Skip to main content

बिचरा स्वास्थ्यमन्त्री ! यती पनि थाहा रैनछ कि क्यान्सर पापले लाग्ने रोग होइन

आजको युग सुचना-प्राबिधिको युग । आज संसार हत्केलामा छ र क्षणभरमै संसार भरिको कुरा थाहा हुन्छ । अझ शिक्षाको बिकासले त स-साना कलीला बाल-बालिकाहरुलाई पनि थाहा छ कि क्यन्सर एक गम्भिर स्वास्थ्य समस्या हो जो बिबिध कारणले गर्दा हाम्रो सरिरमा लाग्ने गर्दछ । क्यान्सर लाग्नुको केवल एक कारण नभै बिबिध कारणले यो रोग लाग्ने गर्छ । हाम्रो सरिरमा कारीब ५० खर्ब जती स-साना कोशीकाहरु हुन्छन र तिनको नियन्त्रण गर्ने प्रणाली पनि छ जसलाई हामी डिएनए को नामले चिन्ने गर्दछौ । अस्वस्थकर खानपिन, धुमपान, मध्यपान, प्रदुसण, विकरण आदी जस्ता कारणले डिएनए मा खराबी आउँदा कोशीकाहरुको बृदि अनियन्त्रित हुन जान्छ र गिर्खाहरु बन्न थालदछ ।

यती साधारण कुरा पनि थाहा नहुने मान्छे कसरी भए स्वास्थ्यमन्त्री ? अहिले यसि बहस चलेको छ यहाँ । तर सौभाग्य भनौ, किनकी ति स्वास्थ्यमन्त्री भने हाम्रो देशका होइनन । उनी हुन छिमेकी देश भारत को आसाम राज्यका । त्यहाका स्वास्थ्यमन्त्रीले भनिदिए क्यान्सर हुनु भनेको इश्वारीय न्याय हो जुन पुरानो पापका कारणले लाग्ने गर्दछ । यती हिम्मत गर्ने त्यहका स्वास्थ्य मन्त्रिको नाम के होला भन्ने जिग्यासा भए उनको नाम हिमन्त विश्व शर्मा रहेछ ।

उनले अझै अगाडि थपिदिए कि क्यान्सर आफुले बिगतमा गरेको पापले मात्र नभै बाबु-आमाले गरेको पापले पनि लाग्दछ । मन्त्री जिउलाई माइक भए पछी बोल्न कसले पो भेट्याउछ र । बोलिदियो भोली अरुले मेरो कुरो बङाए भने पुग्दछ ।

त्याहा पनि त्यस्तै भयो । उनले यस्तो भनेपछी जागरुक मान्छे त त्यसको बिरोध गर्नेनै भए । र गर्नु पनि पर्दछ अझ क्यान्सरका बिरामी र परिवार लाई त हुनु चिन्ता भयो । चौतर्फी बिरोध आएपछी बिपक्षी पनि के कम ? त्यसै त के निउ पाउ भनेर बसेका हुन्छन अझ यस्तो गरम मसाला पाए पछी त ! भन्न थाले क्यान्सरको रोकथाम गर्न नसकेर बिचरा मन्त्रिले इश्वरलाई दोश लगाउन थाले ।

क्यान्सरका बिरामी, परिवार र शुभचिन्तक तथा बुद्दिजिविले भनी मन्त्रि जिउलाई सार्वजनिक रुपमा माफि माग्न राम्रो सल्लाह दिएका छन तर मन्त्री पनि के कम उनले आफ्नो अभिब्यक्तिको गलत व्याख्या गरिएको भनेर पानी माथिको ओभानो बन्ने कोशीस मा छन । मन्त्री शर्माले बुधबार गुवाहटीमा आयोजित एक सार्वजनिक कार्यक्रममा यस्तो अभिव्यक्ति दिएको टाइम्स अफ् इन्डियालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

हेर्नुहोस् त यो रोग | तपाईंहरुलाई त थाहै छ हाम्रो देशमा सामान देखी धेरै कुरा भारत बाट भित्रिन्छ । क्यान्सर पापको कारणले लाग्दछ भन्ने बानी चाँही उताबाट नाअोस !

Comments

Popular posts from this blog

तपाईंको हातमा यस्ता चिन्ह छन भने ढुक्क हुनुहोस तपाईं अवस्य धनी बन्नुहुनेछ !

हस्त रेखा विज्ञानले मानिसको सबै कुरा हातका रेखाले निर्धारण गर्ने बताउँछ । यी रेखा हाम्रो जन्मकै क्रममा बन्ने र यीनको प्रभाव जीवनभर रहने बताइन्छ । यहाँ हामीले धनी हुने ब्यक्तिका हातका रेखा कस्ता हुन्छन् भन्ने विषयमा चर्चा गरेका छौं । जौको चिन्ह समुन्द्र शास्त्रका अनुसार जुन ब्यक्तिको हातमा औंलाको जौ जस्तो चिन्ह हुन्छ त्यस्ता ब्यक्ति निक्कै धनीमानी र सुखी हुने बताइन्छ । यो चिन्ह हुने ब्यक्ति भाग्यमानी पनि हुने गर्छन् । समाजमा प्रतिष्ठिन हुने र राजनीतिमा लागे सफल राजनीतिज्ञ हुने हस्त रेखा विज्ञानको दावी छ । शंखको चिन्ह अध्यात्मको दृष्टिले हातमा शंखको चिन्ह हुनु निक्कै राम्रो मानिन्छ । यस्ता चिन्ह भएका ब्यक्ति बुद्धीमान हुने बताइन्छ । जुन ब्यक्तिको चार वटा औंलामा शंकको चिन्ह छ त्यस्ता ब्यक्तिले सरकारी उच्च पदस्थ पद प्राप्त गर्ने सम्भावना हुन्छ । ५ बटै औंलामा यस्तो चिन्ह छ भने विदेश यात्रा भैरहने हुन्छ । विदेशमा धन आर्जन पनि राम्रो हुने मानिन्छ । जुन ब्यक्तिको ६ वटा औंलामा यस्तो चिन्ह छ औंलामा छ भने यसले धर्मकर्ममा विश्वास हुने ब्यक्ति जनाउँछ । यिनीहरु अध्यात्मिक प्रवचनमा पनि तीक्ष्ण ह...

महिलाका मनका यि पाँच कुराहरु, जसलाई उनिहरुले कहल्यै ब्यक्त गर्दैनन !

महिलाको मनको कुरा थाहा पाउन निकै मुस्किल हुन्छ । केही यस्ता कुरा हुन्छन्, जुन उनीहरू सधैं लुकाएर राख्छन् । यसमा कसैको अहित हुने कुरा नहुन सक्छ । तैपनि, उनीहरू बताउन सक्दैनन् । (१) हरेक महिलासँग लुकाएर राखेको केही खजाना हुन्छ । खजनाको बदलामा पैसा नै किन नहोस, जसलाई उनीहरू आफ्नो सानोतिनो समस्या टार्न भनेर बचाएर राख्छन् । तर, यसबारे पतिलाई कुनै जानकारी हुँदैन । तर, उनीहरू कुनै बेला पति नै समस्यामा पर्दा झिकेर दिन पछि पर्दैनन् । (२) महिलाहरू सानातिना कुरा पनि आफ्नो साथीसँग सेयर गर्न भ्याउँछन् । तर, पतिले सोध्दा अहँ भनेको छैन, म यस्तो कुरा पनि कहाँ भन्छु त भनेर ठिक्क पार्छन् । (३) महिलाले आफ्नो पहिलो मायालाई जिन्दगीमा कहिल्यै भुल्दैनन् । पहिलो प्रेमीलाई पुरै भुलिसकें भन्छन् भने त्यो सत्य होइन । (४) महिलाले आफ्नो पतिलाई सधैं भन्न चाहँदैनन् कि, खास पलमा कस्तो अनुभव भयो । यदि भनिन् भने पनि त्यो शतप्रतिशत सत्य हुँदैन । (५) कतिपय कुरा यस्ता हुन्छन्, पत्नीहरू आफ्नो सम्बन्ध नबिग्रियोस् भनेर आफ्नो विचारलाई दबाउँदै पतिसँग हो मा हो मिलाउँछन् । मनमा भने त्यसप्रतिको असन्तुष्टि कायम हुन्छ । तर, कहि...

यो बार जन्मिने मान्छेहरु धनी र भाग्यमानी हुन्छन ! जानी रखौ

आइतबारको दिन सूर्यको हो भने सोमवारको मुख्य ग्रह चन्द्र हो । मंगलवार मंगलको प्रभाव हुन्छ भने बुधवार बुधको । विहीबार वृहस्पति र शुक्रवार शुक्रको प्रभाव सबै भन्दा बढी हुन्छ । शनिवारको कारक ग्रह शनि मानिन्छ । ज्योतिषका अनुसार जुन बार जन्मियो त्यो बारको ग्रहको प्रभाव जीवनका सबै पाटामा पर्छ । मान्छेको स्वभाव र भाग्य समेत जन्मबारले निर्धारण गर्ने ज्योतिष शास्त्रीको दावी छ । कस्तो हुन्छ कुन बार जन्मिनको मान्छेको स्वभाव र भाग्य थाहा पाउनुस् । आइतबारः पुरुष आइतबार जन्मिने मानिस भाग्यशाली हुन्छन् । उनीहरुको आयु पनि लामो हुन्छ । यस्ता ब्यक्ति कम बोल्ने र कला र शिक्षामा अगाडी हुन्छन् । यो बार जन्मिने ब्यक्तिमा धार्मिक आस्था पनि हुन्छ र घर परिवारका सदस्यलाई खुसी राख्न अधिक प्रयास गर्छन् । तर यिनीहरुलाई २० देखि २२ वर्ष सम्म दुःख हुन्छ । स्त्री आइतबार जन्मिने स्त्री दान-पुण्य गर्ने र बलशाली एवं चतुर हुन्छन् । सोमबारः पुरुष सोमबार जन्मिने ब्यक्तिको बोली मिठो हुन्छ । यस्ता ब्यक्तिको जीवनमा सुख दुख बराबर जस्तै हुन्छ किन भने उनीहरुलाई दुःख सुख उस्तै उस्तै लाग्छ । सोमबार जन्मिने ब्यकेति विद्वान, कल...