Skip to main content

बागी उमद्वारले सिर्सनेताहरु तनवमा | राजनीतिले लियो नयाँ मोड

१६ कात्तिक,काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको लागि दोस्रो चरणको उम्मेदवारी मनोनयनका क्रममा प्रमुख दलले धेरै ठाउँमा बागी उम्मेदारको सामना गर्नु परेको छ । टिकट वितरणमा असन्तुष्ट भएका बिभिन्न दलका माथिल्लो तहका नेतादेखि कार्यकर्तासम्मले स्वतन्त्र उम्मेदवारी दिएपछि दलहरुलाई समस्या भएको छ ।

कतिपय ठाउँमा चुनावका बेला भर्खरै पार्टी प्रवेश गरेकाहरुले टिकट नपाएपछि बागी उम्मेदवारी दिएका छन् भने कतिपय पूराना र प्रभावशाली नेता समेत विद्रोही बनेका छन् । पहिलो चरणमा भन्दा दोस्रो चरणमा बागी विद्रोहीको संख्या पनि बढी देखिएको छ । मनोनयन सकिँदासम्म शीर्ष नेताहरुमध्ये कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल, राजपा अध्यक्ष महन्थ ठाकुरविरुद्ध बागी उम्मेदवारी परेको छ । त्यस्तै संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, राजपा अध्यक्ष मडण्लका सदस्य अनिल झा र माओवादी नेता हरिबोल गजुरेलविरुद्ध गठबन्धनबाटै बागी उम्मेदवार भएका छन् ।

कांग्रेसका बागी

कांग्रेस नेता तथा पूर्व गृहमन्त्री गोविन्दराज जोशी तनहुँ क्षेत्र नम्बर १ बाट बरिष्ठ नेता रामचन्द्र पौडेलको बागी उम्मेदवार भएका छन् । उनको उम्मेदवारीले पौडेललाई अफ्ठ्यारो पारेको छ । त्यस्तै कास्की २ को ख मा पनि कांग्रेस नेता नरेशशंकर पालिखेले आधिकारिक उम्मेदार बिन्दुकुमार थापाविरुद्ध बागी उम्मेदवारी दिएका छन् । उता रुपन्देही ३ को क मा पनि कांग्रेसका ओमकुमार श्रेष्ठले आधिकारिक उम्मेदवार देवीराम चौधरीविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

दैलेखमा प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा गठबन्धनका राप्रपा उम्मेदवार दिपक शाहीविरुद्ध कांग्रेसका नेता तथा पूर्वमन्त्री गणेशवहादुर खड्का बागी उम्मेदवार बनेका छन् । त्यस्तै कांग्रेस युवा नेता नरसिंह मल्ल प्रदेशसभाको बागी उम्मेदवार बनेका छन् । यस्तै कैलाली-५ मा प्रधानमन्त्री पत्नी डा. अारजु राणा देउवाबिरूद्ध नेपाल बिद्यार्थी संघका नेता क्षितिज भण्डारीले बागी उम्मेदवारी दिएका छन् ।

वाम गठबन्धनका कम छैनन् बागी

वाम गठबन्धनमा एमालेका बरिष्ठ नेता माधवकुृमार नेपालले नै बागीको सामना गर्नु परेको छ । काठमाडौं २ मा एमाले कार्यकर्ता एलपी श्रेष्ठले नेपालविरुद्ध बागी उम्मेदवारी दिएका हुन् । एक महिनाअघिमात्र एमाले प्रवेश गरेकी गायिका कोमल वलीले दाङ ३ मा आधिकारिक उम्मेदवार हिराचन्द्र केसीविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएकी छन् । वामपन्थी गठबन्धन विरुद्ध सल्यानमा प्रतिनिधिसभा र प्रदेशसभाका तीनै सिटमा माओवादी नेताहरुले बागी उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभामा माओवादी नेता टेकवहादुर बस्नेतविरुद्ध पार्टी पोलिटव्यूरो सदस्य तथा पूर्वसभासद उमाकान्त शर्मा उठेका छन् ।

त्यस्तै प्रदेशसभातर्फ क मा एमालेका गुलाबजंग शाहविरुद्ध माओवादी जिल्ला संयोजक भीमप्रकाश शर्मा र ख मा एमालेका प्रकाश ज्वालाविरुद्ध जितवहादुर पुनले उम्मेदवारी दिएका छन् । सिन्धुलीमा माओवादी नेता हरिबोल गजुरेलविरुद्ध प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा रामकुमार पौडेलले बागी उम्मेदवारी दिएका छन् । त्यस्तै प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा एमालेका गणेश पहाडीविरुद्ध उसकै पार्टीका कुमारबहादुर कार्कीले बागी उम्मेदवारी दिएका छन् । सिन्धुली १ को क मा माओवादी उम्मेदवार लेखनाथ दाहालविरुद्ध माओवादीकै जिल्ला उपाध्यक्ष दिलवहादुर विश्वकर्माले उम्मेदवारी दिएका छन् । उता बारामा वामपन्थी गठबन्धनबाट क्षेत्र नम्बर ३ को क मा ज्वालाकुमारी साहविरुद्ध एमालेका भरत खड्का उम्मेदवार बनेका छन् । रुपन्देही ५ को क मा एमालेका भुमिश्वर ढकालविरुद्ध सोही पार्टीका मिनप्रसाद घिमिरेले बागी उम्मेदवारी दिएका छन् ।

मधेसकेन्द्रित गठबन्धनका बागी

राजपा फोरमको गठबन्धनका प्रमुख तीन शीर्ष नेताविरुद्ध बागी उम्मेदवारी परेको छ । महन्थ ठाकुरविरुद्ध सोही पार्टीका चन्द्रेश्वर झा महोत्तरी ३ मा बागी उम्मेदवार बनेका छन् । पूर्वसांसद झा केही समयअघिमात्र राजपा प्रवेश गरेका थिए । त्यस्तै राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झाविरुद्ध रौतहट १ मा पूर्व सभासद बबन सिंह बागी उम्मेदवार बनेका छन् । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवविरुद्ध सप्तरी २ मा राजपा सहमहामन्त्री जयप्रकाश ठाकुर बागी उम्मेदवार बनेका छन् ।

Comments

Popular posts from this blog

तपाईंको हातमा यस्ता चिन्ह छन भने ढुक्क हुनुहोस तपाईं अवस्य धनी बन्नुहुनेछ !

हस्त रेखा विज्ञानले मानिसको सबै कुरा हातका रेखाले निर्धारण गर्ने बताउँछ । यी रेखा हाम्रो जन्मकै क्रममा बन्ने र यीनको प्रभाव जीवनभर रहने बताइन्छ । यहाँ हामीले धनी हुने ब्यक्तिका हातका रेखा कस्ता हुन्छन् भन्ने विषयमा चर्चा गरेका छौं । जौको चिन्ह समुन्द्र शास्त्रका अनुसार जुन ब्यक्तिको हातमा औंलाको जौ जस्तो चिन्ह हुन्छ त्यस्ता ब्यक्ति निक्कै धनीमानी र सुखी हुने बताइन्छ । यो चिन्ह हुने ब्यक्ति भाग्यमानी पनि हुने गर्छन् । समाजमा प्रतिष्ठिन हुने र राजनीतिमा लागे सफल राजनीतिज्ञ हुने हस्त रेखा विज्ञानको दावी छ । शंखको चिन्ह अध्यात्मको दृष्टिले हातमा शंखको चिन्ह हुनु निक्कै राम्रो मानिन्छ । यस्ता चिन्ह भएका ब्यक्ति बुद्धीमान हुने बताइन्छ । जुन ब्यक्तिको चार वटा औंलामा शंकको चिन्ह छ त्यस्ता ब्यक्तिले सरकारी उच्च पदस्थ पद प्राप्त गर्ने सम्भावना हुन्छ । ५ बटै औंलामा यस्तो चिन्ह छ भने विदेश यात्रा भैरहने हुन्छ । विदेशमा धन आर्जन पनि राम्रो हुने मानिन्छ । जुन ब्यक्तिको ६ वटा औंलामा यस्तो चिन्ह छ औंलामा छ भने यसले धर्मकर्ममा विश्वास हुने ब्यक्ति जनाउँछ । यिनीहरु अध्यात्मिक प्रवचनमा पनि तीक्ष्ण ह...

महिलाका मनका यि पाँच कुराहरु, जसलाई उनिहरुले कहल्यै ब्यक्त गर्दैनन !

महिलाको मनको कुरा थाहा पाउन निकै मुस्किल हुन्छ । केही यस्ता कुरा हुन्छन्, जुन उनीहरू सधैं लुकाएर राख्छन् । यसमा कसैको अहित हुने कुरा नहुन सक्छ । तैपनि, उनीहरू बताउन सक्दैनन् । (१) हरेक महिलासँग लुकाएर राखेको केही खजाना हुन्छ । खजनाको बदलामा पैसा नै किन नहोस, जसलाई उनीहरू आफ्नो सानोतिनो समस्या टार्न भनेर बचाएर राख्छन् । तर, यसबारे पतिलाई कुनै जानकारी हुँदैन । तर, उनीहरू कुनै बेला पति नै समस्यामा पर्दा झिकेर दिन पछि पर्दैनन् । (२) महिलाहरू सानातिना कुरा पनि आफ्नो साथीसँग सेयर गर्न भ्याउँछन् । तर, पतिले सोध्दा अहँ भनेको छैन, म यस्तो कुरा पनि कहाँ भन्छु त भनेर ठिक्क पार्छन् । (३) महिलाले आफ्नो पहिलो मायालाई जिन्दगीमा कहिल्यै भुल्दैनन् । पहिलो प्रेमीलाई पुरै भुलिसकें भन्छन् भने त्यो सत्य होइन । (४) महिलाले आफ्नो पतिलाई सधैं भन्न चाहँदैनन् कि, खास पलमा कस्तो अनुभव भयो । यदि भनिन् भने पनि त्यो शतप्रतिशत सत्य हुँदैन । (५) कतिपय कुरा यस्ता हुन्छन्, पत्नीहरू आफ्नो सम्बन्ध नबिग्रियोस् भनेर आफ्नो विचारलाई दबाउँदै पतिसँग हो मा हो मिलाउँछन् । मनमा भने त्यसप्रतिको असन्तुष्टि कायम हुन्छ । तर, कहि...

यौनमा अनिक्षुक पार्ट्नरलाई कसरी तयार गर्ने? जन्नुहोस त्यस्ता केहि काईदाहरु

यौनका विषयमा खुलेर कुरा गरिँदैन । यौनका बारेमा जति चर्चा गर्दा या त त्यसलाई असाध्यै जटिल बनाइन्छ, या अति नै हलुका । फलस्वरुप यो कतिपयका लागि चर्चा गर्न अयोग्य विषय भएको छ भने धेरैका लागि अतिरञ्जनको विषय । फ्रायडले धेरैअघि मानिसका सबैजसो क्रिया यौनमा आधारित हुन्छ भन्ने व्याख्या गरिसक्दा पनि फ्रायड पढेका नेपाली बौद्धिक वर्गले पनि यसलाई स्वीकार्न सकेका छैनन् । यो गम्भीर विषयमा मनोविज्ञ करूणा कुँवर भने प्रस्ट छिन् । १२ वर्षदेखि मनोविज्ञान त्यसमा पनि पारिवारिक तनावका विषयमा अध्ययन-अनुसन्धान गरिरहेकी करूणा नेपालीको यौन मनोविज्ञान जटिलतातर्फ उन्मुख हुँदै गएको स्वीकार गर्छिन् । नेपालीहरूको यौन व्यवहार एवम् त्यसले सिर्जना गरिरहेको तनावले धेरै युगल जोडीहरूको वैवाहिक सम्बन्ध टुट्दै गएको उनको अनुसन्धानले देखाएको छ । जर्मन मनोवैज्ञानिक दोरोभि वेनरकी खास शिष्या करूणासँग नेपालीहरुको यौन मनोविज्ञानका विषयमा गरिएको कुरा । कसरी पार्टनरलाई सेक्सका निम्ति तयार गर्ने ? त्यसोत प्रेमलापका निम्ति न त कुनै समय हुन्छ न त कुनै नियम । प्रेम गर्नेहरु सारा संसार बिर्सेर प्रेम गर्छन । एकापसमा आलिंगन गर्ने प्रेमीहरु...