको अहित हुने कुरा नहुन सक्छ । तैपनि, उनीहरू बताउन सक्दैनन् । (१) हरेक महिलासँग लुकाएर राखेको केही खजाना हुन्छ । खजनाको बदलामा पैसा नै किन नहोस, जसलाई उनीहरू आफ्नो सानोतिनो समस्या टार्न भनेर बचाएर राख्छन् । तर, यसबारे पतिलाई कुनै जानकारी हुँदैन । तर, उनीहरू कुनै बेला पति नै समस्यामा पर्दा झिकेर दिन पछि पर्दैनन् । (२) महिलाहरू सानातिना कुरा पनि आफ्नो साथीसँग सेयर गर्न भ्याउँछन् । तर, पतिले सोध्दा अहँ भनेको छैन, म यस्तो कुरा पनि कहाँ भन्छु त भनेर ठिक्क पार्छन् । (३) महिलाले आफ्नो पहिलो मायालाई जिन्दगीमा कहिल्यै भुल्दैनन् । पहिलो प्रेमीलाई पुरै भुलिसकें भन्छन् भने त्यो सत्य होइन । (४) महिलाले आफ्नो पतिलाई सधैं भन्न चाहँदैनन् कि, खास पलमा कस्तो अनुभव भयो । यदि भनिन् भने पनि त्यो शतप्रतिशत सत्य हुँदैन । (५) कतिपय कुरा यस्ता हुन्छन्, पत्नीहरू आफ्नो सम्बन्ध नबिग्रियोस् भनेर आफ्नो विचारलाई दबाउँदै पतिसँग हो मा हो मिलाउँछन् । मनमा भने त्यसप्रतिको असन्तुष्टि कायम हुन्छ । तर, कहि...

यो बार जन्मिने मान्छेहरु धनी र भाग्यमानी हुन्छन ! जानी रखौ

आइतबारको दिन सूर्यको हो भने सोमवारको मुख्य ग्रह चन्द्र हो । मंगलवार मंगलको प्रभाव हुन्छ भने बुधवार बुधको । विहीबार वृहस्पति र शुक्रवार शुक्रको प्रभाव सबै भन्दा बढी हुन्छ । शनिवारको कारक ग्रह शनि मानिन्छ । ज्योतिषका अनुसार जुन बार जन्मियो त्यो बारको ग्रहको प्रभाव जीवनका सबै पाटामा पर्छ । मान्छेको स्वभाव र भाग्य समेत जन्मबारले निर्धारण गर्ने ज्योतिष शास्त्रीको दावी छ । कस्तो हुन्छ कुन बार जन्मिनको मान्छेको स्वभाव र भाग्य थाहा पाउनुस् । आइतबारः पुरुष आइतबार जन्मिने मानिस भाग्यशाली हुन्छन् । उनीहरुको आयु पनि लामो हुन्छ । यस्ता ब्यक्ति कम बोल्ने र कला र शिक्षामा अगाडी हुन्छन् । यो बार जन्मिने ब्यक्तिमा धार्मिक आस्था पनि हुन्छ र घर परिवारका सदस्यलाई खुसी राख्न अधिक प्रयास गर्छन् । तर यिनीहरुलाई २० देखि २२ वर्ष सम्म दुःख हुन्छ । स्त्री आइतबार जन्मिने स्त्री दान-पुण्य गर्ने र बलशाली एवं चतुर हुन्छन् । सोमबारः पुरुष सोमबार जन्मिने ब्यक्तिको बोली मिठो हुन्छ । यस्ता ब्यक्तिको जीवनमा सुख दुख बराबर जस्तै हुन्छ किन भने उनीहरुलाई दुःख सुख उस्तै उस्तै लाग्छ । सोमबार जन्मिने ब्यकेति विद्वान, कल...