Skip to main content

जिम्बाबेमा अनौठो ढंगको सैन्य कु, ढल्यो मुगाबे शासन - अब के होला ?

९ कात्तिक, काठमाडौं । जिम्बावेमा रक्तपातविहीन सैन्य कू भएको छ । देशको सासन सत्ता सेनाले लिएको छ भने राष्ट्रपति रोबर्ट मुगाबे पक्राउ परेका छन् ।

त्यसअघि जिम्बावेको सेनाले पब्लिक ब्रोडकास्टर जेडबीसी नियन्त्रणमा लिएको थियो । टीभीमा एक जनरलले सम्बोधन गर्दै कु नभएको बताए । साथै राष्ट्रपति मुगाबे र उनको परिवार सुरक्षित रहेको बताए ।

सेनाले मुगाबे वरिपरि रहेर अपराध गर्नेहरु मात्र आफ्नो निसानामा रहेको बताएको छ । भनिएको छ, ‘जब हामी आफ्नो मिसन सम्पन्न गर्छौ, स्थित सामान्य हुनेछ ।’ तर, सत्तारुढ पार्टीले ट्वीट गरेर मुगाबे पक्राउ परेको जानकारी दिएको बीबीसीले जनाएको छ । मुगाबेले भने केही बोलेको छैनन् । सन् १९८० देखि जिम्बावेको शासन सत्ता उनकै हातमा थियो ।

सेनाले संसद र सत्तारुढ पार्टी जानु पीएफ पार्टीको मुख्यालय जाने बाटो बन्द गरेको छ । राजधानी हरारेको उत्तरी भागमा गोली चलेको र विस्फोटको आवाज समेत सुनिएको छ । जिम्बावेमा जे भइरहेको छ, त्यसमा कूको सबै गुण छ । बीबीसी अफ्रिकाका एडिटर भन्छन्, ‘रोबर्ट मुगाबेकी पत्नी ग्रेससँग के हुन्छ, त्यो हेर्न रोचक हुनेछ ।’

जिम्बावेमा राजनीतिक संकटको सुरुवात भने उपराष्ट्रपति इमरसन मानगावाको बर्खास्तीसँगै सुरु भएको थियो । यसलाई ५२ वर्षीया ग्रेसले आफ्नो पति मुगाबेको पदचाप पछ्याउँदै जिम्बेवेको नेतृत्व गर्ने तयारीका रुपमा हेरिएको थियो । ग्रेस, इमरसन मानगावालाई आफ्नो दुश्मन मान्छिन् । त्यसैले उनलाई उपराष्ट्रपतिबाट हटाउन ग्रेसले पति मुगाबेलाई चेतावनी दिएकी थिइन् ।

गुप्तचर ब्यूरोका पूर्व प्रमुख समेत रहेका मानगावा राष्ट्रपतिका दाबेदार थिए । उनलाई बर्खास्त गरेपछि जानु पीएफ पार्टीको आगामी महिना हुने विशेष सम्मेलनबाट मुगाबी पत्नीलाई उपराष्ट्रपति नियुक्त गर्ने अनुमान थियो ।तर, त्यसअघि नै जिम्बावेको सेनाले राष्ट्रपति मुगाबेलाई चुनौती दिएको छ । हाल देश बाहिर रहका इमरसन मानगावा शासन सत्तामा आउने अनुमान छ ।

Comments

Popular posts from this blog

तपाईंको हातमा यस्ता चिन्ह छन भने ढुक्क हुनुहोस तपाईं अवस्य धनी बन्नुहुनेछ !

हस्त रेखा विज्ञानले मानिसको सबै कुरा हातका रेखाले निर्धारण गर्ने बताउँछ । यी रेखा हाम्रो जन्मकै क्रममा बन्ने र यीनको प्रभाव जीवनभर रहने बताइन्छ । यहाँ हामीले धनी हुने ब्यक्तिका हातका रेखा कस्ता हुन्छन् भन्ने विषयमा चर्चा गरेका छौं । जौको चिन्ह समुन्द्र शास्त्रका अनुसार जुन ब्यक्तिको हातमा औंलाको जौ जस्तो चिन्ह हुन्छ त्यस्ता ब्यक्ति निक्कै धनीमानी र सुखी हुने बताइन्छ । यो चिन्ह हुने ब्यक्ति भाग्यमानी पनि हुने गर्छन् । समाजमा प्रतिष्ठिन हुने र राजनीतिमा लागे सफल राजनीतिज्ञ हुने हस्त रेखा विज्ञानको दावी छ । शंखको चिन्ह अध्यात्मको दृष्टिले हातमा शंखको चिन्ह हुनु निक्कै राम्रो मानिन्छ । यस्ता चिन्ह भएका ब्यक्ति बुद्धीमान हुने बताइन्छ । जुन ब्यक्तिको चार वटा औंलामा शंकको चिन्ह छ त्यस्ता ब्यक्तिले सरकारी उच्च पदस्थ पद प्राप्त गर्ने सम्भावना हुन्छ । ५ बटै औंलामा यस्तो चिन्ह छ भने विदेश यात्रा भैरहने हुन्छ । विदेशमा धन आर्जन पनि राम्रो हुने मानिन्छ । जुन ब्यक्तिको ६ वटा औंलामा यस्तो चिन्ह छ औंलामा छ भने यसले धर्मकर्ममा विश्वास हुने ब्यक्ति जनाउँछ । यिनीहरु अध्यात्मिक प्रवचनमा पनि तीक्ष्ण ह...

महिलाका मनका यि पाँच कुराहरु, जसलाई उनिहरुले कहल्यै ब्यक्त गर्दैनन !

महिलाको मनको कुरा थाहा पाउन निकै मुस्किल हुन्छ । केही यस्ता कुरा हुन्छन्, जुन उनीहरू सधैं लुकाएर राख्छन् । यसमा कसैको अहित हुने कुरा नहुन सक्छ । तैपनि, उनीहरू बताउन सक्दैनन् । (१) हरेक महिलासँग लुकाएर राखेको केही खजाना हुन्छ । खजनाको बदलामा पैसा नै किन नहोस, जसलाई उनीहरू आफ्नो सानोतिनो समस्या टार्न भनेर बचाएर राख्छन् । तर, यसबारे पतिलाई कुनै जानकारी हुँदैन । तर, उनीहरू कुनै बेला पति नै समस्यामा पर्दा झिकेर दिन पछि पर्दैनन् । (२) महिलाहरू सानातिना कुरा पनि आफ्नो साथीसँग सेयर गर्न भ्याउँछन् । तर, पतिले सोध्दा अहँ भनेको छैन, म यस्तो कुरा पनि कहाँ भन्छु त भनेर ठिक्क पार्छन् । (३) महिलाले आफ्नो पहिलो मायालाई जिन्दगीमा कहिल्यै भुल्दैनन् । पहिलो प्रेमीलाई पुरै भुलिसकें भन्छन् भने त्यो सत्य होइन । (४) महिलाले आफ्नो पतिलाई सधैं भन्न चाहँदैनन् कि, खास पलमा कस्तो अनुभव भयो । यदि भनिन् भने पनि त्यो शतप्रतिशत सत्य हुँदैन । (५) कतिपय कुरा यस्ता हुन्छन्, पत्नीहरू आफ्नो सम्बन्ध नबिग्रियोस् भनेर आफ्नो विचारलाई दबाउँदै पतिसँग हो मा हो मिलाउँछन् । मनमा भने त्यसप्रतिको असन्तुष्टि कायम हुन्छ । तर, कहि...

यो बार जन्मिने मान्छेहरु धनी र भाग्यमानी हुन्छन ! जानी रखौ

आइतबारको दिन सूर्यको हो भने सोमवारको मुख्य ग्रह चन्द्र हो । मंगलवार मंगलको प्रभाव हुन्छ भने बुधवार बुधको । विहीबार वृहस्पति र शुक्रवार शुक्रको प्रभाव सबै भन्दा बढी हुन्छ । शनिवारको कारक ग्रह शनि मानिन्छ । ज्योतिषका अनुसार जुन बार जन्मियो त्यो बारको ग्रहको प्रभाव जीवनका सबै पाटामा पर्छ । मान्छेको स्वभाव र भाग्य समेत जन्मबारले निर्धारण गर्ने ज्योतिष शास्त्रीको दावी छ । कस्तो हुन्छ कुन बार जन्मिनको मान्छेको स्वभाव र भाग्य थाहा पाउनुस् । आइतबारः पुरुष आइतबार जन्मिने मानिस भाग्यशाली हुन्छन् । उनीहरुको आयु पनि लामो हुन्छ । यस्ता ब्यक्ति कम बोल्ने र कला र शिक्षामा अगाडी हुन्छन् । यो बार जन्मिने ब्यक्तिमा धार्मिक आस्था पनि हुन्छ र घर परिवारका सदस्यलाई खुसी राख्न अधिक प्रयास गर्छन् । तर यिनीहरुलाई २० देखि २२ वर्ष सम्म दुःख हुन्छ । स्त्री आइतबार जन्मिने स्त्री दान-पुण्य गर्ने र बलशाली एवं चतुर हुन्छन् । सोमबारः पुरुष सोमबार जन्मिने ब्यक्तिको बोली मिठो हुन्छ । यस्ता ब्यक्तिको जीवनमा सुख दुख बराबर जस्तै हुन्छ किन भने उनीहरुलाई दुःख सुख उस्तै उस्तै लाग्छ । सोमबार जन्मिने ब्यकेति विद्वान, कल...