Skip to main content

केटीका बाबुको अनौठो सर्त | १० लाख फेसबुक लाइक देउ अनी बल्ल बिहे

विवाहमा केटा पक्षले दाइजोका रुपमा लाखौ रुपैयाँ, मोटर, बंगला मागेको र केटी पक्षले केटा जागिरे हुनु पर्ने जस्ता माग राखेको त सुन्दै आएको हो । तर, यमनमा एक बाबुले आफ्नो छोरीसँग विवाहका लागि फेसबुक लाइक मागेका छन् । त्यो पनि चानचुन हैन, १० लाखको संख्यामा ।

युवतीका बाबुले १० लाख फेसबुक लाइक जुटाउनेलाई छोरी दिने घोषणा गरेका छन् । यमन पारम्परिक समाज भएको देश हो । यो शर्तले त्यहाँका मानिस छक्क परेका छन् ।

युवतीकी बाबु सलेम अयाश एक साहित्यकार हुन् । ताइज शहरमा बस्ने सलेमले हुनेवाला ज्वाईँले १० लाख फेसबुक लाइक जुटाउनु पर्ने शर्त राखेका हुन् । त्यो पनि आफ्नो वा हुनेवाला श्रीमतीको नाममा नभई केटीको बाबु सलेम अयाशको फेसबुक पेजमा ।

यमनमा ढाई करोड इन्टरनेट उपभोक्ता भएको अनुमान छ । यस्तोमा १० लाख फेसबुक लाइक जुटाउन त्यति सजिलो छैन । यमनको अल-अथ्याम अखबारका पत्रकार बशराहीलले यस्तो सर्त पहिलोपटक सुनेको बताए । इन्टरनेटमा थुप्रै ब्लगरहरुले सलेमको पेज लाइक गर्न अपील समेत गरेका छन् । सलेम अयाशको फेसबुक पेज बनेको केही दिनमा नै ३० हजारभन्दा बढी लाइक जुटिसकेको छ ।

फेसबुक लाइक मागेकोबारे सोधिएको प्रश्नमा सलेमले भनेका छन्-’यमनमा दाइजोको रुपमा रकम दिने हैसियत कसैसँग छैन ।’ उनले आफ्नो हुनेवाला ज्वाईँले फेसबुक लाइक जुटाउने प्रयास गरेको हेर्न चाहेको तर, यसमा अड्डी नलिने बताएका छन् । उनले भनेका छन्-’यदि मैले उनले कडा मेहनत गरेको पाएँ भने बैबाहिक जीन्दगी खुसी देख्न म आफ्नो अडानमा लचिलो हुन तयार छु ।’ पत्रकार बशराहीलका अनुसार यमनका नौजवानहरु विवाहका लागि केटी पक्षलाई रकम दिन सक्ने अवस्थामा छैनन् । जसका कारण धेरैको विवाह हुन सकेको छैन । त्यहाँको परम्परा अनुसार केटीको बाबुले दाइजोको रुपमा केटा पक्षले दिनु पर्ने रकम तय गर्नेछन् । विवाहमा धेरै धनराशी खर्च गर्नु पर्ने भएपछि पछिल्लो दिनमा सामूहिक विवाहको प्रचलन समेत सुरु भएको छ ।

Comments

Popular posts from this blog

सहबास पछी यसो गर्नु घातक मानिन्छ | जानी रखौ

सेक्सका बेला जतिसुकै रमाइलो गरेपनि, सेक्स पछि गरिने एउटा सानो गल्तीले सबै रमाइलो चकनाचुर पार्न सक्छ ।सेक्सपछि गरिने गल्तीहरु यहाँ उल्लेख गरिएका छन् जसलाई तपाईंहरुले जान्न निकै जरुरी छ । (एजेन्सी)–सेक्स गरिरहेका बेला एक अर्कालाई भरपूर सन्तुष्टि दिन महिला अथवा पुरुष दुबैले धेरै मेहनत गरिरहेको हुनसक्छ । सेक्सका दौरान अपनाइको तरिकाले सन्तुष्टि पनि देला तर सेक्स गरे लगत्तै तपाईंको पार्टनर पढ्न बस्नुभयो भने तपाईंलाई कस्तो महसुस होला ? हो, सेक्सपछि गरिने यस्तै गल्तीहरु जुन तपाईंले गल्ती गरेको महसुस नगरेपनि यसले तपाईंको पूरै सेक्स लाइफलाई नै बरबाद गर्न सक्छ । सेक्सका बेला जतिसुकै रमाइलो गरेपनि, सेक्स पछि गरिने एउटा सानो गल्तीले सबै रमाइलो चकनाचुर पार्न सक्छ । सेक्सपछि गरिने गल्तीहरु यहाँ उल्लेख गरिएका छन् जसलाई तपाईंहरुले जान्न निकै जरुरी छ । १.सेक्सपछि सुतिहाल्नुः धेरैजसो जोडिहरु यी समस्याहरुबाट ग्रसित छन् । सेक्सपछि धेरै जोडिहरुको पार्टनर निदाइहाल्ने बानी हुन्छ जसले गर्दा सेक्सको मुड नै खराब हुन्छ । सुतिहाल्ने बानीले गर्दा सेक्स गर्दा अपनाइएका तरिकाहरुलाई तपाईंले एक अर्कासँग साट्न पाउनु...

तपाईंको हातमा यस्ता चिन्ह छन भने ढुक्क हुनुहोस तपाईं अवस्य धनी बन्नुहुनेछ !

हस्त रेखा विज्ञानले मानिसको सबै कुरा हातका रेखाले निर्धारण गर्ने बताउँछ । यी रेखा हाम्रो जन्मकै क्रममा बन्ने र यीनको प्रभाव जीवनभर रहने बताइन्छ । यहाँ हामीले धनी हुने ब्यक्तिका हातका रेखा कस्ता हुन्छन् भन्ने विषयमा चर्चा गरेका छौं । जौको चिन्ह समुन्द्र शास्त्रका अनुसार जुन ब्यक्तिको हातमा औंलाको जौ जस्तो चिन्ह हुन्छ त्यस्ता ब्यक्ति निक्कै धनीमानी र सुखी हुने बताइन्छ । यो चिन्ह हुने ब्यक्ति भाग्यमानी पनि हुने गर्छन् । समाजमा प्रतिष्ठिन हुने र राजनीतिमा लागे सफल राजनीतिज्ञ हुने हस्त रेखा विज्ञानको दावी छ । शंखको चिन्ह अध्यात्मको दृष्टिले हातमा शंखको चिन्ह हुनु निक्कै राम्रो मानिन्छ । यस्ता चिन्ह भएका ब्यक्ति बुद्धीमान हुने बताइन्छ । जुन ब्यक्तिको चार वटा औंलामा शंकको चिन्ह छ त्यस्ता ब्यक्तिले सरकारी उच्च पदस्थ पद प्राप्त गर्ने सम्भावना हुन्छ । ५ बटै औंलामा यस्तो चिन्ह छ भने विदेश यात्रा भैरहने हुन्छ । विदेशमा धन आर्जन पनि राम्रो हुने मानिन्छ । जुन ब्यक्तिको ६ वटा औंलामा यस्तो चिन्ह छ औंलामा छ भने यसले धर्मकर्ममा विश्वास हुने ब्यक्ति जनाउँछ । यिनीहरु अध्यात्मिक प्रवचनमा पनि तीक्ष्ण ह...

आईतवार भुलेरपनी गर्नु हुँदैन यि काम | जानी रखौ

१. आइतबारको दिन नुहाउनु अगाडी सुर्यको दर्शन गरी स्नान गर्नुहोस। २. आइतबारको दिन सुर्य अस्ताउनु अगाडी नुनको प्रयोग गर्नु हुदैन। ३. आइतबारको दिन मासु र मदिरा सेवन गर्न हुदैन। ४. आइतबारको दिन कपाल काट्नु हुदैन। ५. आइतबारको दिन सर्स्युको तेलले मालिश गर्नु हुदैन। आइतबारको दिन तामाको भाडाको किनबेच नगर्नुहोस्। तपाईले यति नियम आइतबारको दिन पालना गरेमा तपाइको मान-सम्मान र धन वृद्धि हुन्छ। र यो पनि पढ्नुस् १. आइतबार जन्मेका व्यक्ति सकारात्मक सोचका मालिक हुन्छन् र निकै विश्वसनीय हुन्छन् । २. तपाईंहरु अन्र्तमुखी हुने भएका कारण थोरै साथीहरु हुन्छन् । ३. निकै संवेदनशील हुने भएका कारण तपाईंहरु कसैले भनेको कुरालाई धेरै दिनसम्म मनमा लिइ रहनु हुन्छ । ४. तपाईंहरुमा चिन्तन शक्ति निकै धेरै हुने भएका कारण लेखन अथवा वकालतको क्षेत्रमा हुनुहुनेछ । ५. तपाईंहरु अरुलाई सहयोग गर्न सधैँ तत्पर त हुनुहुन्छ नै तर तपाईंको चाँडै रिसाउने बानीले तपाईंले सहयोग गर्ने व्यक्तिहरु तपाईंसँग रिसाउने गर्दछन् । ६. तपाईं पैसावाल हुनुहुन्छ र आफ्नो बलबुँतामा नै पैसा कमाउने कोसिस गर्नुहुन्छ । ७. तपाईं कनै पनि कुरामा सम्झौत...