Skip to main content

चुम्मन तथा ओठ सम्बन्धी पन्ध्र रोचक तथ्यहरु ! जानेर अचम्ममा पर्नुहुनेछ

मानव शरीरका अंगमध्ये ओठ सबैभन्दा संवेदनशील अंग पनि हो । सौन्दर्यमा महत्वपूर्ण भूमिका राख्ने ओठ व्यक्तिअनुसार विभिन्न आकारका हुन्छन् । तर, ओठबारे कैयौँ तथ्य छन्, जुन तपाईं अधिकांशलाई थाहा नहुन सक्छ :

-ओठमा कहिल्यै पसिना आउँदैन, किनभने पसिना ग्रन्थि नै हुँदैन । ओठमा डन्डिफोर पनि आउँदैन।

-औँलाको छापजस्तै ओठको छाप पनि कसैको कसैसँग मिल्दैन ।

-उमेर बढ्दै जाँदा ओठ भने पातलो हुँदै जान्छन् । शरीरमा कोलाजन निर्माणमा आउने कमीले यस्तो हुन्छ । कोलाजनकै कमीले ओठको कमलोपनमा पनि ह्रास आउँछ ।

-ओठले मानिसको कामुकताबारे जानकारी दिन्छ । खासगरी महिलाको ओठको आकारले उनको कामुकता दर्साउँछ ।

-मानव शरीरको छालामा १६ वटा तह हुन्छन् । तर, ओठमा भने तीनदेखि पाँचवटासम्म मात्रै तह हुन्छन् । यही कारण ओठ राता र गुलाबी हुन्छन् ।

-शरीरमा पानी कम हुँदा ओठ सुक्ने गर्छ । शरीरमा भिटामिन ‘बी’को कमीले ओठ सुक्ने तथा फुट्ने समस्या देखा पर्छ । आइरन वा फोलेटको कमीले पनि फुट्छ ।

-माथिल्लो ओठको संरचनामा आर्बिकुलरिस ओरिस मसल्स पनि हुन्छन् । पित्तल, बाँस अथवा काठबाट बनेका वाद्ययन्त्र बजाउँदा वा सिटी फुक्दा यिनै मसल्सले संकुचित बनाउँछन् ।

-शरीरमा नसा समाप्त हुने स्थान संवेदनशील हुन्छन् । ओठमा धेरै नसाको अन्त्य हुन्छ । त्यसैले संवेदनशील हुन्छ । ओठमा झन्डै १० लाख नसा हुन्छन् । ओठ औँलाभन्दा १०० गुणा बढी संवेदनशील हुन्छ ।

-ओठको क्यान्सर हुने सम्भावना महिलाभन्दा पुरुषमा बढी हुन्छ ।

-टेक्सासका एकजना एन्थ्रोपोलोजिस्ट (मानव विशेषज्ञ) डा. भाउगन ब्रियन्टका अनुसार चुम्बन गर्ने चलन भारतबाट प्रारम्भ भएको हो । अलेक्जेन्डर द ग्रेटका सैनिकहरूले भारत आउँदा चुम्बन गर्न सिके र संसारभर यसको प्रसार भयो ।

-फ्रान्सका समाजशास्त्रीहरूले आफ्नो अध्ययनबाट पत्ता लगाए कि रातो ओठ भएका महिलाहरूप्रति पुरुष बढी आकर्षित हुन्छन् ।

-ओठको चुम्बनले मस्तिष्कमा डोपामाइन रसायन स्रावित हुन्छ । डोपामाइन मानव शरीर र मस्तिष्कमा आनन्द, उल्लास, उत्साह, सुखको आभास, परम आनन्द अनुभूतिको उत्प्रेरक हो । यसैकारण मानिस चुम्बन गर्न लालायित रहन्छ ।

-आमाहरूले आफ्ना शिशुलाई आफ्नै मुखबाट भोजन गराउने आदिम चलन नै पछि गएर चुम्बनमा विकसित भएको वैज्ञानिक अवधारणा छ।

-चुम्बनले पाचनक्रियालाई सघाउँछ । यसका अतिरिक्त भोक, निद्रा, स्मृतिमा पनि मद्दत पुग्छ । चुम्बन गर्दा निस्कने हुने सेरोटोनिनले यो भूमिका निर्वाह गर्छ ।

Comments

Popular posts from this blog

तपाईंको हातमा यस्ता चिन्ह छन भने ढुक्क हुनुहोस तपाईं अवस्य धनी बन्नुहुनेछ !

हस्त रेखा विज्ञानले मानिसको सबै कुरा हातका रेखाले निर्धारण गर्ने बताउँछ । यी रेखा हाम्रो जन्मकै क्रममा बन्ने र यीनको प्रभाव जीवनभर रहने बताइन्छ । यहाँ हामीले धनी हुने ब्यक्तिका हातका रेखा कस्ता हुन्छन् भन्ने विषयमा चर्चा गरेका छौं । जौको चिन्ह समुन्द्र शास्त्रका अनुसार जुन ब्यक्तिको हातमा औंलाको जौ जस्तो चिन्ह हुन्छ त्यस्ता ब्यक्ति निक्कै धनीमानी र सुखी हुने बताइन्छ । यो चिन्ह हुने ब्यक्ति भाग्यमानी पनि हुने गर्छन् । समाजमा प्रतिष्ठिन हुने र राजनीतिमा लागे सफल राजनीतिज्ञ हुने हस्त रेखा विज्ञानको दावी छ । शंखको चिन्ह अध्यात्मको दृष्टिले हातमा शंखको चिन्ह हुनु निक्कै राम्रो मानिन्छ । यस्ता चिन्ह भएका ब्यक्ति बुद्धीमान हुने बताइन्छ । जुन ब्यक्तिको चार वटा औंलामा शंकको चिन्ह छ त्यस्ता ब्यक्तिले सरकारी उच्च पदस्थ पद प्राप्त गर्ने सम्भावना हुन्छ । ५ बटै औंलामा यस्तो चिन्ह छ भने विदेश यात्रा भैरहने हुन्छ । विदेशमा धन आर्जन पनि राम्रो हुने मानिन्छ । जुन ब्यक्तिको ६ वटा औंलामा यस्तो चिन्ह छ औंलामा छ भने यसले धर्मकर्ममा विश्वास हुने ब्यक्ति जनाउँछ । यिनीहरु अध्यात्मिक प्रवचनमा पनि तीक्ष्ण ह...

महिलाका मनका यि पाँच कुराहरु, जसलाई उनिहरुले कहल्यै ब्यक्त गर्दैनन !

महिलाको मनको कुरा थाहा पाउन निकै मुस्किल हुन्छ । केही यस्ता कुरा हुन्छन्, जुन उनीहरू सधैं लुकाएर राख्छन् । यसमा कसैको अहित हुने कुरा नहुन सक्छ । तैपनि, उनीहरू बताउन सक्दैनन् । (१) हरेक महिलासँग लुकाएर राखेको केही खजाना हुन्छ । खजनाको बदलामा पैसा नै किन नहोस, जसलाई उनीहरू आफ्नो सानोतिनो समस्या टार्न भनेर बचाएर राख्छन् । तर, यसबारे पतिलाई कुनै जानकारी हुँदैन । तर, उनीहरू कुनै बेला पति नै समस्यामा पर्दा झिकेर दिन पछि पर्दैनन् । (२) महिलाहरू सानातिना कुरा पनि आफ्नो साथीसँग सेयर गर्न भ्याउँछन् । तर, पतिले सोध्दा अहँ भनेको छैन, म यस्तो कुरा पनि कहाँ भन्छु त भनेर ठिक्क पार्छन् । (३) महिलाले आफ्नो पहिलो मायालाई जिन्दगीमा कहिल्यै भुल्दैनन् । पहिलो प्रेमीलाई पुरै भुलिसकें भन्छन् भने त्यो सत्य होइन । (४) महिलाले आफ्नो पतिलाई सधैं भन्न चाहँदैनन् कि, खास पलमा कस्तो अनुभव भयो । यदि भनिन् भने पनि त्यो शतप्रतिशत सत्य हुँदैन । (५) कतिपय कुरा यस्ता हुन्छन्, पत्नीहरू आफ्नो सम्बन्ध नबिग्रियोस् भनेर आफ्नो विचारलाई दबाउँदै पतिसँग हो मा हो मिलाउँछन् । मनमा भने त्यसप्रतिको असन्तुष्टि कायम हुन्छ । तर, कहि...

यो बार जन्मिने मान्छेहरु धनी र भाग्यमानी हुन्छन ! जानी रखौ

आइतबारको दिन सूर्यको हो भने सोमवारको मुख्य ग्रह चन्द्र हो । मंगलवार मंगलको प्रभाव हुन्छ भने बुधवार बुधको । विहीबार वृहस्पति र शुक्रवार शुक्रको प्रभाव सबै भन्दा बढी हुन्छ । शनिवारको कारक ग्रह शनि मानिन्छ । ज्योतिषका अनुसार जुन बार जन्मियो त्यो बारको ग्रहको प्रभाव जीवनका सबै पाटामा पर्छ । मान्छेको स्वभाव र भाग्य समेत जन्मबारले निर्धारण गर्ने ज्योतिष शास्त्रीको दावी छ । कस्तो हुन्छ कुन बार जन्मिनको मान्छेको स्वभाव र भाग्य थाहा पाउनुस् । आइतबारः पुरुष आइतबार जन्मिने मानिस भाग्यशाली हुन्छन् । उनीहरुको आयु पनि लामो हुन्छ । यस्ता ब्यक्ति कम बोल्ने र कला र शिक्षामा अगाडी हुन्छन् । यो बार जन्मिने ब्यक्तिमा धार्मिक आस्था पनि हुन्छ र घर परिवारका सदस्यलाई खुसी राख्न अधिक प्रयास गर्छन् । तर यिनीहरुलाई २० देखि २२ वर्ष सम्म दुःख हुन्छ । स्त्री आइतबार जन्मिने स्त्री दान-पुण्य गर्ने र बलशाली एवं चतुर हुन्छन् । सोमबारः पुरुष सोमबार जन्मिने ब्यक्तिको बोली मिठो हुन्छ । यस्ता ब्यक्तिको जीवनमा सुख दुख बराबर जस्तै हुन्छ किन भने उनीहरुलाई दुःख सुख उस्तै उस्तै लाग्छ । सोमबार जन्मिने ब्यकेति विद्वान, कल...