Skip to main content

के तपाईंलाई यि १०० रोचक स्वास्थ्य सम्बन्धी तथ्यहरु थाहा छ ? जानी राखौं

जानी राख्नुहोस् १०० अनौठा स्वास्थ्य तथ्यहरु .....

१. जब तपाईं आफ्नो प्रियलाई हेर्नुहुन्छ, तपाईंको आँखाको नानी फैलन्छ र घृणा गर्ने व्यक्तिलाई हेर्दा आँखाको नानी खुम्चन्छ ।

२. जन्मदा मानिसको टाउको जम्मा उचाईको एक तिहाई हुन्छ । तर, जब मानिस वयस्क हुन्छ, टाउकोको उचाई शरीरको ८ भागको एक भागमात्र हुन्छ ।

३. निलो आँखा भएको मानिसको धेरै कपाल हुन्छ । सामान्य मानिसको १ लाख कपालको जरा हुन्छ, हरेक जरामा मानिसको जीवनभर २० वटा रौं निकाल्ने क्षमता हुन्छ । तर, निलो आँखा भएको मानिसको १ लाख ४६ हजार जरा हुन्छन् । काला कपाल भएका मानिसमा १ लाख १० हजार जरा हुन्छन् । रातो कपाल भएका मानिसको भने कम अर्थात् ८६ हजार मात्र जरा हुन्छन् ।

४. जीवनकालमा मानिसले २ वटा स्वीमिङ पुल भरिन सक्ने र्याल निकाल्छ ।

५. मानिसको रक्त कोषिकालाई बिच्छ्याउने हो भने ६० हजार माइल परसम्म पुग्न सक्छ । ६. मुटले दैनिक २ हजार ग्यालेन रगत पम्प गर्छ ।

७. छातिमा रौं नभएको मानिसलाई कलेजोको सिरोसिस हुने सम्भावना बढी हुन्छ ।

८. मानवको दिमागमा इन्साइक्लोपिडिया ब्रिटानिकाभन्दा ५ गुणा बढी सूचना अटाउन सक्छ ।

९. मानिसको पेटमा भएको एसिडले रेजर ब्लेडसमेत पगाल्न सक्छ ।

१०. मानिसको नाकले ५० हजार फरक गन्ध थाहा पाउन सक्छ ।

११. सामान्यतः पुरुषभन्दा महिला ५ इन्च होचा हुन्छन् ।

१२. एक खुड्किलो चढ्न मानिसको २ सय वटा मांसपेशी प्रयोग हुन्छ ।

१३. मानव शरीरको ठुलो कोष महिलाको अण्ड हो भने सानो पुरूषको वीर्य हो ।

१४. मानिसमा जति बढी आइक्यु क्षमता हुन्छ, उति बढी सपना देख्छन् ।

१५. मानिसको शरीरको प्रतिवर्ग इन्चमा चिम्पाञ्जीको जस्तै थुप्रै रौं हुन्छन्, तर, सबैलाई हामी देख्न सक्दैनौं ।

१६. महिलाको मुटुको ढुकढुकी पुरुषको भन्दा छिटो हुन्छ ।

१७. धुमपान छाडेको तीनवर्षपछि मानिसमा हृदयाघात हुने सम्भावना धुमपान कहिल्यै नगरेको मानिसजत्तिकै हुन्छ ।

१८. हातको साइँलीऔंला लामो भएको पुरुषमा हृदयाघात हुने सम्भावना कम हुन्छ ।

१९. मानिसको देब्रे फोक्सोभन्दा दाहिने फोक्सो ठुलो हुन्छ, मुटुनजिकै रहेका यस्तो भएको हो ।

२०. एक समयमा मानिसको मुटु भावनाले नियन्त्रित हुन्छ भनेर सोचिन्थ्यो ।

२१. अमेरिकामा पुरुषभन्दा महिला दुई गुणा बढी डिप्रेसनबाट पीडित भइरहेका हुन्छन् । २२. मानिसले सासबाट लिएको अक्सिजनमध्ये २० प्रतिशत दिमागमा जान्छ ।

२३. मानिस ३५ वर्ष पुगेपछि दैनिक ७ हजारका दरले दिमागका कोशिका मर्न थाल्छन् र तिनीहरु कहिल्यै पलाउदैनन् पनि ।

२४. मानिस आफूले आफैंलाई काउकुती लगाउन सक्दैन, दिमागको सेरेबेलम भन्ने भागले बाँकी दिमागलाई काउकुती लगाउदैंछ है भनेर सन्देश दिन्छ, दिमागले थाहा पाइसकेपछि तपाईले काउकुतीको अनुभव गर्न सक्नुहुन्न ।

२५. चिन्ता नै अमेरिकामा सबैभन्दा धेरै मानसिक रोग भएको पाइएको छ ।

२६. मानिसको दिमाग ८० प्रतिशत पानीले बनेको हुन्छ ।

२७. मानिसको दिमाग दिनमा भन्दा राति बढी सक्रिय हुन्छ ।

२८. क्याण्डी बिस्तारै खाँदा क्याभिटी हुने सम्भावना बढी हुन्छ ।

२९. बाहिरबाट हेर्दा कडा देखिएपनि मानिसको हाड भित्रपट्टि नरम हुन्छ र तिनीहरु ७५ प्रतिशत पानीबाट बनेका हुन्छन् ।

३०. स्वस्थ हड्डी विकास गर्न गार्डेनिङ सबैभन्दा राम्रो उपाय हो ।

३१. मानिसको थाईको हड्डी कंक्रिटभन्दा बलियो हुन्छ ।

३२. एक पिन्ट रगत दानले चार जना मानिस बचाउन सक्छ ।

३३. आदिवासी अमेरिकीहरु रगतलाई पेन्ट गर्न प्रयोग गर्छन् ।

३४. महिलाको शरीरमा ४.५ लिटर रगत हुन्छ, जबकि पुरुषको शरीरमा ५.६ लिटर हुन्छ ।

३५. पुरुषको तुलनामा महिलाले दोब्बर बढी आँखा झिम्क्याउछन् ।

३६. अमेरिकामा वयस्कहरूराई अन्धोपन हुने मुख्य कारण मधुमेह हो ।

३७. मानिसले पत्रिकामा भन्दा कम्प्युटरमा २५ प्रतिशत ढिलो पढ्छन् ।

३८. बच्चा जन्मदा रंग चिन्न सक्ने हुँदैनन् ।

३९. रुँदा नाकबाट समेत सिंगान बग्ने कारण आँखाबाट बगेको आँसु नाकबाट झर्नु हो ।

४०. मानिसले हाच्छ्यँु गर्दाको गति १६५ किलोमिटर प्रतिघण्टा हुन्छ ।

४१. आँखा नचिम्लिई हाच्छ्यँु गर्न असम्भवजस्तै हुन्छ ।

४२. रौं र नङ बन्ने तत्व एउटै हुन् ।

४३. मोबाइल प्रयोग गर्ने मानिसलाई दिमागमा क्यान्सर हुने सम्भावना साढे दुई गुणा बढी हुन्छ ।

४४. ९० प्रतिशत रोगहरु तनावका कारण हुन्छ, या जटिल बनाउछ ।

४५. मदिरा सेवनले महिलामा स्तन क्यान्सरको सम्भावना बढाउछ ।

४६. मोटोपनको समस्याबाट अमेरिकामा बर्सेनि ३ लाख मानिसको मृत्यु हुने गरेको छ ।

४७. धूमपान नगर्नेभन्दा गर्नेहरु ६ वर्षअघि मर्ने सम्भावना बढी हुन्छ । दैनिक एक प्याकेट चुरोट सेवन गर्ने मानिसका हरेक दश वर्षमा दुईवटा दाँत झर्छन् ।

४८. अनिद्राका कारण शरीरको रोग प्रतिरोधी प्रणालीमा समस्या आउछ ।

४९. ४ करोड अमेरिकीमा श्वास गन्हाउने समस्या छ ।

५०. आगलागीको समयमा निस्कने धुँवामा हुने कार्बनमोनोअक्साइडबाट मानिस १५ मिनेटभित्रै मर्छ ।

५१. हरेक दिन मानिसको पेटले २ लिटर हाइड्रोक्लोरिक एसिड उत्पादन गर्छ।

५२. हाँस्नु प्रभावकारी पेनकिलर हो ।

५३. पहिलोपटक इशापूर्व २००० तिर इजिप्सियनले गोहीको गोबरलाई गर्भनिरोधक औषधिको रुपमा प्रयोग गरेका थिए ।

५४. गर्भवती महिलाको दाँतको समस्याले गर्भमा रहेको बच्चालाई असर पर्न सक्छ ।

५५. चुम्बनले दाँत सड्नबाट बचाउछ । चुम्बनका क्रममा निस्कने थप ¥यालले मुख सफा राख्ने भएकाले दाँतको सडनबाट बच्न सकिन्छ ।

५६. कालो छाला भएको मानिस गोरो छाला भएको मानिसभन्दा ढिलो चाउरी पर्छ ।

५७. धुमपान नगर्नेभन्दा गर्ने मानिस १० गुणा बढी चाउरिन्छन् ।

५८. अमेरिकाका १० वर्ष उमेर पुगेका ८० प्रतिशत बालिकाहरु डाइट गर्छन् ।

५९. सामान्यतः एक मानिसले एक रातमा ७ पटक सपना देख्छ ।

६०. एक मानिस दिनमा कम्तीमा १५ पटक हाँस्छ ।

६१. महिनामा तीनपटक चकलेट खाने मानिस बढी चकलेट खाने मानिसभन्दा बढी बाँच्ने सम्भावना हुन्छ ।

६२. एउटा मानिससंग सामान्यतः ५ हजार देखि ६ हजार शब्दको भण्डार हुन्छ ।

६३. एउटा मानिस आफ्नो जीवनकालभर पृथ्वीलाई दुईपटक घुम्ने दुरीजति हिड्छ ।

६४. विश्वका १० प्रतिशत मानिस देब्रे हात प्रयोग गर्छन् ।

६५. मानिसको एउटा रौेंले ३ किलो वजन धान्न सक्छ ।

६६. ३० वर्षपछि मानिस विस्तारै कुप्रिन थाल्छ ।

६७. मानव हड्डी स्टीलभन्दा बलियो हुन्छ । तर, ५० गुणा हलुका हुन्छ ।

६८. मानव शरीरको कुल तौलको १४ प्रतिशत हड्डी हुन्छ ।

६९. मानिसको दिमाग सुपर कम्प्युटरभन्दा तीब्र हुन्छ, जसले एकै सेकेण्डमा अर्बौ संकेतहरु प्रशोधन गर्छ । भारतका विश्वनाथ आनन्दले चेस प्रतियोगितामा कम्प्युटरलाई समेत जितेका थिए ।

७०. खुट्टामा भएको हड्डीले शरीरको हड्डीको २५ प्रतिशत ओगट्छ ।

७१. मानिसको जन्मदेखि नै कहिल्यै नबढ्ने अंग कान हो ।

७२. एक मानिसको टाउकोमा सामान्यतः १ लाखदेखि डेढ लाखसम्म रौं हुन्छन् ।

७३. मानिसको जीवनकालमा मुटुले १० लाख ब्यारेल रगत पम्प गर्छ, जो तीन ट्यांकर भर्न काफी हुन्छ ।

७४. मानव ब्रेनको चौडाई १४० मिलिमिटर हुन्छ ।

७५.वर्षको ३६५ दिनमध्ये मानिस सालाखाला १२२ दिन सुत्छ ।

७६. मानिसको आत्मपहिचान गर्ने मानव ब्रेन दाहिनेपट्टिको हो ।

७७. पुरुषले दाहिनेपट्टिको ब्रेनमार्फत् सुन्छन् भने महिलाले दुवै पट्टिको ब्रेन प्रयोग गर्छन् ।

७८. गर्भमा रहँदादेखि नै शिशुमा सुन्ने क्षमताको विकास हुन्छ ।

७९. मानिसको कानमा बन्ने कानेगुजी तेल र पसिनाबाट बनेको हुन्छ ।

८०. महिलाको शरीर आफ्नो जीवनकालमा ३५ बालबालिकालाई जन्मदिन सक्ने क्षमताको हुन्छ ।

८१. मानिसको स्पाइनल कर्डले १० अर्ब स्नायु कोषलाई नियन्त्रण गर्छ, तर, यो दुई फिट लामो मात्र हुन्छ ।

८२. मध्य दिनमा हाम्रो आँखा बढी चम्किलो हुन्छ ।

८३. हाच्छ्युँ आउदा नाकको धुलो सफा हुन्छ ।

८४. भर्खर जन्मेको शिशुमा २६ अर्ब सेल हुन्छ ।

८५. मानव बोली निस्कदा ७२ वटा मांशपेशी प्रयोग हुन्छ ।

८६. मानिसको दिमागले डरको स्मरणलाई भण्डार गरिराख्छ ।

८७. ठुलो स्वरले पढ्दा बालबालिकाको दिमागको विकास हुन्छ ।

८८. मानिसको रौं ०.३ देखि ०.५ मिलिमिटर दैनिक बढ्छ ।

८९. मानिसमा २० देखि ३० लाख पसिना ग्रन्थी हुन्छन्, जसले गर्मीको दिनमा १३ लिटरसम्म पसिना उत्पादन गर्छन् ।

९०. मानिसको टाउकोमा १०००००००००००० स्नायु सेल हुन्छन् ।

९१. मानिसको नङको सेतो भागलाई लुनुला भनिन्छ ।

९२. मानिसको दिमागले २० प्रतिशत रगत र अक्सिजन प्रयोग गर्छ ।

९३. स्वस्थ कलेजोले दैनिक ७२० लिटर रगत प्रशोधन गर्छ ।

९४. ब्रस गरेको ६ घण्टापछि नै दाँतमा मैलो जम्मा हुन सुरु गर्छ ।

९५. मानव शरीरमा रक्त नलीहरुको लम्बाई ५९ हजार ९ सय ५१ माइल हुन्छ ।

९६. मानिसको नर्भस सिस्टमले ब्रेनलाई १८० माइल प्रतिघण्टाको गतिमा सन्चार गर्छ ।

९७. महिलाहरुको सुँघ्ने क्षमता पुरुषमा भन्दा बढी हुन्छ ।

९८. मानिसको आँखाले १० करोड रंग पहिचान गर्न सक्छ ।

९९. मानिसको शरीरमा एउटा किला बनाउन मिल्ने फलाम हुन्छ ।

१००. नवजात शिशुहरु जन्मेको तीन देखि ६ हप्तासम्म आँसु नझारिकन रुन्छन् |

Comments

Popular posts from this blog

बाम गठबन्धनको घोषणापत्र : पाँच बर्षमा गरिबि मुक्त, दस बर्षमा पर्तीब्यक्ती-आय ५००० डलर (पुरा पाठ)

नेकप एमाले र एनेकपा माओवादी सम्बिलित बाम गठबन्धनको बहु प्रतिक्षित चुनाबि घोषणापत्र सार्वजनिक भएको छ । उनिहरुको घोषणापत्रमा पाँच बर्षमा नेपाल बाट गरिबि पूर्ण रुपमा हटाउने र दस बर्षभित्र प्रतिब्यक्ती आय ५००० डलर माथि पुर्याउने भनिएको छ । सन २०६७ सम्म नेपाल लाई समुन्नत राष्ट्रको रुपमा संसारमाझ चिनाउने महत्वकांछी लक्ष्य उक्त घोषणापत्रमा अगासी सारीएको छ । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा जारी संयुक्त घोषणापत्रमा लेखिएको छ, ‘आगामी पाँच बर्षभित्र नेपाललाई विकासशील राष्ट्रको पंक्तिमा पुर्‍याइने छ । निरपेक्ष गरिबीको रेखामुनि रहेका जनतालाई सो अवस्थाबाट मुक्त गरिने छ । १० बर्षभित्र प्रति व्यक्ति आय कम्तीमा ५ हजार अमेरीकी डलर पुग्ने गरी राष्ट्रिय अर्थतन्त्र विकास गरिने छ । यस शताव्दीको अन्त्य अर्थात् वि.सं. २०९९ सम्म नेपाललाई समुन्नत राष्ट्रको स्तरमा पुर्‍याउने गरी आर्थिक र विकासका योजना र कार्यक्रमहरु अगाडि बढाइने छ ।’ हाल नेपालीको प्रतिब्यक्ती वार्षिक आय ८०० डलरको हारा-हारिमा मात्र छ । ‘१० वर्षमा नेपाल प्राङ्गारिक मुलुक’ मुलुकको समृद्धिका लागि भूमिको बैज्ञानिक व्यवस्थापन, आधुनिक कृषि...

सात वर्षिय बालकले आफ्नो पूर्वजन्मको बारेमा बताउदा सबै चकित | उनले बताएको सबैकुरा सत्य प्रमाणित

हिन्दु र बौद्ध धर्म दर्शनले पुनःजन्म हुन्छ भन्ने मान्यता स्थापित गरेको छ । बौद्ध धर्मगुरु र हिन्दु धर्म गुरुहरुको अवतार जन्म हुन्छ भन्ने गरिन्छ । कतिपय अवस्थामा यो सन्दर्भ सर्वसाधारणमा पनि लागू हुन्छ । यस्तै भएको छ भारतको राजस्थानको कुंडलका गाउँका एक सात वर्षीया बालकमा । उनी आफ्नो पुनःजन्म भएको बताउँदै अघिल्लो जन्मको बारेमा बताएर सबैलाई चकित पारिरहेका छन् । समाचार अनुसार सात वर्षीय रजनीश एकाएक आफूले आफूलाई सवाइमाधोपुरस्थित शेरपुर गाउँका केदार कुम्हार बताउँदै आफ्नी पत्नी र बच्चा समेत सोही गाउँमा रहेको बताएर सबैलाई आश्चर्यचकित पारिदिए् । रजनीशले यो कुरा आफ्ना पिता र स्कूलका शिक्षकलाई बताएका थिए । जब कुरा अघि बढ्दै गयो तब शरपुरमा सम्पर्क गर्दा उनले बताएका सबै कुरा सत्य सावित भयो । यति मात्र हैन, रजनीशले आफू पूर्व जन्ममा केदार भएको प्रमाण अरु पनि दिएका छन् । शेरपुरमा उनीसंग दुई गधा थियो, जसलाई माटो ओसार्न प्रयोग गरिन्थ्यो । त्यस्तै पत्नी र सन्तानको नाम, स्थानीय गणेश मन्दिरका बारेमा पनि बताएका छन् । उनले भनेका सबै कुरा सही सावित भएको छ । रजनीशले आफ्नो पुनःजन्म भएको र पूर्व जन्ममा आफ्ना प...

जतिसुकै पुरानो मोतिबिन्दु किन नहोस केही दिनमै निको पार्न सक्ने अचुक उपाय | जानी राखौ

आँखा हाम्रो सरिरको सभैभन्दा महत्वपूर्ण अंग हुनुको साथै अत्यन्त सम्बेदनसिल अंग पनि हो । आँखाको रेख-देख निकै जरुरी हुन्छ तर त्यती ग्राहो काम चाँही होइन । तर पनि बिभिन्न कारणले यसमा समस्या आउन सक्छन, त्यस्तै एउटा निकै घातक समस्या हो मोतिबिन्दु । यो एउटा खतरनाक रोग हो जसले हाम्रो दृष्‍टि नै गुम्ने खतरा पैदा गर्छ । मोतिबिन्दुको उपचार समय रहदै गर्नु अत्यन्त आवश्यक हुन्छ । नत्र आँखानै गुमाउन पर्ने पनि हुन सक्दछ । त्यसैले यसको हेरचार गर्न कुनै असबधानी नअपनाउनुहोला जसले तपाईंलाई दृष्‍टिबिहिन बनाओस । आउनुहोस् जानौ मोतिबिन्दुको बारेमा । जब आँखाको नानीको नजिक निलो वा सेतो रङको पानी जम्न थालदछ त्यो बिस्तारै बढ्न जान्छ र अन्तयमा पुरै आँखा काम नलाग्ने गराइदिन्छ । यसले पिडितमा बिस्तारै नजर कमजोर हुने र उपचार नपाएमा पुरै दृष्‍टि जाने लक्षन देखा पर्छ । साधरणतया चालिस बर्षको उमेरदेखी मोतिबिन्दुका लक्षण धेरै देखा पर्दछन । समयमै उपचार् गर्नाले यो रोग पूर्ण रुपमा निको पनि हुन्छ । जसले तपाईंको सुन्दर आँखा जोगिन सक्छ । मोतिबिन्दुका कारणहरु मोतिबिन्दु हुने बिभिन्न कारणहरु हुन्छन । त्यसमा रोग एक मुख्य कारण ...