Skip to main content

यि राशी भएका मान्छेहरुसँग सम्बन्ध कहिले नबनाउनुहोला | बित्यास पर्छ

राशिअनुसार मानिसको स्वभाव पनि फरक हुने विश्वास गरिन्छ । ज्योतिषशास्त्रको मान्यताअनुसार राशिकै आधारमा व्यक्तिको स्वभावको मूल्याङ्कन र भविश्य निर्धारण हुन्छ । राशिको स्वभावका आधारमा सम्बन्ध, दोस्ती, प्रेम प्रसङ्ग पनि निर्भर हुन्छ । कतिपयलाई त कोतुहुल्ता होला कुन राशिसंग बिबाह गर्दा राम्रो होला भन्ने कुरा । तपाईको राशिले निर्धारण गर्छ कस्तो साथी पाउनुहुन्छ ।

मेष राशि

जुन मान्छेको राशि मेष हो उसको लागि मेष, सिंह या धनु राशि हुनेहरुसँगको सम्बन्ध बलियो हुन्छ । यिनीहरूबीचको प्रेम सम्बन्ध उत्तम रहन्छ । मेष राशि हुने व्यक्तिका लागि कुम्भ, तुला या मिथुन राशि हुने साथी सामान्य रहन्छन् । यीनको प्रेम सम्बन्ध आपसी तालमेलमा अधिक निर्भर रहन्छ । वृष, कन्या या मकर राशि हुने मानिसकासँग मेष राशिको प्रेम सम्बन्ध सफल हुने सम्भावना ५०–५० रहन्छ । मेष राशि हुने मानिसको लागि वृश्चिक, मीन या कर्कट राशिका साथी उत्तम मानिँदैन । यीनीहरुका बीचको प्रेम सम्बन्ध सफल हुने सम्भावना एकदम कम हुन्छ ।

वृष राशि

वृष राशि हुने व्यक्तिका लागि वृष, कन्या या मकर राशिका साथी श्रेष्ठ हुन्छ । यीनको प्रेम सम्बन्ध उत्तम रहन्छ । यदि कुनै व्यक्तिको राशि वृष हो र उ कर्कट, वृश्चिक या मीन राशिका साथी रोज्न चाहन्छ भने यो जोडी सामान्य रहन्छ । जो मानिसको राशि वृष हो उनको लागि मेष, सिंह, या धनु राशिका व्यक्तिसँग प्रेम सम्बन्ध सफल हुने सम्भावना ५०–५० रहन्छ । वृष राशिका लागि मिथुन, तुला या कुम्भ राशि हुनेहरूका साथ जोडी राम्रो मानिदैन ।

मिथुन राशि

मिथुन राशिका मानिसका लागि मिथुन, तुला या कुम्भ राशिका साथी सबैभन्दा राम्रो हुनेछन् । यिनको प्रेम सम्बन्ध पनि उत्तम नै रहन्छ । यदी कुनै व्यक्तिको राशि मिथुन हो र उ मेष, धनु या सिंह राशिका साथी छान्न चाहन्छ भने त्यो जोडी सामान्य रहनेछ । जुन मानिसको राशि मिथुन छ उनको लागि कर्कट, वृश्चिक या मीन राशिको व्यक्तिसँग प्रेम सम्बन्ध सफल हुने संभावना ५०–५० हुन्छ । मिथुन राशि भएका व्यक्तिका लागि लागि वृष, कन्या या मकर राशि भएका व्यक्तिसँगको सम्बन्ध राम्रो हुँदैन ।

कर्कट राशि

जुन मानिसको राशि कर्कट हो उनको लागि कर्कट, वृश्चिक या मीन राशिको साथी उत्तम हुन्छन् । यिनीहरुको प्रेम सम्बन्ध उत्तम मानिन्छ । कर्कट राशिका मानिसका लागि वृष, कन्या या मकर राशिका साथी सामान्य हुन्छन् । यिनको प्रेम सम्बन्ध आपसी तालमेलमा अधिक निर्भर रहन्छ । मिथुन, तुला या कुम्भ राशिका मानिससँग कर्कट राशिको प्रेम सम्बन्ध सफल हुने सम्भावना ५०–५० रहन्छ । कर्कट राशिका मानिसका लागि मेष, सिंह या धनु राशि हुनेहरु त्यति राम्रो मानिदैन । यिनीहरुको प्रेम प्रसंगको सफलताको सम्भावना पनि एकदमै कम हुन्छ ।

सिंह राशि

सिंह राशिका मानिसका लागि मेष, सिंह या धनु राशिका साथी उत्तम हुन्छ । यिनका बीचको प्रेम सम्बन्ध सफल हुन्छ । यदि कुनै व्यक्तिको राशि सिंह हो र उ मिथुन,तुला या कुम्भ राशिका साथीसँग मित्रता राख्न चाहन्छ भने यो जोडी सामान्य रहने छ । जनु मानिसको राशि सिंह हो, उसको लागि वृष, कन्या या मकर राशि के व्यक्तिका साथ प्रेम सम्बन्ध हुने सम्भावना ५०–५० हुन्छ । सिंह राशिका लागि कर्कट, वृश्चिक या मीन राशिसंगको जोडी त्यती राम्रो हुँदैन ।

कन्या राशि

जुन मानिसको राशि कन्या हो त्यो मानिसका लागि वृष, कन्या या मकर राशिका साथी उत्तम मानिन्छ । यिनीहरुको प्रेम सम्बन्ध उत्तम हुन्छ । कन्या राशिका मानिसका लागि कर्कट, वृश्चिक या मीन राशिका साथी सामान्य मानिन्छन् । यिनको प्रेम सम्बन्ध आपसी तालमेलमा अधिक निर्भर रहन्छ । मेष, सिंह र धनु राशिका मानिसका साथ कन्या राशिका प्रेम सम्बन्ध सफल हुने संभावना ५०–५० रहन्छ । कर्कट राशिका मानिसका लागि मिथुन, तुला या कुम्भ राशिकासँगको मित्रता त्यति राम्रो मानिदैन । यिनीहरुको बीचको प्रेम सम्बन्ध पनि निकै कम हुन्छ ।

तुला राशि

तुला राशिका मानिसका लागि मिथुन तुला या कुम्भ राशिका साथी सबैभन्दा उत्तम मानिन्छन् । यिनीहरूको प्रेम सम्बन्ध उत्तम हुन्छ । यदी कुनै व्यक्तिका राशि तुला हो र उ मेष, सिंह या धनु राशिका साथी छनौट गर्न चाहन्छ भने यो जोडी सामान्य रहन्छ । जुन मानिसको राशि तुला हो उनको लागि कर्कट, वृश्चिक या मीन राशिका व्यक्तिसँग प्रेमसम्बन्ध सफल हुने संभावना ५०–५० हुन्छ । तुला राशिका लागि वृष, कन्या या मकर राशिका साथ जोडी बन्नु बनाउनु त्यति राम्रो हुँदैन ।

वृश्चिक राशि

जुन मानिसको राशि वृश्चिक हो ति मानिसका लागि कर्कट, वृश्चिक या मीन राशिका साथी उत्तम मानिन्छन् । यिनको प्रेम सम्बन्ध सफल रहन्छ । वृश्चिक राशिका मानिसका लागि वृष, कन्या या मकर राशिका साथी सामान्य रहन्छ । यिनको प्रेमसम्बन्ध आपसी तालमेलमा अधिक निर्भर रहन्छ । मिथुन, तुला या कुम्भ राशिका मानिसका साथ कन्या राशिका प्रेमसम्बन्ध सफल हुने संभावना ५०–५० रहन्छ । वृश्चिक राशिका मानिसका लागि मेष, सिंह या धनु राशिसँगको मित्रता राम्रो हुँदैन । यिनीहरूको प्रेम सम्बन्धको सफलता पनि कमै संभावना हुन्छ ।

धनु राशि

धनु राशि हुने व्यक्तिका लागि मेष, सिंह या धनु राशि भएका व्यक्तिसँगको सम्बन्ध उत्तम मानिन्छ । यीनको प्रेम सम्बन्ध उत्तम रहन्छ । यदी कुनै व्यक्तिको राशि धनु हो र उ मिथुन, तुला या कुम्भ राशिका साथी बनाउन चाहन्छ भने यो जोडी सामान्य रहन्छ । जुन मानिसको राशि धनु हो उसको लागि वृष, कन्या या मकर राशिको व्यक्तिको साथ प्रेम सम्बन्ध सफल हुने ५०–५० सम्भावना रहनेछ । धनु राशिका लागि कर्कट, वृश्चिक या मीन राशि हुनेहरुका सँगको जोडी त्यति राम्रो मानिदैन ।

मकर राशि

जुन मानिसको राशि मकर हो ती मानिसका लाथि वृष, कन्या या मकर राशिका साथी सबैभन्दा राम्रो मानिन्छ । यिनीहरुको प्रेम सम्बन्ध उत्तम हुन्छ । मकर राशिका मानिसका लागि कर्कट, वृश्चिक या मीन राशिका साथी सामान्य रहन्छन् । यिनीहरुको प्रेम सम्बन्ध आपसी तालमेलमा निर्भर रहन्छ । मेष, सिंह या धनु राशि का मानिसका साथ सम्बन्ध सफल हुने सम्भावना ५०–५० रहन्छ । मकर राशिका मानिसक लागि मिथुन, तुला या कुम्भ राशि सँगकोे सम्बन्ध राम्रो मानिदैन । प्रेम सम्बन्धको सफलता पनि एकदमै कम हुन्छ ।

कुम्भ राशि

कुम्भ राशि भएका मानिसका लागि मिथुन, तुला या कुम्भ राशिका साथी उत्तम मानिन्छ । यिनीहरूका बीचको प्रेम सम्बन्ध राम्रो हुन्छ । यदी कुनै व्यक्तिको राशि कुम्भ हो भने मेष, सिंह या धनु राशिका साथी छनौट गरे यी साथीको जोडी सामान्य रहने छ । जुन मानिसको राशि कुम्भ हो उनको लागि कर्कट वृश्चिक या मीन राशिका व्यक्तिका साथ प्रेमसम्बन्ध सफल हुने सम्भावना ५०–५० प्रतिशत हुन्छ । कुम्भ राशिका लागि वृष, कन्या या मकर राशि हुनेहहरुको सम्बन्ध राम्रो मानिएको छैन ।

मीन राशि

जुन मानिसको राशि मीन हो उसको लागि कर्कट, वृश्चिक या मीन राशिका साथी उत्तम हुन्छन् । यिनीहरुको प्रेम सम्बन्ध पनि उत्तम हुन्छ । मीन राशिका मानीसका लागि वृष, कन्या या मकर राशिका साथी सामान्य हुन्छ । यिनीहरुको प्रेम प्रसंग आपसी तालमेलमा अधिक निर्भर रहन्छ । मिथुन,तुला र कुम्भ राशिका मानिसका साथ मीन राशिको प्रेम सम्बन्ध सफल हुने सम्भावना ५०–५० हुन्छ । मीन राशिका मानिसका लागि मेष, सिंह या धनु राशिका साथी त्यति उत्तम मानिदैन । यिनीहरूको प्रेम सम्बन्धको सफलताको सम्भावना एकदमै कम हुन्छ ।

Comments

Popular posts from this blog

तपाईंको हातमा यस्ता चिन्ह छन भने ढुक्क हुनुहोस तपाईं अवस्य धनी बन्नुहुनेछ !

हस्त रेखा विज्ञानले मानिसको सबै कुरा हातका रेखाले निर्धारण गर्ने बताउँछ । यी रेखा हाम्रो जन्मकै क्रममा बन्ने र यीनको प्रभाव जीवनभर रहने बताइन्छ । यहाँ हामीले धनी हुने ब्यक्तिका हातका रेखा कस्ता हुन्छन् भन्ने विषयमा चर्चा गरेका छौं । जौको चिन्ह समुन्द्र शास्त्रका अनुसार जुन ब्यक्तिको हातमा औंलाको जौ जस्तो चिन्ह हुन्छ त्यस्ता ब्यक्ति निक्कै धनीमानी र सुखी हुने बताइन्छ । यो चिन्ह हुने ब्यक्ति भाग्यमानी पनि हुने गर्छन् । समाजमा प्रतिष्ठिन हुने र राजनीतिमा लागे सफल राजनीतिज्ञ हुने हस्त रेखा विज्ञानको दावी छ । शंखको चिन्ह अध्यात्मको दृष्टिले हातमा शंखको चिन्ह हुनु निक्कै राम्रो मानिन्छ । यस्ता चिन्ह भएका ब्यक्ति बुद्धीमान हुने बताइन्छ । जुन ब्यक्तिको चार वटा औंलामा शंकको चिन्ह छ त्यस्ता ब्यक्तिले सरकारी उच्च पदस्थ पद प्राप्त गर्ने सम्भावना हुन्छ । ५ बटै औंलामा यस्तो चिन्ह छ भने विदेश यात्रा भैरहने हुन्छ । विदेशमा धन आर्जन पनि राम्रो हुने मानिन्छ । जुन ब्यक्तिको ६ वटा औंलामा यस्तो चिन्ह छ औंलामा छ भने यसले धर्मकर्ममा विश्वास हुने ब्यक्ति जनाउँछ । यिनीहरु अध्यात्मिक प्रवचनमा पनि तीक्ष्ण ह...

महिलाका मनका यि पाँच कुराहरु, जसलाई उनिहरुले कहल्यै ब्यक्त गर्दैनन !

महिलाको मनको कुरा थाहा पाउन निकै मुस्किल हुन्छ । केही यस्ता कुरा हुन्छन्, जुन उनीहरू सधैं लुकाएर राख्छन् । यसमा कसैको अहित हुने कुरा नहुन सक्छ । तैपनि, उनीहरू बताउन सक्दैनन् । (१) हरेक महिलासँग लुकाएर राखेको केही खजाना हुन्छ । खजनाको बदलामा पैसा नै किन नहोस, जसलाई उनीहरू आफ्नो सानोतिनो समस्या टार्न भनेर बचाएर राख्छन् । तर, यसबारे पतिलाई कुनै जानकारी हुँदैन । तर, उनीहरू कुनै बेला पति नै समस्यामा पर्दा झिकेर दिन पछि पर्दैनन् । (२) महिलाहरू सानातिना कुरा पनि आफ्नो साथीसँग सेयर गर्न भ्याउँछन् । तर, पतिले सोध्दा अहँ भनेको छैन, म यस्तो कुरा पनि कहाँ भन्छु त भनेर ठिक्क पार्छन् । (३) महिलाले आफ्नो पहिलो मायालाई जिन्दगीमा कहिल्यै भुल्दैनन् । पहिलो प्रेमीलाई पुरै भुलिसकें भन्छन् भने त्यो सत्य होइन । (४) महिलाले आफ्नो पतिलाई सधैं भन्न चाहँदैनन् कि, खास पलमा कस्तो अनुभव भयो । यदि भनिन् भने पनि त्यो शतप्रतिशत सत्य हुँदैन । (५) कतिपय कुरा यस्ता हुन्छन्, पत्नीहरू आफ्नो सम्बन्ध नबिग्रियोस् भनेर आफ्नो विचारलाई दबाउँदै पतिसँग हो मा हो मिलाउँछन् । मनमा भने त्यसप्रतिको असन्तुष्टि कायम हुन्छ । तर, कहि...

यौनमा अनिक्षुक पार्ट्नरलाई कसरी तयार गर्ने? जन्नुहोस त्यस्ता केहि काईदाहरु

यौनका विषयमा खुलेर कुरा गरिँदैन । यौनका बारेमा जति चर्चा गर्दा या त त्यसलाई असाध्यै जटिल बनाइन्छ, या अति नै हलुका । फलस्वरुप यो कतिपयका लागि चर्चा गर्न अयोग्य विषय भएको छ भने धेरैका लागि अतिरञ्जनको विषय । फ्रायडले धेरैअघि मानिसका सबैजसो क्रिया यौनमा आधारित हुन्छ भन्ने व्याख्या गरिसक्दा पनि फ्रायड पढेका नेपाली बौद्धिक वर्गले पनि यसलाई स्वीकार्न सकेका छैनन् । यो गम्भीर विषयमा मनोविज्ञ करूणा कुँवर भने प्रस्ट छिन् । १२ वर्षदेखि मनोविज्ञान त्यसमा पनि पारिवारिक तनावका विषयमा अध्ययन-अनुसन्धान गरिरहेकी करूणा नेपालीको यौन मनोविज्ञान जटिलतातर्फ उन्मुख हुँदै गएको स्वीकार गर्छिन् । नेपालीहरूको यौन व्यवहार एवम् त्यसले सिर्जना गरिरहेको तनावले धेरै युगल जोडीहरूको वैवाहिक सम्बन्ध टुट्दै गएको उनको अनुसन्धानले देखाएको छ । जर्मन मनोवैज्ञानिक दोरोभि वेनरकी खास शिष्या करूणासँग नेपालीहरुको यौन मनोविज्ञानका विषयमा गरिएको कुरा । कसरी पार्टनरलाई सेक्सका निम्ति तयार गर्ने ? त्यसोत प्रेमलापका निम्ति न त कुनै समय हुन्छ न त कुनै नियम । प्रेम गर्नेहरु सारा संसार बिर्सेर प्रेम गर्छन । एकापसमा आलिंगन गर्ने प्रेमीहरु...