Skip to main content

यि हुन संसारका सबै भन्दा चर्चित ५ प्रेम प्रसंगहरु | जसले प्रेमको लागि आफुलाईनै मेटाए

भनिन्छ प्रेम अन्धो हुन्छ र यसले समाज तथा संस्कारका धेरै सीमाहरु समेत तोडेको हुन्छ । मान्छे जब प्रेममा फस्छ तब ऊ प्रेमको प्राप्तिकालागि सारा अवरोधको सामना गर्न तयार हुन्छ । इतिहासमा यस्ता पात्रहरु छन् जो प्रेममापुजारी बने र प्रेम सम्बन्धका खातिर सुखसयल तथा सम्मानलाई समेत दाउमा राखे ।

भनिन्छ प्रेम अन्धो हुन्छ र यसले समाज तथा संस्कारका धेरै सीमाहरु समेत तोडेको हुन्छ । मान्छे जब प्रेममा फस्छ तब ऊ प्रेमको प्राप्तिकालागि सारा अवरोधको सामना गर्न तयार हुन्छ । इतिहासमा यस्ता पात्रहरु छन् जो प्रेममापुजारी बने र प्रेम सम्बन्धका खातिर सुखसयल तथा सम्मानलाई समेत दाउमा राखे । त्यहीँ त्याग र समर्पणका कारण उनीहरु अमर प्रेमी बने प्रेमजोडीहरुले अहिले पनि सम्भिmरहन्छन् र आफुहरुको प्रेमसँग तुलना गर्छन् । त्यस्ता अमर तथा चर्चित प्रेमजोडीमध्ये केहीको प्रेमप्रसँग-

एन्टोनी र क्लियोपेट्रा

इशापूर्वको अन्तिम शताव्दीको यो प्रेमजोडी समर्पणको उच्चनमुना मानिन्छ । इजिप्टकी रानी समेत रहेकीक्लियोपेट्रा निकै सुन्दरी महिला मात्र थिइनन् उनको व्यक्तित्व पनि निकै प्रभावोत्तेजक थियो जसबाट मै हुँ भन्ने पुरुषसमेत हायलकायल हुन्थे । उनी पहिले रोमका राजा जुलियस सिजरकी प्रेमिका थिइन् तर इशापूर्व ४४ मासिजरको हत्या भएपछि उनको प्रेमकथाले रोचक मोड लियो । सिजरको हत्या भएपछि रोममामार्क एन्टोनी नामका व्यक्ति सत्तामा हावी भए । उनले सिजरकै उत्तराधिकारी अक्टाभियन तथा सैनिक जनरल मार्कससँग मिलेर सासन चलाउन थाले । सत्ताका सर्वेसर्वा रहेका एन्टोनीले इशापूर्व ४१ मा इजिप्टकी रानी क्लियोपेट्रालाई भ्रमणका लागि आमन्त्रण गरे । आखिर क्लियोपेट्राको सोही राजकीय भ्रमणका बेला एन्टोनीसँग प्रेम बस्यो । एन्टोनी प्रेममा यति पागल बने कीउनी सत्ता छाडेर क्लियोपेट्राको पछि लागेर इजिप्ट आए ।

एन्टोनीले यसअघि नै अक्टाभियनकी बहिनी विवाह गरिसकेका थिए । त्यसैले बहिनीज्वाइँ अर्कै केटीसँग भागेको देखेपछि अक्टाभियन आगो भए र इजिप्टमा रहेका एन्टोनी र क्लियोपेट्रा विरुद्ध युद्ध घोषणा गरे । आखिर त्यो युद्ध इजिप्ट र रोमको युद्धकै रुपमा अघि बढ्यो र त्यसमा इजिप्टले हार्यो र एन्टोनी र क्लियोपेट्राले आत्मसमर्पण गरे ।

उनीहरुलाई पक्राउ गरेसँगै एन्टोनीलाई क्लियोपेट्राले आत्महत्या गरेको झुटो खबर सुनाइयो । प्रेमिकाको मरणको खबर सुन्ननसकी एन्टोनीले आत्महत्याका लागि तत्काल पेटमा तरबार घोँचे । मरणासन्न अवस्थामा रहेका एन्टोनीलाई त्यसपछि जेलमालगियो जहाँक्लियोपेट्रा थिइन् । एन्टोनीले जेलमै क्यिलोपेट्राको काखमाअन्तिम स्वास फेरे । प्रेमीको देहान्तबाट छटपटिएकी क्लियोपेट्राले कोहीव्यक्तिमार्फत जेलमाविषालु सर्प मगाइन् । उक्त सर्पलाई आफ्नो छातिमा राखेर डसाइन् र मृत्युवरण गरिन् । त्यसपछि क्लियोपेट्राको शव एन्टोनीको शव गाडेको ठाउँमै लगेर गाडियो ।

नेपोलियन र जोसेफाइन

फ्रान्सका सासक नेपोलियन बोनापार्ट र एकजना सामाजिक कार्यकर्ता जोसेफाइनबीचको प्रेम प्रसँग पनि उल्लेखनीय छ । नेपोलियन जब सेनाको सामान्य अधिकृत थिए उनले दुई सन्तानकीआमा समेत रहेकी ३२ वर्षकीविधुवाजोसेफाइनलाई देख्नेबित्तिकै गहिरो प्रेम गर्न थाले । पछि सन् १९७६ मा उनीहरुको विवाह पनि भयो । विवाहपछि नेपोलियन आफ्नो सैन्य अभियानमा बढि व्यस्त हुन थाले भने ती विधुवा परपुरुषसँग लहसिन थालिन् । श्रीमतीको बारेमा नराम्रा कुरा सुनेपछि नेपोलियनआगो भए र डिभोर्सको प्रस्ता गरे तर जोसेफाइनले गल्तीको लागि माफी मागिन् र त्कालकालागि सम्बन्ध विच्छेद हुनपाएन ।

जब नेपोलियन सन् १८०४ मा फ्रान्सको सर्वोच्च सासक बने त्यसपछि उनलाई एउटा छोरो जन्माएर आफ्नो उत्तराधिकारी बनाउने इच्छा जाग्यो । तर विडम्बना जोसेफाइनसँगको यौन सम्बन्धबाट गर्भ रहेन र उनीहरुबीच १८०९ मा डिभोर्स भयो । नेपोलियनले त्यसपछि अस्टि्रयाकी म्यारीसँग विवाह गरे र छोरो पनि पाए । तर दुर्भाग्य भन्नुपर्छ जब नेपोलियनले जोसेफाइनसँग सम्बन्ध विछोड गरे उनको भाग्य बिगि्रन थाल्यो । उनको सत्ता डगमगाउन थाल्यो र अन्ततः सन् १८१४मा उनी सत्ताबाट बाहिरिएर इल्बा टापुमा निर्वासित हुनुपर्यो । जोसेफाइन अझैपनि नेपोलियनलाई प्रेम गर्थिन् त्यसैले नेपोलियन भागेर इल्वा टापु पुगेको जानकारी पाएपछि चिट्ठी लेखेर आफुलाई पनि सँगै राख्न अनुरोध गरिन् । हठी व्यक्तित्व नेपोलियनले जोसेफाइनको अनुनयविनयलाई स्विकार गरेनन् र अब मिलन सम्भव नरहेको भन्दै चिठी लेखेर पठाए । तर नेपोलियनले लेखेको जवाफी चिठी हातमा नपर्दै जोसेफाइनको मृत्यु भयो ।

जार निकोलस द्धितिय र अलेक्जेन्ड्रा फेडेरोभ्ना

निकोलस द्धितिय राजकुमार छँदै जब जर्मनीकी राजकुमारी अलेक्जेन्ड्रालाई देखे उनी मायामा फसिहाले । आखिर दुबैप्रेम गहिरो प्रेम बस्यो र एकअर्कामा छुटिन नसक्ने अवस्थामा पुगे । उनीहरुबीच सन् १८९३ माइन्गेेजमेन्ट पनि भयो । अर्को वर्ष निकोलसका बुवाको मृत्यु भयो र उनी रुसका राजा बने । राजगद्धी सम्हालेपछि सामान्य समारोहबीच अलेक्जेन्ड्रा र निकोलस द्धितियको विवाह भयो । तर विवाहपछि जार निकोलस रानीअलेक्जेन्ड्राको प्रेमका दास बन्न पुगे र जनताप्रति ध्यान दिन छाडे । फलतःजनतामा असन्तुष्टी बढ्दै गयो । पहिलो विश्वयुद्धका बेला रुसमा क्रान्ति भयो जसले जारशाहीको सत्ता ढाल्यो र राज दम्पत्तीलगायत राजपरिवार साइबेरिया भाग्न बाध्य भए । रुसी जनताले साइबेरिया भागेका जार निकोलस र रानीअलेक्जेन्ड्रा लगायतअन्य राजपरिवारलाई पनि छाडेनन् र सन् १९१८ को जुलाई १६ मा सबै राजपरिवारको हत्या गरे । यसले जार निकोलसको प्रेम कहानीमात्र सकिएन रुसमा सदियौँदेखिको जार शासनपनि समाप्त भयो ।

राजकुमार इडवार्ड र वालिस

बेलायती वेल्सका राजकुमार इडवार्ड र अमेरिकी महिला वालिसको प्रेमप्रसँग पनि निकै चर्चित छ । इडवार्डले वालिसको प्रेमकालागि राजगद्धी नै त्यागेका थिए । विवाहित वालिससँग एउटा पार्टीमा भेट भएसँगै इडवार्ड मायाजालमा फसेका थिए । राजकुमारले कुनै सामान्य विदेशी महिला त्यो पनि विवाहितसँग प्रेम गर्नु सामान्य कुरा थिएन । त्यो प्रेम प्रसँगले बेलायती संसदमै ठूलो हंगामा मच्चाएको थियो । बुवाको मृत्युपछि उनी जबर्जस्ती राजा त बने तर राजा रहिरहनको लागि उनले वालिससँगको प्रेम सम्बन्ध त्याग्नुपर्ने थियो । इडवार्डले राजगद्धीको साटो वालिसको प्रेम रोजे र रेडियोमार्फत राजगद्धी त्यागेको घोषणा गरे ।

भोल्तेयर र इमिली

फ्रान्सका चर्चित दार्शनिक तथा लेखक भोल्तेयर र सज्जन सामाजिक कार्यकर्ता इमिलीबीचको प्रेम सम्बन्ध पनि निकै चर्चित छ । इमिली विवाहित थिइन् तर पनि आफ्नो वैवाहिक सम्बन्धलाई परवाह नगरी उनी भोल्तेयरसँग नजिकिइन् । उनीहरुबीच प्रेमसम्बन्ध झाँगियो र दुबैजना सँगै बस्न थाले । इमिली र भोल्तेयर त्यो घरमा सँगै बस्थे जुन घरका मालिक इमिलीकै पूर्व पति थिए । इमिली र भोल्तेयरबीचको प्रेम सम्बन्ध बौद्धिक र दार्शनिक स्तरको प्रेम सम्बन्ध मानिन्छ । १९ वर्षसम्म भोल्तेयर सँग बिताएपछि इमिलीको मृत्यु भयो ।

Comments

Popular posts from this blog

तपाईंको हातमा यस्ता चिन्ह छन भने ढुक्क हुनुहोस तपाईं अवस्य धनी बन्नुहुनेछ !

हस्त रेखा विज्ञानले मानिसको सबै कुरा हातका रेखाले निर्धारण गर्ने बताउँछ । यी रेखा हाम्रो जन्मकै क्रममा बन्ने र यीनको प्रभाव जीवनभर रहने बताइन्छ । यहाँ हामीले धनी हुने ब्यक्तिका हातका रेखा कस्ता हुन्छन् भन्ने विषयमा चर्चा गरेका छौं । जौको चिन्ह समुन्द्र शास्त्रका अनुसार जुन ब्यक्तिको हातमा औंलाको जौ जस्तो चिन्ह हुन्छ त्यस्ता ब्यक्ति निक्कै धनीमानी र सुखी हुने बताइन्छ । यो चिन्ह हुने ब्यक्ति भाग्यमानी पनि हुने गर्छन् । समाजमा प्रतिष्ठिन हुने र राजनीतिमा लागे सफल राजनीतिज्ञ हुने हस्त रेखा विज्ञानको दावी छ । शंखको चिन्ह अध्यात्मको दृष्टिले हातमा शंखको चिन्ह हुनु निक्कै राम्रो मानिन्छ । यस्ता चिन्ह भएका ब्यक्ति बुद्धीमान हुने बताइन्छ । जुन ब्यक्तिको चार वटा औंलामा शंकको चिन्ह छ त्यस्ता ब्यक्तिले सरकारी उच्च पदस्थ पद प्राप्त गर्ने सम्भावना हुन्छ । ५ बटै औंलामा यस्तो चिन्ह छ भने विदेश यात्रा भैरहने हुन्छ । विदेशमा धन आर्जन पनि राम्रो हुने मानिन्छ । जुन ब्यक्तिको ६ वटा औंलामा यस्तो चिन्ह छ औंलामा छ भने यसले धर्मकर्ममा विश्वास हुने ब्यक्ति जनाउँछ । यिनीहरु अध्यात्मिक प्रवचनमा पनि तीक्ष्ण ह...

महिलाका मनका यि पाँच कुराहरु, जसलाई उनिहरुले कहल्यै ब्यक्त गर्दैनन !

महिलाको मनको कुरा थाहा पाउन निकै मुस्किल हुन्छ । केही यस्ता कुरा हुन्छन्, जुन उनीहरू सधैं लुकाएर राख्छन् । यसमा कसैको अहित हुने कुरा नहुन सक्छ । तैपनि, उनीहरू बताउन सक्दैनन् । (१) हरेक महिलासँग लुकाएर राखेको केही खजाना हुन्छ । खजनाको बदलामा पैसा नै किन नहोस, जसलाई उनीहरू आफ्नो सानोतिनो समस्या टार्न भनेर बचाएर राख्छन् । तर, यसबारे पतिलाई कुनै जानकारी हुँदैन । तर, उनीहरू कुनै बेला पति नै समस्यामा पर्दा झिकेर दिन पछि पर्दैनन् । (२) महिलाहरू सानातिना कुरा पनि आफ्नो साथीसँग सेयर गर्न भ्याउँछन् । तर, पतिले सोध्दा अहँ भनेको छैन, म यस्तो कुरा पनि कहाँ भन्छु त भनेर ठिक्क पार्छन् । (३) महिलाले आफ्नो पहिलो मायालाई जिन्दगीमा कहिल्यै भुल्दैनन् । पहिलो प्रेमीलाई पुरै भुलिसकें भन्छन् भने त्यो सत्य होइन । (४) महिलाले आफ्नो पतिलाई सधैं भन्न चाहँदैनन् कि, खास पलमा कस्तो अनुभव भयो । यदि भनिन् भने पनि त्यो शतप्रतिशत सत्य हुँदैन । (५) कतिपय कुरा यस्ता हुन्छन्, पत्नीहरू आफ्नो सम्बन्ध नबिग्रियोस् भनेर आफ्नो विचारलाई दबाउँदै पतिसँग हो मा हो मिलाउँछन् । मनमा भने त्यसप्रतिको असन्तुष्टि कायम हुन्छ । तर, कहि...

यौनमा अनिक्षुक पार्ट्नरलाई कसरी तयार गर्ने? जन्नुहोस त्यस्ता केहि काईदाहरु

यौनका विषयमा खुलेर कुरा गरिँदैन । यौनका बारेमा जति चर्चा गर्दा या त त्यसलाई असाध्यै जटिल बनाइन्छ, या अति नै हलुका । फलस्वरुप यो कतिपयका लागि चर्चा गर्न अयोग्य विषय भएको छ भने धेरैका लागि अतिरञ्जनको विषय । फ्रायडले धेरैअघि मानिसका सबैजसो क्रिया यौनमा आधारित हुन्छ भन्ने व्याख्या गरिसक्दा पनि फ्रायड पढेका नेपाली बौद्धिक वर्गले पनि यसलाई स्वीकार्न सकेका छैनन् । यो गम्भीर विषयमा मनोविज्ञ करूणा कुँवर भने प्रस्ट छिन् । १२ वर्षदेखि मनोविज्ञान त्यसमा पनि पारिवारिक तनावका विषयमा अध्ययन-अनुसन्धान गरिरहेकी करूणा नेपालीको यौन मनोविज्ञान जटिलतातर्फ उन्मुख हुँदै गएको स्वीकार गर्छिन् । नेपालीहरूको यौन व्यवहार एवम् त्यसले सिर्जना गरिरहेको तनावले धेरै युगल जोडीहरूको वैवाहिक सम्बन्ध टुट्दै गएको उनको अनुसन्धानले देखाएको छ । जर्मन मनोवैज्ञानिक दोरोभि वेनरकी खास शिष्या करूणासँग नेपालीहरुको यौन मनोविज्ञानका विषयमा गरिएको कुरा । कसरी पार्टनरलाई सेक्सका निम्ति तयार गर्ने ? त्यसोत प्रेमलापका निम्ति न त कुनै समय हुन्छ न त कुनै नियम । प्रेम गर्नेहरु सारा संसार बिर्सेर प्रेम गर्छन । एकापसमा आलिंगन गर्ने प्रेमीहरु...