Skip to main content

जितु नेपालले कफिमा ब्ल्याक-लेवल मिसाएपछी ! केदार घिमिरेको अनुभव

काठमाडौं, मंसिर १ – ‘छक्का पञ्जा २’ले बिहीबार प्रदर्शनको ५१ दिन मनाएको छ । असोज ११ गते फूलपातीको अवसर पारेर प्रदर्शनमा आएको यो सिनेमाले कात्तिक ३० गते प्रदर्शनको ५१ दिनपार गरेको हो ।

सिनेमा प्रदर्शन भएको ५१ दिनको अवसरमा काठमाडौंको सिटी सेन्टरमा विशेष कार्यक्रमको आयोजना गरिएको थियो । हामीले सिनेमाका निर्माता तथा कलाकार केदार घिमिरेसँग सिनेमाको कथा लेखनको समयलाई सम्झने प्रयास गरेका छौं ।

‘छक्का पन्जा २’ले ५१ औं दिन मनायो, ‘छक्का पञ्जा २’ कसरी बनेको थियो सम्झिनुस त ?

खास हाम्रो विकास आचार्य दाइले आफैले बनाउन लागेको सिनेमा ‘निरान्जना’ थियो । यो निर र अन्जना भन्ने दुईजना पात्रको कथा हो । त्यसपछि उहाँले यो कथामा अलिकति सहयोग गरिदिनु न भनेर दीपक दाइलाई दिनुभएको रहेछ । दीपक दाइले अलि–अलि थप्दै जाने क्रममा कथामा कमेडी थप्दै जानुभएछ । कमेडी थप्दै जाँदा यो ‘छक्का पन्जा २’ बनाउन त भन्ने भएछ । अनि टिममा प्रस्ताव आयो । यो कथामा ‘छक्का पन्जा २’ बनाउने भइयो । त्यसमा अलिकति तोडमोड गरेर कमेडी थप्नुपर्यो र सम्वाद लेख्नुपर्यो भन्ने कुरा आयो ।

त्यतिबेला हामी तत्काल सिनेमान बनाउने मनस्थितीमा बसेका थियौं । त्यसकारण ल ! यो स्क्रिप्टलाई नै फाइनल गरौं न त भन्ने भयो । पछि सम्वाद लेख्न धुलिखेलमा म, दीपक दाइ, जितु दाइ र अभिमन्यू निरवी बस्यौँ ।

धुलिखेलमा बसेर कथा सुन्दा हाँस्ने ठाँउ त कही भेटिएन । होटल पनि त्यस्तै थियो । बसको हर्न सुनिरहने । आवाज आइरहने । त्यसले गर्दा मन पनि भिर रहन सकेन । कथा पनि दिकदार लाग्दो । त्यहाँको वातावरणले गर्दा हामीबीचमा रातैभरी झगडा पर्यो । यस्तो सिनेमा लिएर अब हाम्रो अलि–अलि भएको नामपनि माटोमा मिल्ने भयो । यस्तो सिनेमा बनाएर कसरी उँभो लागिन्छ भनेर हामीबीच झगडा पर्यो । त्यहाँ बस्दा झगडा मात्र भयो र सुतियो । पछि त्यो होटल लोद्धर रहेछ भन्ने लागेर बिहान उठ्ने बित्तिकै त्यहाँबाट हिँडियो (लामो हासोँ) । यो होटेलको वास्तु मिलेको रैनछ भनेर त्यहाँबाट गोर्कण रिसोर्टमा पुग्यौं । बाँकी तीन दिन गोर्कण रिसोर्टमा गएर गर्दा यतिसम्म भयो ।

सम्वाद लेख्दै जादाँ धेरै रमाइलो कुन सम्वाद लेख्दाभएको थियो ?

रमाइलो धेरै नै हुन्छ । प्राय सम्वादहरु फुराउँदा दर्शक हाँसे भन्दा बढी त हामी नै हाँस्छौ पहिले । हरेक कुरा फुर्दा हाँस्छौ तर कुरा के भने कुनै बेला एक जनाले फुराएको कुराले अर्कोलाई हाँसो उठ्दैन । तर, पछि त्यसमै दर्शक हाँस्नुहुन्छ ।

कथा लेख्दै जादाँ दीपकजीलाई दीपाजीको फोन प्रतिबन्ध, कफीखान, खुट्टा तन्काउनदेखि सबै कुराको सेड्युल पनि थियो रे । त्यसको बारेमा के भन्नुहुन्छ ?

स्क्रिप्टमा काम गर्दा हाम्रो फोन उठाउन न पाउने नियम हुन्छ । बेला बेलामा चाहिँ एउटा मात्र है ! यो चाहिँ लास्ट है ! कामको आयो भनेर उठाउने (लामो हासोँ)। तपाइहरु चाहिँ उठाउने म नउठाउने भन्यो फेरि एकछिन पछि अर्कोले पनि उठाउने । त्यस्तो पनि हुन्छ । अनि स्क्रिप्ट लेखिसके पछि हाम्रो कफीखाने समय हुन्छ । कफीखाने प्रसंगमा एउटा रमाइलो पल छ । जितु दाइले जैले पनि बिहान हामी नउठ्दै कफी बनाएर बेडमै ल्याउनु हुन्थ्यो । एक दिन भने बिहान व्यायाम गरिसकेपछि बेलुका खाएर रहेको ब्ल्याक लेवल कफीमा हाल्नु भएछ । खाँदा टर्रो–टर्रो भयो । लास्टमा के हो यो ? भन्दा त ब्ल्याक लेवल पो रैछ (लामो हाँसो) ।

स्क्रिप्टको सम्वादहरु कति दिन लगाएर लेख्नुभयो ?

स्क्रिप्ट हामीले पाँचदिनमा तयार पारेको हौं ।

सम्वाद लेखेको स्टाइलमा कति प्रतिशत सिनेमा बनेको छ ? कति प्रतिशत काँटछाँट भयो ?

यसमा धेरै काटछाँट भयो । फिल्म त उल्टो पाल्टो अगाडिको सिन पछाडि । कति ठाँउमा तकथा लेख्ने मान्छे समेत छक्क परेका थिए सिनेमा हेरेर । कथा त कता हो कता । (हासोँ) दीपकराज गिरीले फेसबुकमा स्विकार पनि गर्नुभएको छ । हामीले पहिला सोंचेको जस्तो बनाउन सकेनौँ भनेर । के पहिला सोंचेको जस्तो भन्दा कथा अर्को आएको हो र ?

धेरै कुराहरु पछि रि–शुट भए । पटकथामा जे थियो त्यसलाई सच्याउँदै गइयो । डरले पनि हो । ‘छक्का पन्जा’त्यस्तो राम्रो थियो । ‘छक्का पन्जा २’मा यस्तो बिग्रिने हो कि ? भन्ने डरले गर्दा सच्याउँदा सच्याउँदै सिनेमा नै अर्कै बन्न गयो ।

‘छक्का पन्जा ३’चाहिँ कस्तो बन्ला ?

यसको अहिलेसम्म कथा नै फाइनल भएको छैन । कथा हामी छान्ने तयारीमा छाै‌ ।

अब‘छक्का पन्जा ३’को लागि कुन होटेलमा जानुहुन्छ स्क्रिप्ट लेख्न ?

(लामो हाँसो) झगडा नहुने खालको होटल खोज्नुपर्छ एउटा । बास्तुमिलेको ।

‘छक्का पञ्जा २’ ले ५१ औं दिन मनाएको छ । दर्शकहरुलाई के भन्न चाहानुहुन्छ त ?

दर्शकहरुले जुनमाया देखाइदिनुभएको छ । हामीले सिनेमा बनाउन धेरै जानेको पनि छैनौं । यो बल्ल हाम्रो चौथो सिनेमा हो । यहाँसम्म आउँदा जति माया दिनुभएको छ । यो हामीलाई धेरै नै दिनुभएको छ । तपाईहरुले दिनुभएको मायाको एक–एकहिसाब राखेर हामी अझै मेहनत गर्दै अगाडि बढिरहने छौं ।

उज्यालो बाट सभार

Comments

Popular posts from this blog

तपाईंको हातमा यस्ता चिन्ह छन भने ढुक्क हुनुहोस तपाईं अवस्य धनी बन्नुहुनेछ !

हस्त रेखा विज्ञानले मानिसको सबै कुरा हातका रेखाले निर्धारण गर्ने बताउँछ । यी रेखा हाम्रो जन्मकै क्रममा बन्ने र यीनको प्रभाव जीवनभर रहने बताइन्छ । यहाँ हामीले धनी हुने ब्यक्तिका हातका रेखा कस्ता हुन्छन् भन्ने विषयमा चर्चा गरेका छौं । जौको चिन्ह समुन्द्र शास्त्रका अनुसार जुन ब्यक्तिको हातमा औंलाको जौ जस्तो चिन्ह हुन्छ त्यस्ता ब्यक्ति निक्कै धनीमानी र सुखी हुने बताइन्छ । यो चिन्ह हुने ब्यक्ति भाग्यमानी पनि हुने गर्छन् । समाजमा प्रतिष्ठिन हुने र राजनीतिमा लागे सफल राजनीतिज्ञ हुने हस्त रेखा विज्ञानको दावी छ । शंखको चिन्ह अध्यात्मको दृष्टिले हातमा शंखको चिन्ह हुनु निक्कै राम्रो मानिन्छ । यस्ता चिन्ह भएका ब्यक्ति बुद्धीमान हुने बताइन्छ । जुन ब्यक्तिको चार वटा औंलामा शंकको चिन्ह छ त्यस्ता ब्यक्तिले सरकारी उच्च पदस्थ पद प्राप्त गर्ने सम्भावना हुन्छ । ५ बटै औंलामा यस्तो चिन्ह छ भने विदेश यात्रा भैरहने हुन्छ । विदेशमा धन आर्जन पनि राम्रो हुने मानिन्छ । जुन ब्यक्तिको ६ वटा औंलामा यस्तो चिन्ह छ औंलामा छ भने यसले धर्मकर्ममा विश्वास हुने ब्यक्ति जनाउँछ । यिनीहरु अध्यात्मिक प्रवचनमा पनि तीक्ष्ण ह...

महिलाका मनका यि पाँच कुराहरु, जसलाई उनिहरुले कहल्यै ब्यक्त गर्दैनन !

महिलाको मनको कुरा थाहा पाउन निकै मुस्किल हुन्छ । केही यस्ता कुरा हुन्छन्, जुन उनीहरू सधैं लुकाएर राख्छन् । यसमा कसैको अहित हुने कुरा नहुन सक्छ । तैपनि, उनीहरू बताउन सक्दैनन् । (१) हरेक महिलासँग लुकाएर राखेको केही खजाना हुन्छ । खजनाको बदलामा पैसा नै किन नहोस, जसलाई उनीहरू आफ्नो सानोतिनो समस्या टार्न भनेर बचाएर राख्छन् । तर, यसबारे पतिलाई कुनै जानकारी हुँदैन । तर, उनीहरू कुनै बेला पति नै समस्यामा पर्दा झिकेर दिन पछि पर्दैनन् । (२) महिलाहरू सानातिना कुरा पनि आफ्नो साथीसँग सेयर गर्न भ्याउँछन् । तर, पतिले सोध्दा अहँ भनेको छैन, म यस्तो कुरा पनि कहाँ भन्छु त भनेर ठिक्क पार्छन् । (३) महिलाले आफ्नो पहिलो मायालाई जिन्दगीमा कहिल्यै भुल्दैनन् । पहिलो प्रेमीलाई पुरै भुलिसकें भन्छन् भने त्यो सत्य होइन । (४) महिलाले आफ्नो पतिलाई सधैं भन्न चाहँदैनन् कि, खास पलमा कस्तो अनुभव भयो । यदि भनिन् भने पनि त्यो शतप्रतिशत सत्य हुँदैन । (५) कतिपय कुरा यस्ता हुन्छन्, पत्नीहरू आफ्नो सम्बन्ध नबिग्रियोस् भनेर आफ्नो विचारलाई दबाउँदै पतिसँग हो मा हो मिलाउँछन् । मनमा भने त्यसप्रतिको असन्तुष्टि कायम हुन्छ । तर, कहि...

यौनमा अनिक्षुक पार्ट्नरलाई कसरी तयार गर्ने? जन्नुहोस त्यस्ता केहि काईदाहरु

यौनका विषयमा खुलेर कुरा गरिँदैन । यौनका बारेमा जति चर्चा गर्दा या त त्यसलाई असाध्यै जटिल बनाइन्छ, या अति नै हलुका । फलस्वरुप यो कतिपयका लागि चर्चा गर्न अयोग्य विषय भएको छ भने धेरैका लागि अतिरञ्जनको विषय । फ्रायडले धेरैअघि मानिसका सबैजसो क्रिया यौनमा आधारित हुन्छ भन्ने व्याख्या गरिसक्दा पनि फ्रायड पढेका नेपाली बौद्धिक वर्गले पनि यसलाई स्वीकार्न सकेका छैनन् । यो गम्भीर विषयमा मनोविज्ञ करूणा कुँवर भने प्रस्ट छिन् । १२ वर्षदेखि मनोविज्ञान त्यसमा पनि पारिवारिक तनावका विषयमा अध्ययन-अनुसन्धान गरिरहेकी करूणा नेपालीको यौन मनोविज्ञान जटिलतातर्फ उन्मुख हुँदै गएको स्वीकार गर्छिन् । नेपालीहरूको यौन व्यवहार एवम् त्यसले सिर्जना गरिरहेको तनावले धेरै युगल जोडीहरूको वैवाहिक सम्बन्ध टुट्दै गएको उनको अनुसन्धानले देखाएको छ । जर्मन मनोवैज्ञानिक दोरोभि वेनरकी खास शिष्या करूणासँग नेपालीहरुको यौन मनोविज्ञानका विषयमा गरिएको कुरा । कसरी पार्टनरलाई सेक्सका निम्ति तयार गर्ने ? त्यसोत प्रेमलापका निम्ति न त कुनै समय हुन्छ न त कुनै नियम । प्रेम गर्नेहरु सारा संसार बिर्सेर प्रेम गर्छन । एकापसमा आलिंगन गर्ने प्रेमीहरु...