Skip to main content

अब कहिले आउनेछैन तपाईंको कपालमा डैंड्रफ ! समाधान यस्तो सजिलो

खुला लहराउदो रेसमी चम्किलो कपाल कसलाई पो मन पर्दैन होला र ? तर आजकालको भागम् भाग जिन्दगीमा हजारौ जिम्मेबारिको बिचमा समय निकालेर कपाल लाई ध्यान दिन पनि गाह्रो नै हुन्छ । फलस्वरूप हाम्रो कपाल डल, रुखो र सेतो समेत हुने गर्दछ । यसैमा अर्को समस्या थपिन्छ चायाको रुपमा । चाया किन आउछ भनेर त हामी पहिले पनि छलफल गरी सकेका छौ, शायद तपाईंहरुलाई याद नै होला । यदी हेर्नु भएको छैन भने हेर्नुहोस : किन पर्छ त टाउकोमा चाया : यि हुन ५ कारण

आज हामी समस्या को समाधान पनि खोजेर तपाईं हरु माझ पस्किने कोशीस गरेका छौ । आसा छ यसले तपाईंहरुलाई चायाको समस्या बाट मुक्ती दिनेछ भने तपाईंहरुले हामीहरुलाई धन्यवाद दिनुहुनेछ ।

चाया बाट मुक्ती पाउन यो गर्नु पर्छ र त्यो गर्नु पर्छ भन्ने त धेरै भेटिन्छन् तर किन काम गर्दैनन त ति तरिकाहरुले ? के तपाईंले एक्पल्ट सोच्नु भएको छ ? अवस्य पनि सोच्नु भएकै छैन होला या तपाईंले भन्नु भएको होला कि यसो त सबैले भन्छन तर यि कुरा भन्नको लागि मात्र हो काम गर्दैन । यदी तपाईं यसो सोच्दै हुनुहुन्छ भने तपाईं सायद् गलत पनि हुनुहुन्छ । हजुर तपाईं सहि पढ्दै हुनुहुन्छ । किनकी यिनै सबैले भन्ने कुरा भित्रनै लुकेको छ चायाको समाधान । हजुर चाया बाट मुक्ती पाउन धेरै कसरत गर्नु पर्दैन न त धेरै धन खर्छ गर्नु पर्छ । तपाईं हाम्रो दैनिक खर्च भित्रनै यसको समाधान हुन्छ र धेरै दु:ख पनि गर्नु पर्दैन ।

त्यसो भए किन समाधान हुँदैन त चाया को ? सायद तपाइ यही सोच्दै हुनुहुन्छ । होइन त ? त्यसको पनि उत्तर छ "तपै-हामीले चायाको समाधान गर्न नसक्नुको एउटै कारण छ - हामीले तरिका सहि अपनाएनौ" ।

हो हामीले पक्कै पनि समाधान को तरिका गलत अपनाएका छौ र त हाम्रो चाया निरन्तर फर्केर आएको छ । त्यसैले सहि समाधान गर्न सबैभन्दा पहिले तपाईंले तपाईंको चाया को प्रकार पत्ता लगाउनु अत्याबस्यक हुन्छ । त्यसैले यहाँ पहिले हामी हेरौ चायाका प्रकार:

चाया चार प्रकार को हुन्छ ति हुन:

-साधारण चाया : सामान्य चाया सबै मौसममा उस्तै रहन्छ । सामान्यतया मौसम को कुनै असर नहुने र जाडो होस् वा गर्मी सधैं उस्तै प्राकारले चाया आउछ भने तपाईंको चाया सामान्य चाया हो ।

-अयली चाया : अयली चाया आउने ब्यक्तिहरुको टाउकोमा हमेसा चाया आउछ र प्राय चाया हल्का भिजेको जस्तो हुन्छ । जाडो होस वा गर्मी अयली चाया आउने मान्छेको टाउकोमा हमेसा स-साना पसिनाको थोपा हुन्छ । रौ को जरामा पसिनाको बास हुन्छ ।

-ड्राइ चाया : ड्राइ वा सुख्खा चाया आउने मान्छेहरुको चाया प्राय निस्केसकेपछी तल झर्न थालदछ भने रौ को टुप्पो तिर पनि चाया देखिन थालदछ । यस्तो चाया सुख्खा हुन्छ र त्यस्ता ब्यक्तिहरुको टाउकोको चाला पनि सुख्खा हुन्छ ।

-फिक्सी चाया : फिक्सी छाया नाम जस्तै कपालको सतहमा जमेर बसेको हुन्छ । यो धेरै लेयर बनाएर पनि बस्न सक्दछ । जब चाया परेको ब्यक्तिको कपाल कोरिन्छ त यो चाया बल्ल आउछ । यो चाया को एक्स्ट्रिम रुप हो पनि भन्दाछन बिग्यहरु ।

यि त भए चाया का चार प्रकारहरु । अब तपाईंले जान्नु पर्ने कुरा के छ भने तपाईंले चायाको समाधान गर्दा आफ्नो चायाको प्रकार अनुसार गर्नुभयो भने समाधान अवस्य मिल्नेछ । यता-उता गर्नुको साटो आफ्नो चायाको प्रकार जानेर तल दिएको बिधी अनुसार समाधानको उपाए गर्नुभयो भने तपाईंको चाया गायब हुनेछ ।

समाधान का उपाएहरु:

-साधारण चाया : यदी तपाईंलाई साधारण प्रकारको चाया छ भन्ने प्रस्ट भयो भने तपाईंले श्यामपुको प्रयोगमा कमी ल्याउनुहोस । यो चाया साबुन तथा श्यामपु को कारणले गर्दा बढ्न जान्छ । हप्तामा एक्पल्ट भन्दा बढी श्यामपु नगरनुहोस् र साबुन को प्रयोग त बन्द नै गरिदिनुहोस् । साथै तपाईंले कपाल लाई घाम तथा धुलो बाट पनि टाढा राख्नु पर्दछ । सम्भव भए सम्म बाहिर निस्कदा कपाल लाई कुनै कपडाले कभर गर्नुहोस् ।

-अयली चाया : यो चाया नियमित रुपमा राम्रो श्यामपुको प्रयोग गर्दा र कपाल सफा राख्दा समाधान हुन्छ । यस्तो चाया भएका ब्यक्तिहरुले कपालमा तेल को प्रयोग काम गर्नु उपौयुक्त हुन्छ ।

-ड्राइ चाया : ड्राइ वा सुख्खा चायाले हैरान हुनुहुन्छ ? त्यसो हो भने तपाईंले कपालमा राम्रो सँग आमलाको तेल लागाएर २ घण्टाजती यसै छोड्नुहोस् । त्यसपछी टावेललाई मनतातो पानीमा भिजाएर कपाल लाई राम्रो सँग कभर गर्नुहोस् । यसले कपाल लाई स्टिम दिन्छ र तेल स-साना छिद्रबाट छालामा छिर्छ । यसले कपालमा सुद्ध हाबाको प्रबाह गर्न पनि सहयोग गर्दछ । यसको नियमित प्रयोगले तपाईंको टाउकोको छाला पनि नरम गर्दछ र सुख्खा चायाको समस्या समाधान हुन्छ ।

-फिक्सी चाया : अगाडि भने जस्तै यो चाया त्यती सजिलो चाया होइन । यो भिभिन्न काराणले आउछ जुन जटिल पनि हुन सक्दछन । त्यसैले यस्तो चाया छ भने राम्रो चर्मरोग बिशेषज्ञको सल्लाह लिनु उपयुक्त हुन्छ । जथाभाभी औषधीको प्रयोग नगर्नुहोला ।

तपाईंले जान्नु जरुरी छ कि सबै मान्छेहरु उस्तै नभए जस्तै सबैको कपालको टेक्चर पनि फरक्-फरक हुन्छ । त्यसैले सबैजनालाई एउटै श्यामपु उपयुक्त हुँदैन । त्यसैले आफ्नो कपालको टेक्चर अनुसारको श्यामपु मात्र प्रयोग गर्नुहोला ।

र, यो पनि पढ्नुहोला !

- सर्वप्रथमतः छायाले हैरान लगाएको छ भने, चर्मरोग विशेषज्ञको सल्लाह लिनु उपयुक्त हो ।

- चाया हटाउन विभिन्न एन्टी डेन्ड्रफ सेम्फूहरु हुन्छन् । तिनको उचित प्रयोगले चाया हराउन सक्छ ।

- कुनै सेम्फूमा जिंक पैरिथियोन, केटाकोनाजोल नामक फंगस नासक औषधि राखिएको हुन्छ भने कुनै सेम्फूमा पाप्रा बन्न नदिने कोल टार, सेलिसैलिक एसिडजस्ता औषधि राखिएको हुन्छ ।

- सेम्फू छान्दा केटोकोनाजोल, सेलेनियम सल्फाइड, जिंक पैरिथियोन, सेलिसिलिक एसिक, कोल टार, टि–ट्री ओयलजस्ता औषधियुक्त सेम्फू छान्नुपर्छ ।

- विभिन्न प्रकारका सेम्फूमध्ये आफूलाई उपयुक्त हुने सेम्फू छानिसकेपछि कम्तिमा एक महिना नियमित लगाउनुपर्छ । सुधार भएन भने सेम्फू बदल्न सकिन्छ । यसका लागि चर्म रोग विशेषज्ञको सल्लाह लिनु उपयुक्त हुन्छ ।

- चाया हराइसकेपछि प्रयोग गरिरहेको सेम्फू लगाउन छोड्दा फेरि आउने सम्भावना रहन्छ ।

- सेम्फूमा दिइएको लगाउने तरिका राम्रोसँग पढ्नुपर्छ र त्यही अनुसार उपयोग गर्नुपर्छ ।

- सेम्फू प्रयोग गर्नुभन्दा पहिले पाप्राहरु उप्काउनुपर्छ ।

- सेम्फू कम्तिमा पाँच मिनेटसम्म लगाउनुपर्छ । चाया नियन्त्रण नहुन्जेल दिनहँु तथा नियन्त्रण भइसकेपछि हप्तामा दुई–तीन पटक प्रयोग गर्नु उपयुक्त हुन्छ ।

- सेम्फू लामो समयसम्म प्रयोग गरिसकेपछि सेम्फू प्रभावशाली नहुन पनि सक्छ । यस्तो अवस्थामा सेम्फू बदल्नु उचित हुन्छ ।

- व्यक्तिगत सरसफाइमा उचित ध्यान दिनुपर्छ ।

- स्वस्थ छालाका लागि भिटामिनयुक्त साग–पात तथा फलफूल प्रसस्त मात्रामा खानुपर्छ ।

Comments

Popular posts from this blog

तपाईंको हातमा यस्ता चिन्ह छन भने ढुक्क हुनुहोस तपाईं अवस्य धनी बन्नुहुनेछ !

हस्त रेखा विज्ञानले मानिसको सबै कुरा हातका रेखाले निर्धारण गर्ने बताउँछ । यी रेखा हाम्रो जन्मकै क्रममा बन्ने र यीनको प्रभाव जीवनभर रहने बताइन्छ । यहाँ हामीले धनी हुने ब्यक्तिका हातका रेखा कस्ता हुन्छन् भन्ने विषयमा चर्चा गरेका छौं । जौको चिन्ह समुन्द्र शास्त्रका अनुसार जुन ब्यक्तिको हातमा औंलाको जौ जस्तो चिन्ह हुन्छ त्यस्ता ब्यक्ति निक्कै धनीमानी र सुखी हुने बताइन्छ । यो चिन्ह हुने ब्यक्ति भाग्यमानी पनि हुने गर्छन् । समाजमा प्रतिष्ठिन हुने र राजनीतिमा लागे सफल राजनीतिज्ञ हुने हस्त रेखा विज्ञानको दावी छ । शंखको चिन्ह अध्यात्मको दृष्टिले हातमा शंखको चिन्ह हुनु निक्कै राम्रो मानिन्छ । यस्ता चिन्ह भएका ब्यक्ति बुद्धीमान हुने बताइन्छ । जुन ब्यक्तिको चार वटा औंलामा शंकको चिन्ह छ त्यस्ता ब्यक्तिले सरकारी उच्च पदस्थ पद प्राप्त गर्ने सम्भावना हुन्छ । ५ बटै औंलामा यस्तो चिन्ह छ भने विदेश यात्रा भैरहने हुन्छ । विदेशमा धन आर्जन पनि राम्रो हुने मानिन्छ । जुन ब्यक्तिको ६ वटा औंलामा यस्तो चिन्ह छ औंलामा छ भने यसले धर्मकर्ममा विश्वास हुने ब्यक्ति जनाउँछ । यिनीहरु अध्यात्मिक प्रवचनमा पनि तीक्ष्ण ह...

महिलाका मनका यि पाँच कुराहरु, जसलाई उनिहरुले कहल्यै ब्यक्त गर्दैनन !

महिलाको मनको कुरा थाहा पाउन निकै मुस्किल हुन्छ । केही यस्ता कुरा हुन्छन्, जुन उनीहरू सधैं लुकाएर राख्छन् । यसमा कसैको अहित हुने कुरा नहुन सक्छ । तैपनि, उनीहरू बताउन सक्दैनन् । (१) हरेक महिलासँग लुकाएर राखेको केही खजाना हुन्छ । खजनाको बदलामा पैसा नै किन नहोस, जसलाई उनीहरू आफ्नो सानोतिनो समस्या टार्न भनेर बचाएर राख्छन् । तर, यसबारे पतिलाई कुनै जानकारी हुँदैन । तर, उनीहरू कुनै बेला पति नै समस्यामा पर्दा झिकेर दिन पछि पर्दैनन् । (२) महिलाहरू सानातिना कुरा पनि आफ्नो साथीसँग सेयर गर्न भ्याउँछन् । तर, पतिले सोध्दा अहँ भनेको छैन, म यस्तो कुरा पनि कहाँ भन्छु त भनेर ठिक्क पार्छन् । (३) महिलाले आफ्नो पहिलो मायालाई जिन्दगीमा कहिल्यै भुल्दैनन् । पहिलो प्रेमीलाई पुरै भुलिसकें भन्छन् भने त्यो सत्य होइन । (४) महिलाले आफ्नो पतिलाई सधैं भन्न चाहँदैनन् कि, खास पलमा कस्तो अनुभव भयो । यदि भनिन् भने पनि त्यो शतप्रतिशत सत्य हुँदैन । (५) कतिपय कुरा यस्ता हुन्छन्, पत्नीहरू आफ्नो सम्बन्ध नबिग्रियोस् भनेर आफ्नो विचारलाई दबाउँदै पतिसँग हो मा हो मिलाउँछन् । मनमा भने त्यसप्रतिको असन्तुष्टि कायम हुन्छ । तर, कहि...

यौनमा अनिक्षुक पार्ट्नरलाई कसरी तयार गर्ने? जन्नुहोस त्यस्ता केहि काईदाहरु

यौनका विषयमा खुलेर कुरा गरिँदैन । यौनका बारेमा जति चर्चा गर्दा या त त्यसलाई असाध्यै जटिल बनाइन्छ, या अति नै हलुका । फलस्वरुप यो कतिपयका लागि चर्चा गर्न अयोग्य विषय भएको छ भने धेरैका लागि अतिरञ्जनको विषय । फ्रायडले धेरैअघि मानिसका सबैजसो क्रिया यौनमा आधारित हुन्छ भन्ने व्याख्या गरिसक्दा पनि फ्रायड पढेका नेपाली बौद्धिक वर्गले पनि यसलाई स्वीकार्न सकेका छैनन् । यो गम्भीर विषयमा मनोविज्ञ करूणा कुँवर भने प्रस्ट छिन् । १२ वर्षदेखि मनोविज्ञान त्यसमा पनि पारिवारिक तनावका विषयमा अध्ययन-अनुसन्धान गरिरहेकी करूणा नेपालीको यौन मनोविज्ञान जटिलतातर्फ उन्मुख हुँदै गएको स्वीकार गर्छिन् । नेपालीहरूको यौन व्यवहार एवम् त्यसले सिर्जना गरिरहेको तनावले धेरै युगल जोडीहरूको वैवाहिक सम्बन्ध टुट्दै गएको उनको अनुसन्धानले देखाएको छ । जर्मन मनोवैज्ञानिक दोरोभि वेनरकी खास शिष्या करूणासँग नेपालीहरुको यौन मनोविज्ञानका विषयमा गरिएको कुरा । कसरी पार्टनरलाई सेक्सका निम्ति तयार गर्ने ? त्यसोत प्रेमलापका निम्ति न त कुनै समय हुन्छ न त कुनै नियम । प्रेम गर्नेहरु सारा संसार बिर्सेर प्रेम गर्छन । एकापसमा आलिंगन गर्ने प्रेमीहरु...