Skip to main content

आफन्तलाई यि १० प्रश्नहरु सोध्नु भएको छ ? अब त्यसो नगर्नुहोस्

एजेन्सी)– हाम्रा अगाडि त्यस्ता थुप्रै प्रश्नहरु हुन्छन् जसलाई हामी सुन्दा सुन्दा हैरान भइसकेका हुन्छौँ । अझ खासमा के छ भने यस्ता हैरान हुने प्रश्नहरु हामीले आफन्तबाट नै बढि सुन्ने गर्छाैँ । आउनुहोस्, थाहा पाऔँ त्यस्ता १० प्रश्नहरुः

1. नतिजा कस्तो भयो ? को होला, जसलाई नतिजाको बारेमा डर नलागोस् तर आफन्तलाई यो कुराले के फरक पार्छ र ? उनीहरु घरमा आउँदा नतिजाको बारेमा नाना थरी प्रश्नहरु सोध्ने गर्दछन् । दुर्भाग्यले यदि तपाईंको नतिजा नराम्रो आएको छ भने उनीहरुको व्यंगवाण सहन मुस्किल हुने गर्दछ ।

2. तिम्रो तौल बढेको हो ? आफूलाई मोटो भनेको कसलाई पो मनपर्ला र ? यसो हुँदा हुँदै कोही आफन्तहरु पटक–पटक यस्तो प्रश्न गर्ने गर्दछन् । हुन सक्छ, कसैले तपाईंको साँच्चै नै चिन्ता गरिरहनु भएको होला तर धेरैजसो आफन्तहरु तपाईंको अनुहारमा तनाव भएको हेर्न पाउँदा आनन्दित मान्छन् । अब यदि तपाईंले कसैलाई तपाईंको तौल बढेको हो भनेर प्रश्न गर्छ भने तपाईंले यसको जवाफमा ‘हामी हुने खाने घरको सदस्य हौँ’ भन्दै हाँसेर जवाफ दिनुहोला ।

3. जागिर पाएको छैनौ ? यदि तपाईंले जागिर खानुभएको छैन र जागिर खोज्दै हुनुहुन्छ भने तपाईंको आफन्त यो कुरामा बढि तनावमा भएको देखिन्छन् । तपाईंको जागिरको स्थितिको बारेमा सोधपुछ गर्न उनीहरु सदैव व्यस्त हुने गर्दछन् । यस्तो अवस्थामा तपाईंले उनीहरुको लागि नै कमाउनेजस्तो देखिन्छ । त्यसकारण अब जतिबेला तपाईंलाई कसैले जागिरको बारेमा सोधेमा तपाईं यो भन्नको लागि तयार हुनुहोस् कि ‘पहिलो ट्रिट तपाईंलाई नै दिनेछु ।’

4. साथीहरुबाट किन केही सिक्दैनौ ? कोही आफन्तहरुले तपाईंलाई तपाईंको साथीहरुसँग पनि तुलना गर्न पछि पर्दैनन् । उनीहरुका लागि तपाईं जहिले पनि एक मुद्दा बन्नु हुनेछ जसको तुलना उनीहरु तपाईंको सफल साथीहरुसँग गर्ने गर्दछन् र तपाईंले पनि आफ्नो साथीबाट केहि सिक्नुपर्ने भन्दै सुनाउने गर्दछन् ।

5.पैसा उधारो पाउन सकिन्छ ? पैसा र सम्बन्ध कहिले पनि मिल्नु हुँदैन । पैसाको कारणले सम्बन्धमा खटपट आउने गर्दछ । सबैभन्दा राम्रो यो हुन्छ कि कसैलाई पनि उधारो दिने नगर्नुहोस् विशेषगरि आफन्तहरुलाई । आफन्तहरु बाट सापटी लिनु भनेको आफैँलाई उनीहरुको अधिनमा राख्नु हो र उनीहरुको कुराहरु सुन्न बाध्य हुनु हो । आफन्तलाई उधारो दिनु भयो भने त्यो फिर्ता पाउने आश नगर्नुहोस् ।

6. तलब कति छ ? कारण चाहे जेसुकै होस् तर नेपाली आफन्तहरुलाई आफ्नो प्रिय मानिसहरुको तलबको बारेमा जान्ने इच्छा सधैँ हुने गर्दछ । उनीहरु कुनै न कुनै रुपले तपाईंले कति कमाउनु हुन्छ भन्ने कुरा जान्न चाहन्छन् । यसको पछाडि उद्देश्य तपाईंलाई सानो देखाउनु नै हुने गर्दछ । कोही आफन्तलाई तपाईं असहज अवस्थामा भएको हेर्न राम्रो लाग्ने गर्दछ ।

7. कुनै प्रेमी वा प्रेमिका छ ? नेपाली घरमा एउटा अलिखित नियम छ जसका अनुसार पुरुष र महिलाको विवाहको उमेर तय हुने गर्दछ । यो तोकिएको उमेरमा पनि कसैको विवाह भएको छैन भने त आफन्तलाई यो एउटा विषय नै बनेको हुन्छ । यस्तो अवस्थामा तपाईंका आफन्तहरु तपाईंको प्रेमी वा प्रेमिका भए नभएको सोध्न उनीहरु बेर नै लगाउँदैनन् । अचम्मको कुरा के छ भने उनीहरु यो प्रश्नको उत्तर ‘छ’ भन्ने सुन्न चाहन्छन् ।

8. साडी किन लगाउँदैनौ ? यदि तपाईं महिला हुनुहुन्छ भने शायद तपाईंले यस्तो सवालको सामना गर्नुपरेको हुनसक्छ । विशेषगरि यस्तो प्रश्न उमेर पुगेको आफन्तले गर्ने गर्दछन् । उनीहरुको नजरमा नेपाली महिलाले साडी र कुर्ताजस्ता लुगाहरु मात्र लगाउनुपर्छ जसले उनलाई भद्र भलाद्मी भएको देखियोस् भन्ने मान्यता रहेको हुन्छ ।

9. विवाह कहिले गर्ने हो ? नेपालमा विवाहको अर्थ हुन्छ परिवारलाई बढाउनु र सामाजिक चक्र बनाइराख्नु । यदि तपाईंको विवाह गर्ने उमेर भएको छ भने तपाईंका आफन्तले विवाह कहिले गर्दै छौ भन्ने प्रश्न सोधेर हैरान गर्नुहुनेछ ।

10. घरमा नयाँ पाहुना कहिले आउँदैछ ? बच्चा कहिले हुन्छ, यसको अधिकार जोडीलाई मात्र हुने गर्दछ, तर आफन्त यो कुरामा कहाँ पछि हट्छन् र ? विवाह गरेको एक वर्ष नबित्दै बच्चा कहिले हुन्छ भन्ने प्रश्नको ओइरो लाग्ने गर्दछ । खुसीको खबर भइकन पनि यस्तो प्रश्न बोझको रुपमा खडा भएको हुन्छ ।

Comments

Popular posts from this blog

तपाईंको हातमा यस्ता चिन्ह छन भने ढुक्क हुनुहोस तपाईं अवस्य धनी बन्नुहुनेछ !

हस्त रेखा विज्ञानले मानिसको सबै कुरा हातका रेखाले निर्धारण गर्ने बताउँछ । यी रेखा हाम्रो जन्मकै क्रममा बन्ने र यीनको प्रभाव जीवनभर रहने बताइन्छ । यहाँ हामीले धनी हुने ब्यक्तिका हातका रेखा कस्ता हुन्छन् भन्ने विषयमा चर्चा गरेका छौं । जौको चिन्ह समुन्द्र शास्त्रका अनुसार जुन ब्यक्तिको हातमा औंलाको जौ जस्तो चिन्ह हुन्छ त्यस्ता ब्यक्ति निक्कै धनीमानी र सुखी हुने बताइन्छ । यो चिन्ह हुने ब्यक्ति भाग्यमानी पनि हुने गर्छन् । समाजमा प्रतिष्ठिन हुने र राजनीतिमा लागे सफल राजनीतिज्ञ हुने हस्त रेखा विज्ञानको दावी छ । शंखको चिन्ह अध्यात्मको दृष्टिले हातमा शंखको चिन्ह हुनु निक्कै राम्रो मानिन्छ । यस्ता चिन्ह भएका ब्यक्ति बुद्धीमान हुने बताइन्छ । जुन ब्यक्तिको चार वटा औंलामा शंकको चिन्ह छ त्यस्ता ब्यक्तिले सरकारी उच्च पदस्थ पद प्राप्त गर्ने सम्भावना हुन्छ । ५ बटै औंलामा यस्तो चिन्ह छ भने विदेश यात्रा भैरहने हुन्छ । विदेशमा धन आर्जन पनि राम्रो हुने मानिन्छ । जुन ब्यक्तिको ६ वटा औंलामा यस्तो चिन्ह छ औंलामा छ भने यसले धर्मकर्ममा विश्वास हुने ब्यक्ति जनाउँछ । यिनीहरु अध्यात्मिक प्रवचनमा पनि तीक्ष्ण ह...

महिलाका मनका यि पाँच कुराहरु, जसलाई उनिहरुले कहल्यै ब्यक्त गर्दैनन !

महिलाको मनको कुरा थाहा पाउन निकै मुस्किल हुन्छ । केही यस्ता कुरा हुन्छन्, जुन उनीहरू सधैं लुकाएर राख्छन् । यसमा कसैको अहित हुने कुरा नहुन सक्छ । तैपनि, उनीहरू बताउन सक्दैनन् । (१) हरेक महिलासँग लुकाएर राखेको केही खजाना हुन्छ । खजनाको बदलामा पैसा नै किन नहोस, जसलाई उनीहरू आफ्नो सानोतिनो समस्या टार्न भनेर बचाएर राख्छन् । तर, यसबारे पतिलाई कुनै जानकारी हुँदैन । तर, उनीहरू कुनै बेला पति नै समस्यामा पर्दा झिकेर दिन पछि पर्दैनन् । (२) महिलाहरू सानातिना कुरा पनि आफ्नो साथीसँग सेयर गर्न भ्याउँछन् । तर, पतिले सोध्दा अहँ भनेको छैन, म यस्तो कुरा पनि कहाँ भन्छु त भनेर ठिक्क पार्छन् । (३) महिलाले आफ्नो पहिलो मायालाई जिन्दगीमा कहिल्यै भुल्दैनन् । पहिलो प्रेमीलाई पुरै भुलिसकें भन्छन् भने त्यो सत्य होइन । (४) महिलाले आफ्नो पतिलाई सधैं भन्न चाहँदैनन् कि, खास पलमा कस्तो अनुभव भयो । यदि भनिन् भने पनि त्यो शतप्रतिशत सत्य हुँदैन । (५) कतिपय कुरा यस्ता हुन्छन्, पत्नीहरू आफ्नो सम्बन्ध नबिग्रियोस् भनेर आफ्नो विचारलाई दबाउँदै पतिसँग हो मा हो मिलाउँछन् । मनमा भने त्यसप्रतिको असन्तुष्टि कायम हुन्छ । तर, कहि...

यौनमा अनिक्षुक पार्ट्नरलाई कसरी तयार गर्ने? जन्नुहोस त्यस्ता केहि काईदाहरु

यौनका विषयमा खुलेर कुरा गरिँदैन । यौनका बारेमा जति चर्चा गर्दा या त त्यसलाई असाध्यै जटिल बनाइन्छ, या अति नै हलुका । फलस्वरुप यो कतिपयका लागि चर्चा गर्न अयोग्य विषय भएको छ भने धेरैका लागि अतिरञ्जनको विषय । फ्रायडले धेरैअघि मानिसका सबैजसो क्रिया यौनमा आधारित हुन्छ भन्ने व्याख्या गरिसक्दा पनि फ्रायड पढेका नेपाली बौद्धिक वर्गले पनि यसलाई स्वीकार्न सकेका छैनन् । यो गम्भीर विषयमा मनोविज्ञ करूणा कुँवर भने प्रस्ट छिन् । १२ वर्षदेखि मनोविज्ञान त्यसमा पनि पारिवारिक तनावका विषयमा अध्ययन-अनुसन्धान गरिरहेकी करूणा नेपालीको यौन मनोविज्ञान जटिलतातर्फ उन्मुख हुँदै गएको स्वीकार गर्छिन् । नेपालीहरूको यौन व्यवहार एवम् त्यसले सिर्जना गरिरहेको तनावले धेरै युगल जोडीहरूको वैवाहिक सम्बन्ध टुट्दै गएको उनको अनुसन्धानले देखाएको छ । जर्मन मनोवैज्ञानिक दोरोभि वेनरकी खास शिष्या करूणासँग नेपालीहरुको यौन मनोविज्ञानका विषयमा गरिएको कुरा । कसरी पार्टनरलाई सेक्सका निम्ति तयार गर्ने ? त्यसोत प्रेमलापका निम्ति न त कुनै समय हुन्छ न त कुनै नियम । प्रेम गर्नेहरु सारा संसार बिर्सेर प्रेम गर्छन । एकापसमा आलिंगन गर्ने प्रेमीहरु...